कानुन एकातिर, काम अर्कैतिर
सरकारी नीति नियम बन्छन् तर कार्यान्वयन तहमा उल्लङ्घन हुन्छन् भन्ने आमगुनासो छ। त्यस्तो कसरी हुन्छ भन्ने उदाहरण चितवन राष्ट्रिय निकुञ्जको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरणमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा दोहोरो रूपमा कानुन र निर्णयको उल्लङ्घन भयो।
अधिकार मिचेर नियम बनाउँदै भौतिक पूर्वाधार मन्त्रालय
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गरी लागू गरेको अधिकांश कानुन प्रत्यायोजित विधायनको मान्यताविपरीत भएको देखिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित अधिकांश कानुन प्रत्यायोजित विधायन अधिकार मिचेर बनाएको पाइएको हो। सरकारले बनाएको ऐनको मूल उद्देश्य प्राप्त गर्न र ऐनमा भएका विषय कार्यान्वयनका लागि कार्यविधिगत रूपमा आवश्यक पर्ने विषयको सम्बन्धमा कार्यकारिणीलाई थप नियम बनाएर कार्यान्वयन गर्न सक्ने गरी विधायिकी अधिकार तोकिएको हुन्छ र जसलाई प्रत्यायोजित विधायन भनिन्छ।
आँट बिक्रीबाट दशैँको जोहो
सिन्धुलीको सुनकोसी गाउँपालिका–३ की ७० वर्षीया सुन्तलीमाया मगरलाई यतिखेर जङ्गली फल आँटी बेच्न भ्याइनभ्याइ छ। नजिकै आएको बडादशैँ मान्न खर्च जुटाउन आँट (आँटी, सरिफाजस्तै) भरपर्दो स्रोत बनेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक दिन बिहान झिसमिसेदेखि साँझ झमक्क नहुन्जेल आँट बिक्री भइरहन्छ। बीपी राजमार्ग हुँदै गाडीमा हुइँकिने यात्रु नै मेरा ग्राहक हुन्।” बीपी राजमार्गअन्तर्गत झा“गाझोली रातमाटाको बलराम चोक उहाँको आँटी बेच्ने थलो बनेको छ।
मालपोतले जग्गाको स्वामित्व किटान नगर्दा समस्या
जग्गाधनी पुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लालपुर्जा बनाउने विषयमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गाको अन्तिम स्वामित्व किटान गर्न नसक्ने जनाएको छ। नापी कार्यालयले गाउँमा गएर नापी टोलीले सङ्कलन गरेको निवेदनमध्ये ८० थान निवेदनको कागजात भिडाइ जग्गाको अन्तिम स्वामित्व भिडाउन पठाएको निवेदनमाथि काम गर्न नसकिने पत्र मालपोतले पठाएको हो।
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ।विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले शताब्दी पुरुष जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना हुनुभएको हो।
सबै नेपालीले नागरिकता पाउनुपर्छ : मन्त्री चौधरी
शहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभएको छ।
माछाको अवैध आयात रोक्न माग
माछाको अवैध आयात रोक्न सरकारसँग माग गरिएको छ। शुक्रबार नारायणगढमा विभिन्न सात संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी माछामा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा अवैध रूपमा भारतबाट आउने माछाले नेपाली किसानलाई प्रत्यक्ष असरसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको बताएका हुन्।
रामेछापको पहिचान बनाउँदै जुनारको जुस
रामेछाप सदरमुकाम मन्थलीका व्यवसायी दुर्गाकुमारी श्रेष्ठले मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस (स्क्वास) बेच्नुहुन्छ। बाहिरबाट रामेछाप आएका र रामेछापबाट काठमाडौँलगायतका ठाउँमा जाँदा जुनारको जुस कोसली लैजान्छन्, पसलमा जुनारको जुस राम्रै बिक्री हुन्छ, मन्थली बजारको देवकोटा चोकमा पसल राख्नुभएका श्रेष्ठले भन्नुभयो। आफ्नो पसलबाट मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। श्रेष्ठले जस्तै मन्थलीस्थित देवकोटा चोकमै सञ्चालित रामेछाप डेरीले मासिक ८० हजार रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री गरिरहेको छ। पसलबाट पनि कोसेलीका रूपमा जुनारको जुस बिक्री हुने गरेको रामेछाप डेरीका सञ्चालक किशोर पौडेलले बताउनुभयो।
रुख कटानमा मन्त्रीहरूकै दबाब
वन तथा वातावरणमन्त्री प्रदीप यादवले रुख काट्न आफ्नै समकक्षी मन्त्रीहरूको दबाब आएको खुलासा गर्नुभएको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको ५०औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार निकुञ्ज मुख्यालय कसरामा आयोजित कार्यक्रममा मन्त्री यादवले जति नै दबाब आए पनि वन विनाश हुने गरी आफूले रुख काट्ने अनुमति नदिने स्पष्ट पार्नुभयो।
सडकहरू मर्मत गरिँदै
सिन्धुली जिल्लामा स्थानीय तहहरूले यो वर्ष बाढीपहिरोका कारण क्षति भएका सडकहरूको मर्मत सुरु गरेका छन्। दशैँसम्ममा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक सबैमा सहज यातायात सञ्चालन गर्ने उद्देश्यले मर्मत कार्य सुरु गरिएको पालिकाहरूले जनाएका छन्। तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले पालिकाको ११ वटै वडामा पर्ने मुख्य सडक र भित्री सडकको मर्मत कार्य भइरहेको बताउनुभयो।
भत्ता बाँड्न वडामै पुग्यो बैङ्क
दशैँलाई लक्षित गरी दोलखाको वैतेश्वर गाउँपालिकास्थित प्राइम बैङ्क शाखाले प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ। गाउँपालिकाको समन्वयमा बैङ्कसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न सामाजिक सुरक्षा भत्ता वडामा पुगेर वितरण गर्न लागिएको बैङ्कका शाखा प्रबन्धक उमेशराज गिरीले जानकारी दिनुभयो।
घरपालुवा ढोईलाई जङ्गली मत्ताकै भर
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा रहेका ढोईलाई प्रजननका लागि अझै पनि जङ्गली मत्ताकै भर पर्नुपर्ने अवस्था छ। प्रजनन केन्द्रमा मत्ता हात्ती नभएपछि जङ्गलीकै भर पर्नुपर्ने अवस्था आएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मोहोनपुरन चौधरीले बताउनुभयो। “प्रजनन केन्द्रमा अहिले मत्ता छैन, सबै ढोई जङ्गली मत्ताबाटै प्रजनन भइरहेका छन्,” उहाँले भन्नुभयो, “अहिले प्रजनन केन्द्रमा रहेका १२ वटा गर्भवती ढोई सबै जङ्गलीकै बीज हुन्।” गत असार १७ गते ऐश्वर्यमलाले जन्माएको दोस्रो छावा रमेशगजको बाबु जङ्गली चर्चित मत्ता धुव्रे हो। हात्ती सुसारे रमेश चौधरी हात्ती चराउने क्रममा बाघको आक्रमणमा मारिएपछि उनकै सम्झनामा नयाँ जन्मिएको छावाको नाम रमेशगज राखियो। प्रजनन केन्द्रमै गत भदौ १२ गते जन्मिएकी स्वर्णकलीको बाबु जङ्गली मत्ता रोनाल्डो हो। पछिल्लो छ महिनामा प्रजनन केन्द्रमा रमेशगज र स्वर्णकलीजस्तै छवटा छावा जन्मिएकामा सबैका बाबु जङ्गली मत्ता भएको केन्द्रका कर्मचारी बताउँछन्।
अनामनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर
काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ सञ्चालन (फोटो फिचर)
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ शुक्रबारबाट सञ्चालनमा आएको छ। काठमाडौं महानगरले पार्किङ सञ्चालनमा ल्याएको हो।
गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ
गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।
जुरिखेतमा दुर्घटनाका मृतक छजनाको सनाखत
हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।
विश्वविद्यालयका लागि जग्गा खोजी गर्न कार्यदल गठन
बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापना तयारी थालेको छ। विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारले विश्वविद्यालयका लागि जग्गा खोजी र छनोट गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलगायत रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कालोपत्रे सडक दुई वर्षमै जीर्ण
दोलखाको तामाकोसी गाउँपालिकाको भीरकोट हुँदै हावाच्यामा पुग्ने सडक कालोपत्रे गरिएको दुई वर्षमै जीर्ण बनेको छ। सडक जीर्ण बनेपछि सो सडक हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको छ । सडकको कालोपत्रे उप्किएको मात्र छैन, पहिरोले सडकका नालासमेत पुरिएको तामाकोसी–४ का स्थानीय सन्तोष पोखरेलले बताउनुभयो। गुणस्तरीय निर्माण अभावमा जीर्ण बनेको सडकको दुरावस्थाबारे सोही सडक हुँदै दैनिक आवतजावत गर्ने गाउँपालिकाका जनप्रतिनिधिले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ।
पानी शुद्धीकरण गर्न ‘क्लोरिन ट्याङ्क’
दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित पाँचवटा खानेपानी योजनामा क्लोरिफम देखिएपछि क्लोरिन ट्याङ्क निर्माण गरी शुद्ध पानी वितरण गर्न थालिएको छ। वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले कालिञ्चोक गाउँपालिकामा करिब १७ लाख रुपियाँमा तीनवटा र शैलुङ गाउँपालिकामा आठ लाखभन्दा बढीको लगानीमा तीनवटा क्लोरिन ट्याङ्की निर्माण गरी पानी वितरण गरेको हो।
जुरिखेतमा बस दुर्घटना : सातको मृत्यु, १८ जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौंडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।
बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त
धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो ।
लक्ष्यभन्दा बढी राजस्व
लक्ष्यभन्दा बढी राजस्व काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ प्रतिशत हो ।
किसान जुटे अवैध आयात रोक्न
स्वदेशमै आत्मरिर्भर हुँदै गरेको माछा, दूध, कुखुराको मासुलगायतको आयात रोक्न किसान सक्रिय भएका छन् । लामो समयदेखि कुखुराको अवैध आयात नियन्त्रणमा जुटेका यहाँका किसान माछाको आयात रोक्न पनि सक्रिय भएका छन् । सरकारले दूध आयात खुला गरेकोप्रति असन्तुष्ट बनेका किसानले आयातित दूध नियन्त्रणमा लिएर नष्ट गर्ने चेतावनी दिएका छन् ।
सयभन्दा बढी झोलुङ्गे पुल बन्दै
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले झोलुङ्गे पुलसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। निर्देशनालयले बागमती प्रदेशको धादिङ, चितवन, मकवानपुर, काभ्रे र रामेछाप जिल्लाका २० स्थानीय तहका झोलुङ्गे पुल सम्पर्क व्यक्ति इन्जिनियर र सब–इन्जिनियरलाई तालिम प्रदान गरेको हो।