• १३ साउन २०८१, आइतबार

भरतपुरको सहरी क्षेत्रमा लामिछानेले मतान्तर वृद्धि गर्दै

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख ११ गते । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतान्तर अझ वृद्धि हुँदै गएको छ । 

इच्छाकामना गाउँपालिकामा १७ सय ७३ मतले अगाडि रहनुभएको लामिछाने भरतपुरको वडा नं. १ को गणना जारी रहँदा तीन हजार ६६६ मतले मतान्तर बढाउनु भएको छ ।

पहाडी क्षेत्रमा रास्वपाको कमजोर हुने अनुमान गरेको स्थानमा नै लामिछानेले अग्रता कायम राखेपछि सहरी क्षेत्रमा आउँदा एमाले काँग्रेसका उम्मेदवारले मत वृद्धि गर्नका लागि कठिन हुने अनुमान गरिएको छ । 

भरतपुर महानगरपालिकाको वडा नं. १ को गणना भइरहँदा पछिल्लो परिणाम अनुसार रवि लामिछानेको छ हजार ५६८, नेकपा एमालेका उमेदवार रामप्रसाद न्यौपानेको दुई हजार ९०२ र नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले दुई हजार ६८८ मत ल्याउनु भएको छ । वडा नं. १ मा गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले वडा अध्यक्ष जितेको थियो । यी स्थानमा काँग्रेस र एमालेको मत राम्रो भएको मानिन्छ । 

भरतपुरको सहरी क्षेत्र र पूर्वी चितवनको कालिका नगरपालिकामा लामिछानेको मत राम्रो आउने अनुमान गरिएको छ ।