मलको कालोबजारी रोक्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको कालोबजारी रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
अब महिनाको दुई पटक मात्रै सरुवा
दैनिक रूपमा हुने कर्मचारी सरुवाले प्रशासनिक अस्थिरता बढ्दै गएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको छ ।
आगलागीको चपेटामा पनि महिला
हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ । घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने भएकाले उनीहरू नै जलनमा बढी पर्ने गरेको पाइएको छ ।
मौसम परिवर्तनका कारण पर्ने प्रभाव कम गर्न रेडियोसँग सहकार्य बढाउने
१४ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले विभिन्न निकायसँगको सहकार्यमा आज ललितपुरमा गरेको विशेष कार्यक्रममा उनीहरूले रेडियो अझैँ पनि सूचनाको भरपर्दो माध्यम भएको बताएका हुन्।
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।
‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’सञ्चालनको पहल गरिने
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा ‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालन गर्न पहल गरिने बताउनुभएको छ ।
महाशिवरात्रि मूल समारोह समिति गठन
पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थितरूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।
रासस समाचार बुलेटिन कक्ष सर्वसाधारणका लागि खुला हुने
राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गर्ने भएको छ ।
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गर्नुभएको छ ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यको भूमिका अपरिहार्य : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’
विश्व रेडियो दिवसका अवसरमा आयोजित एक कार्यक्रमका वक्ताले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
सुख्खा हिउँद : न हिमपात, न वर्षा
हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरु फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन् ।
सङ्घीय निजामती सेवा तहगत संरचनामा राख्ने सहमति
प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ ।
शिक्षामन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ। सो अबसरमा शिक्षा, मन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताउनुभयो।
विपतसँग लड्न विश्वव्यापी रुपमा सहकार्य आवश्यकः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्राकृतिक विपत्बाट निम्तिने समस्यासँग लड्न विश्वव्यापी रुपमा सबै पक्षका बिच सहकार्य आवश्यकभएको बताउनुभएको छ ।
सहकारी समस्याले घरजग्गा कारोबारमा सुधार हुन सकेनः अध्यक्ष घिमिरे
घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारका लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरुले धारणा राख्दै आएका छन् । तर पनि घरजग्गा कारोबार पछिल्लो समय धेरै सुधार हुन सकेको छैन ।
'आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनकाे सरकार आवश्यक'
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताउनुभएको छ ।
७० प्रतिशत लक्षित किशोरीले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् ।
निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी विद्युत विधेयक ल्याउन माग
ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षित हुनेगरी विद्युत विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘प्रस्तावित विद्युत विधेयक, २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
चार प्रकारका नसर्ने रोगको निःशुल्क परीक्षण गरिने
नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको सुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।
नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको छ ।
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबिच भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबिच भेटवार्ता भएको छ ।