एकीकृत सूचना प्रणाली विकास गर्न सुझाव
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम र रोजगारसँग जोडिएका सबै सूचना दीर्घकालीन आवश्यकतालाई हेरेर एकीकृत सूचना प्रणालीको विकास गनुपर्ने सुझावसहितको प्रतिवेदन श्रममन्त्री शरतसिंह भण्डारीसमक्ष बुझाइएको छ ।
किवीका लागि शीतभण्डार
किवी फल भण्डारण गर्न जिल्लामा पहिलो शीतभण्डार निर्माण गरिएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१, दहमा किवीका लागि शीतभण्डार निर्माण गरिएको हो ।
राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन
नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् ।
अर्थमा व्यापक हेरफेर
अर्थ मन्त्रालय र त्यस अन्तर्गतका निकायमा व्यापक हेरफेर गरिएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन घिमिरेको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरेलाई राष्ट्रपति कार्यालयको सचिवमा सरुवा गरिएको छ ।
राजधानीमै क्रिप्टो कारोबार र अनलाइन बेटिङका अखडा !
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो समय सट्टेबाजी, क्रिप्टोकरेन्सी कारोबारलगायत आर्थिक अपराधका घटना एकपछि अर्को गरी बाहिरिन थालेका छन् ।
वायु गुणस्तर ‘खतरनाक’
अचानक बढेको चिसोसँगै तुवाँलो बढ्दा काठमाडौँ उपत्यकाको एक क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ ।
‘सरकारी’ आँट देखाएनन् स्थानीय तहले
संवैधानिक रूपमा स्थानीय सरकार लेख्न सक्ने भए पनि अधिकांश स्थानीय तहले आफ्नो पत्रको शिरोभाग (लेटर हेड) र पाटी (बोर्ड) मा ‘स्थानीय सरकार’ उल्लेख गरेको पाइन्न । केहीले मात्र यसको अभ्यास गरेका छन् ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पारित हुने बताउनुभएको छ ।
मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ। युनाइटेड अरब इमिरिटेस (यूएई)को आयोजनामा दुबईमा हुने वल्र्ड गभर्मेण्ट समिट २०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा पमङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
सेवाग्राहीसँग राससको छलफल
राष्ट्रिय समाचार समिति (रासस)का सेवाग्राहीले समाचारको मुहान भएकाले राससले समाचार सम्प्रेषणमा भाषा, शैली, शुद्धतालाई ख्याल गर्दै आगामी दिनमा समाचारको गुणस्तर कायम गर्ने पाटोलाई ध्यान दिन सुझाव दिएका छन् ।
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान
विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ ।
राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारक : सांसद यादव
प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुँदै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताउनुभएको छ ।
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
चौथो यले दोङ बास्केटबलको उपाधि धरान मेघा कलेजलाई
चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबलको उपाधि महिलातर्फ धरान मेघा हिमालयन कलेज र पुरुषतर्फको उपाधि झुनाज फिटेनसले चुमेको छ ।
वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड
सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६२औँ बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधान सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफलका क्रममा उहाँहरुले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठक पुनः सुरु
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही बेरअघि पुनः सुरु भएको छ ।
संसद् विधिको थलो हो, जिद्दीको होइनः सांसद रिजाल
नेकपा (एमाले) सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताउनुभएको छ ।मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताउनुभयो ।
सिमेन्ट उद्योगीले आफूखुसी मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गर्नुभएको छ । मङ्गलबार राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्नुहुँदै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
दस लाख किशोरीले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा छ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल–जवाफ
सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ ।
प्रतिनिधिसभाः मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुने सांसदहरूले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भ्रष्टाचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
जसपा नेपालद्वारा छमध्ये पाँच अध्यादेशमा समर्थन
जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रतिनिधिसभामा पेस भएका ६ मध्ये पाँच अध्यादेशको समर्थन गर्ने निर्णय गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयका अनुसार मङ्गलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशप्रति भने असहमति जनाएको छ ।
विपिन जोशी रिहाइका लागि भएको पहलबारे संसदलाई जानकारी गराउन माग
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।
जङ्गली जनावरलाई जङ्गलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग
नेपाली कांग्रेसका सांसद अञ्जनी श्रेष्ठले जङ्गली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोनुहुँल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।