आज ३४ औँ अख्तियार स्थापना दिवस
काठमाडौँ, माघ २८ गते । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ ।आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ ।आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फछ्र्यौट भएका छन् ।
ब्याजमा अनुदान दिइने
बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले किसानलाई सहुलियत पूर्ण कर्जाका लागि ब्याजमा अनुदान दिने तयारी भइरहेको बताउनुभएको छ ।
सङ्कटमा चौँरी, दशकमा पचास हजारले घट्दै
हिमाली जीवन, पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने याक र चौँरीको सङ्ख्या ठुलो परिमाणमा घट्दै छ ।
पाइप लाइनबाट पेट्रोल यसै सातादेखि
पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो ।
राजधानीमै बालक अपहरित
ललितपुर पाटनबाट चार वर्षीय बालकलाई अपहरण गरी होटेलमा बन्धक बनाएको आरोपमा प्रहरीले एक भियतनामी युवकलाई नियन्त्रणमा लिएको छ ।
बन्यो विधि तर्जुमाको मागदर्शक कानुन
कानुन तर्जुमाको मार्गदर्शक छाता कानुनका रूपमा सङ्घीय संसद्ले विधायनसम्बन्धी विधेयक पारित गरेको छ ।
सगरमाथा संवादको तयारी तीव्र
हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र बनेको छ ।
तेह्र अर्ब सकियो जलसम्पदा कुरूपै
ऐतिहासिक सभ्यता र मौलिक सांस्कृतिक विशेषतायुक्त काठमाडौँ उपत्यकाका नदी र खोलाको सफाइ र सौन्दर्यका नाममा १३ अर्ब रुपियाँ बगिसक्यो तर यी जलसम्पदालाई अझै ढलसरह व्यवहार गरिएको छ ।
अन्योलमै काम गर्न निर्देशन
बाढीपहिरोले क्षतिग्रस्त भएको पाँच महिना बित्न लाग्दा पनि बिपी राजमार्ग पुनर्निर्माण कसरी गर्नेबारे अझै निष्कर्षमा पुग्न सकिएको छैन ।
‘हिउँदमा वर्षा न हिमपात, बढ्न सक्छ सुख्खा र खडेरी’
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान विभागले हिउँदको बाँकी समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यो वर्ष हिउँदयाममा पश्चिमी वायुको प्रणाली कमजोर रहेका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपात परेको बताउनुभयो ।
थारू महिला समाजको अध्यक्षमा अनिता
थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित हुनुभएको छ । शनिबार आयोजित छैठौं राष्ट्रिय महाधिवेशनबाट समाजको अध्यक्षमा चौधरी निर्वाचित हुनुभएको हो ।
दक्षिणकालीमा स्कुल बस दुर्घटना : दुईको मृत्यु, ४१ घाइते
काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ ।
‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौं’
सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सुवेदी, कक्षपती र शर्मा पुरस्कृत
त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा चार जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरियो ।
प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ।
अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ ।
संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।
नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग
सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् ।
जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न सहकार्य अपरिहार्य : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ ।
भीमेश्वरका बोका व्यवस्थापनमा समस्या
दोलखाको भीमेश्वर नगरपालिका–२, चरीकोटस्थित ऐतिहासिक सहर दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिर परिसरमा छोडिएका बोका व्यवस्थापन गर्न समस्या भएको छ ।
प्रदेश सरकारले अधिकार नपाएको गुनासो
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले तीन तहका सरकारको तारतम्य मिल्न नसक्दा समस्या बढेको बताउनुभएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रार
भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
पहिरोपीडित थामी समुदाय अझै बासविहीन
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१, डडुवा पाखाटोलकी सेती थामीको परिवारलाई गत भदौ ८ गते रातिको अबिरल वर्षापछि आएको पहिरोले घरबारविहीन बनायो । पूरै बस्ती नै पहिरोको जोखिममा परेपछि उहाँसहित सिङ्गो पाखाटोल बस्ती नै खाली गर्नुप¥यो । बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि सेती थामीसहित पाखाटोल र सल्लेटारका २० घरपरिवार पाल टाँगेर जङ्गल तथा सडकमा बस्दै आएका छन् ।