‘व्यावसायिकतामा गोरखापत्र अब्बल छ’
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडियाको रुपमा विकसित हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको सोमबार आयोजित पाँचौ अधिवेशनको समुद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रेस चौतारी गोरखापत्र अध्यक्षमा सापकोटा
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा पुनः नगेन्द्र सापकोटा निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ
बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ ।
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ
गौरी अनन्त पुरस्कार वितरण
लोक साहित्य परिषद्ले प्रदान गर्दै आएको पाँच पुरस्कारमध्ये गौरी अनन्त सिरपाः सत्यमोहन लोकसाहित्य पुरस्कार बखुंबहालको नेवाः सूचना केन्द्रलाई प्रदान गरिएको छ ।
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।
मदनआश्रित भवनकाे शिल्यान्यास
जिल्ला सदरमुकाम धादिङबेसीमा मदनआश्रित भवन निर्माणका लागि शिल्यान्यास गरिएको छ ।
प्रतिनिधि सभा बैठक सुरु
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताउनुभयो ।
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।
नागरिकलाई सहज सेवा दिन सुधारका उपाय अवलम्वन गर्न जरुरीः अख्तियार प्रमुख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सुन तोलाको एक लाख ६९ हजार छ सय
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी
हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आउनुभएको छ । उहाँ यसै पेसाबाट आत्मनिर्भर बन्दै आउनुभएको हो । उहाँको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ ।
जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ
वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई
अहिले संविधान संशोधनको बहस विभिन्न कोणबाट भइरहेको छ । मुलुकमा देखिएका राजनीतिक विकृति अन्त्यका लागि संविधान संशोधन अपरिहार्य हुन्छ ।
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
काठमाडौँ, माघ २८ गते । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो । विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो ।
सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गरिने
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न महानगरले कुनै कसर बाँकी नराखेको बताउनुभएको छ । भरतपुर–९ मा रहेको शरदपुर
पुस्तक सार्वजनिक
चन्द्रागिरि नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरुलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ । पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१/८२को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।