जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा ...
विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो ।
चितवनमा मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आइतबार बिहान ६:३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो। इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको हो।
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
‘अर्थतन्त्र सुधारका लागि पहल जारी’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ । उहाँले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो ।
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ ।
‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’
खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।
चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते
नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो ।
वरिष्ठ पत्रकार दाहाललाई सम्मान
ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ ।
अलपत्र शीतभण्डार सञ्चालन गर्न निर्देशन
बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण भएका शीतभण्डारहरू अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समयसीमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय कृत्रिम बौद्धिकता नीतिको मसौदा तयार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मसौदा तयार पारेको छ ।
कांग्रेस महाधिवेशन २०८३ भित्र
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
‘सामाजिक सञ्जाल नियमन गर्नु पर्छ’
सत्ता साझेदार दल, प्रतिपक्षी दल र कानुनविद्ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा रहेका केही बुँदा परिमार्जन गर्नुपर्ने बताएका छन् ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
पत्रकारिता क्षेत्रलाई सुदृढ गर्नुपर्नेमा सरोकारवालाको जोड
पत्रकारिता क्षेत्रलाई सुदृढ गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। पत्रकारिता विभिन्न समस्याले गिजोलिएको भन्दै यसको सुधारका लागि सबै गम्भीर बन्नुपर्ने बताएका हुन्।
प्रदेश खेलकुद विकाससम्बन्धी विधेयक प्रदेशसभाबाट स्वीकृत
बागमती प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्विकृत भएको छ ।
राईलाई ‘माउन्टेन ट्रेल रेस’ उपाधि
पाँचौँ लिस्तिकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’को २०८१ को उपाधि त्रिभूवन आर्मी क्लबका कास राईले जित्नुभएको छ ।
बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकमा श्रेष्ठ
नेपाल बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकले नयाँ नेतृत्व प्राप्त गरेको छ । शनिबार सदरमुकाम चौतारामा आयोजित सातौँ जिल्ला अधिवेशनबाट राधाकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।
नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।
गोरखापत्रकर्मी नेपाल पुरस्कृत
प्रेस चौतारी चितवनले स्थापना गरेको डा. तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारबाट गोरखापत्रकर्मी शालिग्राम नेपाल सम्मानित हुनुभएको छ।
समाजवाद निर्माणको मुख्य आधार कृषिः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकुल बनाउने प्रयासमा सरकार
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकुल बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ ।
जुनार खेतीमा जङ्गली जनावरले दुःख दिएको कृषकको गुनासो
रामेछापका जुनार कृषकहरूले जुनार खेतीमा पनि बाँदर लगायतका जङ्गली जनावरहरूले दुःख दिन थालेको गुनासो गरेका छन् । पाकेको जुनार फल जङ्गली जनावरहरूले नष्ट गरेको कृषकहरूको गुनासो छ ।