विदुर आचार्य
चौतारा, माघ २६ गते । पाँचौँ लिस्तिकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’को २०८१ को उपाधि त्रिभूवन आर्मी क्लबका कास राईले जित्नुभएको छ ।
इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा भएको ‘माउन्टेन ट्रेल रेस’मा खुलातर्फ प्रथम, द्वतीय र तृतीय क्रमश: त्रिभूवन आर्मी क्लबका राई, सोही क्लबका होमलाल श्रेष्ठ र करण राउत हुनुभयो । उपाधिसँगै उहाँहरुले क्रमशः एक लाख १० हजार, ७५ हजार र ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
महिलातर्फ त्रिभूवन आर्मी क्लबकै सुनसरी रोकाय, जुम्लाकी कल्पना बुढा र खोटाङकी प्रीति राई क्रमश: पहिलो, दोस्रो र तेस्रो हुनुभयो । उपाधिसँगै उहाँहरुले क्रमश: ७० हजार, ५० हजार र ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
सिन्धुपाल्चोकको एतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन साथै शाहसिक खेलकुदको विकास र सैनिक नागरिक सम्वन्ध प्रगाढ बनाउन आयोजना गरिएको रेस भोटेकोशी गाउँपालिका वडा नम्बर–३ ड्राईपोर्टदेखि लिस्तिकोट हुँदै दुगुनागढी सम्म रुट तय गरिएको थियो । २४ दशमलव ५ किलोमिर दूरीको यस दौड २०७७ बाट सुरु भएको पाँचौँ संस्करणको प्रतियोगिता हो ।