भरतपुर उत्कृष्ट पालिका घोषित
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई
मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा नेपालकै ठुलो मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्नो आन्तरिक स्रोतबाट धुलिखेल नगरपालिका–९, बतासेडाँडामा ‘काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्र’ स्थापना गरिएको हो ।
ऊर्जाले फेर्दै गाउँको मुहार
दोलखाको सिँगटीबाट लामाबगर जान दुई दशकअघिसम्म त्यति सजिलो थिएन ।
पनौतीका पाटी धेरै नासिए केही जोगाइँदै
पनौतीका फल्चा अर्थात् पाटीमा लहरै बसेर कुराकानी गर्ने, धूप बाट्ने, बत्ती कात्ने, आराम गर्ने गरेको दृश्यले पनौतीको खास पहिचान दिन्छ ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि .....
काठमाडौँ, फागुन ३ गते । पर्वत कुश्मा –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ । उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उहाँले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाउनुभएको हो ।उहाँले भन्नुभयो “सात–आठ वर्ष अगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ । ” उसो त उहाँको छोरा छोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहनुभएको छ । दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहनुभएकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसि हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भन्नुभयो “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।” नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो । हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी ः आँखा सेवामा साझेदारी’ भन्ने मुल नारासहित विभिन्न निकायसँगको सहकार्यमा सङ्घले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले सङ्घले उहाँहरुको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।” हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरी विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो ।
काठमाडौँका यी स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।
हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, फागुन ३ गते । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।आज तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हिंसाविरुद्ध ‘उर्लंदो सय करोड’ अभियान
प्रेम दिवस (फेब्रुअरी १४) का अवसर पारेर राजधानीमा सांस्कृतिक कार्यक्रमसहित हिंसाविरुद्ध बुलन्द आवाज उठाउँदै ‘उर्लंदो सय करोड’ अभियान मनाइएको छ ।
सरकारको आम्दानी र खर्च दुवै कम
चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ ।
पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता उच्च
पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड १७ लाख ७३ हजार रुपियाँ प्रतिबद्धता आएको छ ।
युएईमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु
सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ ।
साइबर अपराधबाट महिला प्रभावित
नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा/अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेका छन् ।
खुला कोटामा बहालवाला कर्मचारीलाई बन्देजको प्रस्ताव
सङ्घीय निजामती सेवाको पदपूर्तिमा राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको खुलातर्फ प्रस्तावित १० प्रतिशत कोटामा बहालवाला कर्मचारीलाई प्रतिस्पर्धा गर्न नदिने प्रस्ताव भएको छ ।
शिक्षामा सरकारी लगानी : छात्रवृत्तिमा मात्र साढे सात अर्ब
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा आधारभूत तहदेखि उच्च तहसम्म अध्ययन गर्ने विद्यार्थीका लागि सात अर्ब ३९ करोड रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ ।
गोठ गोठमा पशु प्राविधिक
सिन्धुपाल्चोक मेलम्चीका पशु प्राविधिक चेतप्रसाद घोरासैनी दिनरात नभनी किसानको गोठमा पुग्नुहुन्छ । ब्याउन नसकेर मृत्युको मुखमा पुगेका भैँसीका माउ पाडाको ज्यान जोगाइदिएर उहाँले स्थानीय कुलप्रसाद लुइँटेलको एक लाख ६० हजार रुपियाँको पशुधन जोगाइदिनुभयो । दैनिक ११ लिटर दुध दिने भैँसीको ज्यान जोगिएसँगै लुइँटेल परिवारले यतिबेला राहतको सास फेरेको छ । ब्याउन नसकेको भैँसीको पाडो निकाल्न तीन घण्टाको प्रयासपछि मात्रै सम्भव भएको उहाँले बताउनुभयो ।
पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई सरकारी समाचार संस्था नेपाल टेलिभिजन र रेडियो नेपालबाट गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले नागरिकको आवाज बोल्नुपर्ने धारणा राख्नु भएको छ ।
अध्यादेश कसैले विरोध गर्दैमा रोकिँदैनन्ः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताउनुभएको छ । एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रियामा उहाँले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएको भन्दै कसैले विरोध गर्दैमा नरोकिन जिकिर गर्नुभयो ।
ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन निर्देशन
स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
‘स्थानीयको गुनासोपछि कवाड सङ्कलन र भण्डारणमा रोक लगाइएको हो’
काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।
१२ लाख बढी किशोरीले लगाएर एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७९ प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् ।
अब कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अगाडि बढ्छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताउनुभएको छ।
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउने सहमति
कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो ।
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धि प्रतिवेदन संसदीय समितिमा
विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१ संसदीय समितिमा पेश भएको छ ।