राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वास्थ्यबारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
विचाराधीन विधेयक अघि बढाउने प्रमुख सचेतकहरुको निर्णय
सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकारकोहरूको जीवनरेखा हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताउनुभएको छ ।
खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भई आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताउनुभएको छ ।
खाद्य गुणस्तरको नियन्त्रण : काठमाडौँ महानगरले स्थलगत मापन सुरु गर्दै
बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भएको छ ।
प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुहुने
सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ ।
बागमती गोल्डकपः हानामी र एपिएफ भिड्दै
मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो दिन आइतबार भरतपुर चितवनको भरतपुर फुटबल क्लब हानामी (विएफसी) र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब काठमाडौँ बिच प्रतिस्पर्धा हुँदै छ ।
‘ट्रिटमेन्ट प्लान्ट’ द्वारा खानेपानी
चौतारावासीले ‘ट्रिटमेन्ट प्लान्ट’ द्वारा स्वच्छ खानेपानी पाएका छन् । केही दिनअघि खानेपानीमन्त्री प्रदीप यादवले उक्त प्लान्टको उद्घाटन गर्नुभएको थियो । जुगल थालखर्क होल्चे खानेपानी मूल उप
तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान
बाढी पहिरोका कारण तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई तीन अर्ब नोक्सान भएको छ । चालु आर्थिक वर्षको असोज ११ र १२ गतेको बाढी पहिरोका कारण भन्सार कार्यालयले उक्त सङ्ख्याका नोक्सान व्यहोर्नु परेको हो ।
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै
लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।
एपिक नेपाल म्युजिक अवार्ड घोषणा
यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न ध्यानाकर्षण
काठमाडौँ, फागुन ४ गते । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ । चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित वृत्ति मेलामा पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका लागि महासङ्घले आफ्नो कक्ष राखी सूचना आदानप्रदान, मार्गदर्शन तथा परामर्श प्रदान गरेको थियो ।महासङ्घको कक्ष भ्रमण गर्ने सहभागीले पत्रकारिता क्षेत्रमा करियर बनाउन आवश्यक सीप तथा तालिम आवश्यक पर्ने बताएका उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंले जानकारी दिनुभयो । बुढानीलकण्ठ नगरपालिकालाई स्थानीय सञ्चारमाध्यमहरूको दिगो विकास, विज्ञापन व्यवस्थापन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन नीति निर्माण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सञ्चारमाध्यमहरूको प्रभावकारिता बढाउन विज्ञापन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने नीति बनाउनु अपरिहार्य छ ।”कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा अन्य स्थानीय प्रतिनिधिसँग संवाद कार्यक्रम गरिएको थियो । महासङ्घको प्रस्तावमा स्थानीय सरकार प्रमुख–उप प्रमुखले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । महासङ्घ उपत्यका प्रदेश समितिले नगरपालिकासँग सहकार्य गर्दै स्थानीय सञ्चारमाध्यमलाई बजेट विनियोजन, विज्ञापन वितरणको मापदण्ड तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
‘सात सालको कथा’ लोकार्पण
तुलसी भट्टराईद्वारा अनुवादित पुस्तक ‘सात सालको कथा’ लोकार्पण गरिएको छ ।
पन्ध्र नवप्रतिभा छनोट
हेटौँडा आइडलका लागि १५ जना प्रतियोगी छनोट गरिएको छ । शनिबार हेटौँडामा भएको अडिसनमा सहभागी ३५ जनाले गायन प्रस्तुति गरेकोमा १५ जना प्रतियोगी छनोट भएका छन् ।
महानगरले सिपमूलक तालिम दिने
काठमाडौँ महानगरपालिकाले सिप सिकेर स्वदेशमै स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरेर निःशुल्क व्यावसायिक सिपमूलक तालिमको आयोजना गर्दै छ ।
खारेजीको सँघारमा सत्र सहकारी
दुई वर्षदेखि निष्क्रिय रहेका १७ वटा सहकारी सङ्घ संस्थालाई भोटेकोशी गाउँपालिकाले खारेजीको प्रक्रिया अघि बढाएको छ ।
स्तरोन्नतिपछि अनुदान र ऋण प्रभावित हुने
विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने संसदीय समितिको अध्ययनले देखाएको छ
घरजग्गाको राजस्व चौध प्रतिशतले बढ्यो
घरजग्गाको कारोबारबाट प्राप्त हुने राजस्व १४ प्रतिशतले वृद्धि भएको छ । वृद्धि भएसँगै झन्डै चार अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ तर कारोबार सङ्ख्या भने घटेको छ ।
पूर्ण रूपमा निको हुन्छ बाल क्यान्सर
भक्तपुर क्यान्सर अस्पतालमा विगत एक वर्षदेखि क्यान्सरको उपचार गराएर अनुप थापा डिस्चार्ज हुनुभयो । सुर्खेतका अनुपलाई लिम्फोमा क्यान्सर भएको थियो । छ वर्षीय थापाले अहिले क्यान्सरलाई पूर्ण जित्नुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनमा सर्वसम्मत नेतृत्व चयन
नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल निर्वाचित हुनुभएको छ ।