• १२ फागुन २०८१, सोमबार

बागमती गोल्डकपः हानामी र एपिएफ भिड्दै

blog

अनिल पराजुली

हेटौँडा, फागुन ४ गते । मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो दिन आइतबार भरतपुर चितवनको भरतपुर फुटबल क्लब हानामी (विएफसी) र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब काठमाडौँ बिच प्रतिस्पर्धा हुँदै छ । 

यी दुई टिमबिचको खेल दिउँसो दुई बजे सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । शनिवारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सर्लाहीको बागमती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको थियो । 

प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका तीन टिमको सहभागिता रहेको छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपियाँ  सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।