सांसद चौधरीविरुद्धको रिट खारेज
सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उहाँको सांसद पद जोगिएको छ ।
६० लाख धरौटी बुझाएर सभापति लामिछाने रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३ रुपियाँको दरले बृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।
चिनियाँ नागरिकको अपहरण आरोपमा चार भारतीय पक्राउ
मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँ नागरिक अपहरणको आरोपमा चार जना भारतीय नागरिक नियन्त्रणमा परेका छन् । काठमाडौँबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
तीन दिनको मौसम पूर्वानुमान : बिहीबार हिमाली क्षेत्रमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
यो सरकार ८४ निर्वाचनसम्म चल्छ : सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकार ८४ को निर्वाचनसम्मै चल्ने बताउनुभएको छ । प्रेस चौतारी दोलखाले बुधबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले सरकारको स्थायित्व नहुँँदा धेरै समस्या भएकाले हालको सरकार ८४ सालको निर्वाचनसम्म टिक्ने बताउनुभएको हो ।
हेटौँडामा घरेलु उत्पादन प्रदर्शनी हुँदै
हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला २०८१ हुने भएको छ । हेटौँडा –१० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत हेटौँडा उपमहानगरपालिका १० वडा अध्यक्ष एवम् घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मूल आयोजक समितिका संयोजक पूर्वा दोर्जे लामाले जानकारी दिनुभयो ।
भूकम्प सिकाइबारे प्रदर्शनी
“भूकम्पले सिकाएको पाठ, बलियो संरचना सुदृढ पूर्व तयारीका साथ” भन्ने मूल नारासाथ हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडा –२ स्थित कार्यालयको प्राङ्गणमा बुधवार बिहान दिवसको अवसरमा भूकम्प सिकाइ प्रदर्शनी कार्यक्रम २०८१ गरिएको हो ।
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तत्काल संसद् अधिवेशन आह्वानको माग
प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
पाँच महिनामा एक हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु
पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री
नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
भूकम्प सुरक्षा दिवसमा सचेतनामूलक कार्यक्रम
सिन्धुली जिल्लामा २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।
साना भूकम्पले ठुलो भूकम्प टर्छ ?
नेपाल उच्च भूकम्पीय जोखिममा छ । जुनसकै बेला पनि ठुलो भूकम्प जाने खतरा कायमै छ । वि.सं. १९९० को महाभूकम्प सुनेको तर २०७२ देखि हालसम्मका भूकम्प भोगेका पुस्तालाई भूकम्प के हो भनेर भन्नुपरेन । नेपालको पश्चिम क्षेत्रमा बढी भूकम्पका धक्का आइरहेका छन् भने अन्य क्षेत्रमा पनि भूकम्प जाने क्रम जारी छ ।
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक सुरु भएको छ । बुधबार बिहान माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय जनाएको छ ।
चट्याङ न्यूनीकरणका लागि अर्थिङ राखिँदै
मकवानपुरको दुई गाउँपालिकामा पछिल्ला केही वर्षयता चट्याङजन्य प्रकोप बढ्दै गएको छ ।
मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आतङ्क , पासोमा पार्न स्थानीयद्वारा खोर निर्माण
बस्तीनजिकैको बारीमा सुकेको मकैका बोट, केराका पात र स्याउलाले बारबेर गरेर खोर निर्माण गरिएको छ ।
भीम पुस्तकालय सञ्चालन
कुनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको भीम पुस्तकालय बन्द भएको २० वर्षपछि सञ्चालनमा आएको छ ।
मानव वस्तिमा निस्किएको बाघलाई नियन्त्रणमा लिइँदै
चितवन राष्ट्रिय निकुञ्जवाट बाहिर निस्किएका बाघ, गैँडा जस्ता जनावरले चितवनमा बेला बेलामा दुःख दिइ रहने गर्दछन् ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ ।
भूकम्पीय जोखिमबाट बच्न पूर्व तयारी आवश्यकः प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्व तयारी आवश्यक भएको बताउनुभएको छ ।