• १९ चैत २०८१, मङ्गलबार

‘लगानीमैत्री वातावरणका लागि सामूहिक प्रयास’

blog

मकवानपुर समाचारदाता

मकवानपुर, चैत १७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सबैको प्रयास आवश्यक भएको बताउनुभएको छ । 

महासङ्घका अध्यक्ष ढकालसहित महासङ्घका उपाध्यक्षहरू तथा कार्यकारिणी सदस्यहरू, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षलगायतको टोलीसँग शनिबार हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानीको वातावरण निर्माण र रोजगारीको अवसर सिर्जनामा सबै पक्षको साथ सहयोग र समन्वय आवश्यक भएको भन्दै जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूले पठाउने बजेटसम्बन्धी सुझावहरूलाई नेपाल सरकारको आगामी आवको बजेट निर्माणको क्रममा प्रस्ताव र कार्यान्वयनको लागि पहल गर्ने बताउनुभयो । उद्योग व्यवसायीका समस्या नीतिगत रूपमा समाधान गर्न महासङ्घले पहल गरिएको उहाँको 

भनाइ थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले जिल्लाका उद्योगी/व्यवसायीका समस्याबारेमा जानकारी गराउनुभएको थियो । 

थाहानगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुरुषोत्तम ढकालले उद्योग व्यवसाय क्षेत्रमा रहेका समस्या समाधानमा महासङ्घबाट पहल र प्रयास हुनुपर्ने भन्दै थाहा नगरमा कृषिजन्य उद्योग स्थापनामा जोड दिनुभयो ।  कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायतका पदाधिकारीलाई सम्मान गरिएको थियो ।