यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर काम गर्नुपर्छ: शङ्कर पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
टुङ्ना वादक फुट्टी शेर्पालाई अन्तर्राष्ट्रिय उपाधि
टुङ्ना (डाम्ङ्यान) वादक फुट्टी शेर्पा हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा उपविजेता बन्नुभएको छ । भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो ।
‘एसएमई’ लाई सहज बन्यो पुँजी बजार
पुँजी बजारमा साना तथा मझौला कम्पनीको पनि सहज प्रवेश हुने भएको छ ।
दुई कम्पनीलाई आइपिओ निष्कासन अनुमति
नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई प्रारम्भिक निष्कासन (आइपिओ) को अनुमति दिएको छ ।
सरकारमा सहभागी मन्त्रीलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद्का विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई टुङ्गोमा पुर्याउन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
कोपमा गएको टोलीबारे प्रश्न
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनका विषयमा काम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न व्यवस्थित टोली बनाउन निर्देशन दिएको छ ।
सहज बन्यो मुद्दा पुनरावेदन : धरौटीको थप पन्ध्र प्रतिशत राखे पुग्ने
फौजदारी कसुर मुद्दामा सुरु मुद्दा हेर्ने अदालतले धरौटी वा जमानत तोकेको व्यक्तिले मुद्दा पुनरावेदन गर्नु परे धरौटीको थप १५ प्रतिशत जम्मा गरे पुग्ने भएको छ ।
‘गोरखापत्रको पनि अब नयाँ ऐन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणको कार्यान्वयन प्रक्रियाअघि बढेसँगै अब सार्वजनिक सेवा प्रकाशन आरम्भ गरिने उद्घोष गर्नुभएको छ ।
इजरायल र हमासबिच अस्थायी युद्धविराम
लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ ।
पर्यटन र उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । लुम्बिनीमा आयोजित जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लगायतसँगको छलफलमा पोखरेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको बताउनुभयो ।
अधिवक्तामाथिको आक्रमण निन्दनीय : एमाले
नेकपा (एमाले) ले सहकारी ठगी प्रकरणमा बिपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा गर्दै दोसीमाथि कडा कार्वाहीको माग गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार बिज्ञप्ति जारी गर्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गर्नुभएको हो ।
पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
प्रदेश समन्वय परिषद्को बैठक सुरु
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश र स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रदेश समन्वय परिषद्को दुई दिने बैठक हेटौँडामा सुरुभएको छ।
ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः प्रमुख घिमिरे
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।
सरकारमा कांग्रेस-एमालेबिच कुनै समस्या छैनः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विद्यालयमा एक जना हेल्थ एम्बेस्डरको व्यवस्था गर्नुपर्ने
विद्यालयमा एक जना हेल्थ एम्बेस्डर (विद्यार्थी स्वास्थ्यदूत)को व्यवस्था गर्नुपर्ने भएको छ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०८१ ले नियमित पठन पाठनमा असर नपर्ने गरी कक्षा ७ र ८ मा अध्ययनरत एक जना छात्र र एक जना छात्रा सम्बन्धित विद्यालयको हेल्थ एम्बेस्डर तोक्नु पर्ने व्यवस्था गरेको छ ।
गोरखापत्रकर्मी जोशीलाई मातृशोक
गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक पुष्पराज जोशीलाई मातृशोक परेको छ ।
कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति
नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।
बोटे समुदायको विकासमा राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
९८ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा : मन्त्री यादव
खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ ।
कांग्रेस नेता डा. कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबिच भेटवार्ता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता भएको छ ।