काठमाडौँ, चैत १८ गते । काठमाडौँको गोकर्णेश्वर नपा ५ बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, सोही गाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत, बिहार घर भई काठमाडौँको दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो ।
गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा राहुलको शव फेला परेको थियो । लेनदेनको विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरीले जनाएको छ ।