उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन
प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् ।
हिउँ छिचोलेर वडाध्यक्षको टोली लिमीमा
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङको टोली न्यालुको हिउँ छिचोलेर लिमी पुगेको छ । मेशिन लगाएर हिउँ पन्छाएर सडक सुचारु गर्ने प्रयास असफल भएपछि अध्यक्ष तामाङको टोली न्यालु क्षेत्रको हिउमै हिडेर लिमी पुग्नु भएको हो ।
आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा
असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ ।
भेरी नदीमा डुबेर एकको मृत्यु एक बेपत्ता
जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको मङ्गलबार दिउँसो डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।
बेपत्ता भएका पुरुष पोखरीमा मृत फेला
बनगाड कुपिन्डे नगरपालिका ७ मैदुपोखरीमा डुबेर बेपत्ता भएका ४० वर्षीय तिलक कामी मृत फेला पर्नुभएको छ । बेपत्ता भएको तीन घण्टापछि कामी पोखरीमै मृत भेटिएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर सल्यानमा एक जना बेपत्ता
सल्यानमा एक पुरुष पोखरीमा डुबेर बेपत्ता भएका छन्। बन्गाड कुपिन्डे नगरपालिका–७ मैदु पोखरीमा डुबेर ४० वर्षीय तिलक कामी बेपत्ता हुनुभएको हो।
बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा मुगु विद्युतविहीन
गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।
सिमकोटमा अन्धकार भएपछि तिहार खल्लो
तेइस दिनदेखि सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार छाएको छ । तिहारका बेला बत्ती नभएपछि तिहार खल्लो भएको हो । हिल्दुुम साना जलबिधुुत आयोजनाको नहरलाई पहिरोले क्षति गरेपछि बिधुुत आपुर्ती बन्द भएकाले यहाँको तिहार खल्लो भउको स्थानीयको भनाइ छ ।
निर्वाचनपछि गठबन्धनको बलियो सरकार बन्छ : काँग्रेस उपसभापति खड्का
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा देखिएको समस्याको निकास र जनताले खोजेको विकासको चाहना पूरा गर्ने काम निर्वाचनपछि बलियो गठबन्धनको सरकारले पूरा हुनसक्ने बताउनुभएको छ ।
सिमकोट–खार्पु सडक १५ दिनपछि खुल्यो
असोज १९ देखि २४ गतेसम्म परेको वर्षाको कारण पहिरोले अवरुद्ध बनाएको सिमकोट खार्पु सडक पन्द्र दिनपछि सुचारु भएको छ । हिल्सा सिमकोट सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।
सल्यानमा गठबन्धन दलबीच सहमति
आन्तरिक असहमति हुँदा साझा कार्यक्रम बनाउन नसकेको सत्ता गठबन्धन दलबीचमा एकताबद्ध भएर प्रचारप्रसार लगायतका कार्य गर्ने सहमति भएको छ ।
खबरदारी गर्ने अधिकार जनतालाई छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसांस्कृतिक महासङ्घ चौरजहारीले आयोजना गरेको देउसीभैलो प्रदर्शन कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो
पुल मर्मत नहुँदा सास्ती
कर्णाली नदीको उर्लिंदो बाढीले क्षतिग्रस्त बनाएको जितेबजार जोड्ने झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान पुगेको पाइएको छैन । असोज १९ गतेको वर्षाले कर्णाली नदीको जलसतह बढेपछि पुल बगाएको भए पनि सो पुल बनाउनेतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ । वर्षापछि कर्णालीमा आ
गठबन्धनको जितका लागि सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताउनु भएको छ।
सल्यानमा जिप दुर्घटना : आठ घाइते
सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदैगरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका १ सारपानी खोरबारेमा दिउँसो दुर्घटना भएको हो ।
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता सुर्खेतमा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ । वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उद्घाटन तथा सम्बोधन गर्न उहाँ सुर्खेत आइपुग्नु भएको हो ।
लिमीमा चुनावी प्रचार गर्न जान कठिन
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारका लागि उम्मेदवार तथा राजनीतिक दलहरुलाई लिमी जान कठिन भएकहिमपातले हिमालपारीको गाउँ लिमी जानेबाट अवरुद्ध भएपछि प्रचार अभियानमा जान कठिन भएको हो ।
मतदाताले मागे गाउँमा मोबाइल टावर
दैलेखको गुराँस गाउँपालिकामा मोबाइल फोनको नेटवर्कसम्म भरपर्दो छैन । दूरीका हिसाबले प्रदेश राजधानीसँगै जोडिएको नजिकको पालिका हो । त्यस क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।
पुष्प व्यवसायबाट मनग्य आम्दानी (फोटो फिचर)
शारदा नगरपालिका श्रीनगरका पुष्प व्यवसायीहरू हिजोआज फूल टिप्न र माला उन्नमा व्यस्त छन् । तिहार लागेसँगै बगैँचामा रहेको फूल विक्री गर्न यहाँका किसानहरू व्यस्त छन् ।
प्रहरी कार्यालयलाई जग्गा दान
जाजरकोटको छेडागाड नगरपालिका ३ मा रहेको इलाका प्रहरी कार्यालयलाई ४ रोपनी जग्गा हस्तान्तरण गरिएको छ ।
दैलेखमा चुनावी मैदानमा पुरानै अनुहार
प्रतिनिधिसभा र प्रदेशसभामा दैलेख जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका रविन्द्रराज शर्मा प्रतिनिधिसभामा पुनः दोहोरिनु भएको छ भने सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापा चौंथो पटक निर्वाचन लड्दै हुनुहुन्छ ।
कर्णाली राजमार्गका ढुङ्गा फुटाइँदै
वर्षापछिको भीषण पहिरोले कर्णाली राजमार्गमा खसेका ठूलाठूला ढुङ्गा फुटाउन ‘ब्लास्टिङ’ (विस्फोट) सुरु गरिएको छ । कर्णाली राजमार्गको नाग्मदेखि राँचुली खण्डमा दुई दिनअघिदेखि नेपाली सेना र डिभिजन सडक कार्यालयको समन्वयमा सडकमा खसेका ठूला ढुङ्गा ‘ब्लास्टिङ’ गरिएकोे हो ।
पहिरो पीडितलाई राहत वितरण
असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोबाट विस्थापितलाई राहत सामाग्री वितरण गरिएको छ ।
१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’
‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।