• ८ पुस २०८१, सोमबार

हरिसोभा र दुई छोराको जीवन बचाउन सहयोगको अपेक्षा

blog

प्रेसर कुकर पड्किएर घाइते आमा छोराको जिल्ला अस्पताल कालिकोटमा उपचार हुँदै तस्बिर: प्रेमराज सिम्खडा

एक लाख ६५ हजार सहयोग जुट्यो

प्रेमराज सिम्खडा 

कालिकोट पुस ९ गते । कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ३ भर्ता संज्यालवाडामा  खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर घाइते भएकी हरिसोभा परिवार र उहाँका छोराको उपचारमा खर्च अभाव भएको छ । अन्जानमा घाइते हुनु भएका आमा छोराको जीवन रक्षाका लागि सहयोग गर्नु पर्ने भएको छ । 

हरिसोभा बचाउ अभियान नाम दिएर सहयोग रकम सङ्कलन गर्न सुरु गरिएको छ । शुक्रवार एकै दिनमा एक लाख ६५ हजार सहयोग जम्मा भएको छ । खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर घाइते भएकी ४२ वर्षीया हरिसोभा परियार र उहाँका दुई छोराको स्वास्थ्य अवस्था जटिल र उपचार गर्न रकम अभाव भएको परिवारले जनाएको छ । 

परियार र उहाँका १० वर्षीय छोरा गणेश परियार  र हरिशोभाका देवरका छोरा वर्ष १० का लोकेन्द्र परियार हाल उपचार अभावले छटपटिएका छन् । स्थानीय किरण अधिकारीले घाइतेको उपचारका लागि इ-सेवा ९८४८३६१५३८ सहयोग गर्नुहुन अपिल गर्नु भएको थियो । उहाँले आफ्नो अपिललाई सुनेर अधिकारीले आफ्नो खातामा एक लाख ६५ हजार ६७७ रुपियाँ जम्मा भएकाले उपचार गर्न पुग्ने जानकारी दिनुभयो । जम्मा भएको उक्त रकम सोमवार हस्तान्तरण गर्ने अधिकारीले बताउनुभयो । 

घटना पछि १२ घण्टासम्म उपचार नपाएका परियार परिवारले १२ घण्टापछि शुभ कालिका गाउँपालिका वडा नं ३ का वडा सदस्य चक्र बहादुर शाही र गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले अस्पतालसम्म ल्याएका थिए । हरिसोभा र उहाँका दुई छोराको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डाक्टर रत्नवीर सुनारले अस्पतालमा उपचार भइरहेका घाइते तीनै जना खतरा मुक्त भएको बताउनुभयो ।