१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’
‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।
मान्म–नाग्म सडक खुलाउन सकस
वर्षाले अवरुद्व कर्णाली लोकमार्गको मान्म–नाग्म सडक अझै सञ्चालनमा आउन सकेको छैन । असोज १९ गतेदेखि सात दिनसम्म परेको पानीले कर्णाली लोकमार्गको उक्त खण्ड क्षतविक्षत बनाएको छ । सुर्खेत–कालीकोट खण्ड आंशिक सञ्चालन भए पनि कालीकोट सदरमुकाम मान्मदेखि नाग्मसम्मको ४५ किलोमिटर सडक खुलाउन सकस भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिनुभयो । उहाँले बल्लतल्ल सेरीघाटलगायतका ठाउँको पहिरो पन्छाएर सदरमुकाम मान्मसम्म सडक सञ्चालन गराएको बताउनुभयो ।
निर्वाचन प्रचारका लागि कमिटी गठन
नेकपा (एमाले) हुम्लाले आगामी मंसीर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडादेखि जिल्ला तहसम्म प्रचार प्रसार कमिटी तथा उपकमिटी गठन गरेको छ । सो पार्टीको पाँचौ बिस्तारित बैठकले विभिन्न कमिटी तथा उपकमिटी गठन गरेको हो ।
जडीबुटी खन्ने क्रममा दुईको मृत्यु
वनमा जडीबुटी खन्ने क्रममा दुुई जनाको मृत्युु भएको छ । सिमकोट गाउँपालिका –१ को चुँवा खोला क्षेत्रमा जडिबुटी सङ्कलन गर्नेक्रममा उहाँहरुको मृत्यु भएको हो ।
सुर्खेतमा खड्का र शाहीबीच पुनः प्रतिस्पर्धा
सुर्खेत क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका धुब्रकुमार शाही चुनावी मैदानमा हुनुहुन्छ ।
दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट राराबाट सार्वजनिक गरिने
दशौँ राष्ट्रिय खेलकुद २०८१ को लोगो तथा मस्कट रारातालबाट सार्वजनिक गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिहिबार पोखरामा बसेको बैठकले स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल रारामा लोगो र मस्कट सार्वजनिक गर्ने निर्णय गरेको हो ।
‘अधुरा काम पूरा गर्न प्रदेशमा उम्मेदवारी’
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधुरा काम पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले कार्यकर्तासँग बुधबार हुम्लामा भएको भेटघाटमा मुख्यमन्त्री भएपछि धेरै काम गर्न नपाएको र ती काम पूरा गर्न प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।
तीस वर्षपछि पुनः प्रतिस्पर्धा
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १४ वडा मिलेर बनेको प्रदेश सभा २ (क) बढी महत्वका साथ हेरिएको छ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिका प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल र नेपाली कांग्रेसका कालीप्रसाद शाक्य तीन दशकपछि पुनः चुनावी मैदानमा प्रतिस्पर्धी बन्नुभएको छ ।
बालुवामा धान खोज्दै किसान
पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ ।
नलगाड किनारमा रहेको बस्ती
जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित नलगाड किनारमा रहेको बस्ती ।
करेन्ट लागेर बालिकाको मृत्यु
दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ ।
मृतकका परिवारलाई २५ हजार सहयोग गरिने
कर्णाली प्रदेश सरकारले गत असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्यु भएको परिवारलाई जनही २५ हजार रुपियाँ क्रियाखर्च स्वरुप सहयोग गर्नेभएको छ ।
सुर्खेतदेखि कालीकोटको पिलीसम्म यातायात सञ्चालन
कर्णाली राजमार्गको वीरेन्द्रनगर सुर्खेतदेखि कालीकोटको पिलीसम्म सडक सञ्चालन आएको छ । कर्णाली राजमार्गको दैलेख खण्डअन्तर्गतको पहिरो हटाएपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
उम्मेदवारका पुरानै एजेन्डा
प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारबीच मतदातामाझ विकासका प्रतिबद्धता बाँड्ने होडबाजी सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारले यस पटक ठोस चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् । तर, उम्मेदवारले सञ्चारमाध्यम र मतदातासँगको भेटघाटमा आफ्ना निर्वाचनलक्षित योजना सुनाउन थालेका छन् । निर्वाचनमा होमिएसँगै प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले यसपालि पनि पूर्वाधार विकासका पुरानै एजेन्डालाई प्राथमितामा राखेको देखिन्छ । सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हुने भए पनि उम्मेदवारले जनतासँग भौतिक पूर्वाधार विकासका क्षेत्रमा आफ्ना प्रतिबद्धता केन्द्रित गरेका छन् ।
पहिलेका सहकर्मी अहिलेका प्रतिस्पर्धी
विगतको निर्वाचनमा एउटै मञ्चबाट भाषण गरेका तीन सहकर्मी अहिले चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन्। सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य तथा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धी हुनुभएको हो।
पहिरोले बस्ती नै विस्थापित
हरि ऐडी मुगु, कार्तिक १ गते। असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायानाथ रारा नगरपालिकाका केही बस्ती विस्थापित भएका छन्। पहिरोले बस्तीका अधिकांश घर पुरिएका छन् भने बाँकी घरसमेत जोखिमका कारण बस्न नसक्ने अवस्थामा छन्।बाढी पहिरोले छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को कोटिला गाउँका २६ घरधुरी, बालैगाउँका १४ घरधुरी र वडा नम्बर ७ को धुइरका ३५ घरधुरी विस्थापित भएको छायानाथ रारा नगरपालिकाको कार्यालयले जानकारी दिएको छ।छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का कृष्णबहादुर कुलाल बस्ती जोखिममा परेपछि एक घण्टा टाढाको खाडचौरमा पाली टाँगेर ओत लागेको बताउनुभयो। त्यस्तै छायानाथ रारा वडा नम्बर ७ का प्रेमलाल रावलले बाढी पहिरोका कारण घरभित्रका खाद्यान्न र लत्ताकपडा समेत जोगाउन नसकेको बताउनुभयो। खाद्यान्न र लत्ताकपडासमेत पुरिँदा बालबच्चादेखि ज्येष्ठ नागरिकलाई समस्या भएको छ।विस्थापितले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ। ‘नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गर्ने गरेको सुनेको थिएँ, त्यो पनि अहिलेसम्म पाइएको छैन’, उहाँले भन्नुभयो। यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले राहतका लागि नगरका १४ वडाका अध्यक्षसँग सम्पर्क गरेर आवश्यक तथ्याङ्क संकलन र राहतका लागि सक्रियता जनाउन पहल गरेको बताउनुभयो।जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले भन्नुभयो, ‘विस्थापित घरधुरी अहिले सामान्य प्लास्टिकमा ओत लागेर बसेका छन्। सम्बन्धित निकायले उनीहरूको बसोबास र राहतको व्यवस्थापन गरिदिनुपर्छ।’पहिरोले विस्थापित बनेको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को बालैगाउँ।
परिवर्तनकारी शक्तिलाई मतदान गर्न अपिल
नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्काल नागरिकका लोकतान्त्रिक अधिकार स्थापित गर्न गठबन्धन दल जित्न आवश्यक रहेको बताउनुभएको छ ।
हुम्लामा जडीबुटी सङ्कलन सुुरु
जिल्लामा मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी सङ्कलन कार्य सुुरु भएको छ । स्थानीय गाउँवासीको निर्णयद्वारा सङ्कलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो ।
एक सय ३७ घरधुरीलाई राहत वितरण
सुर्खेतको पञ्चपुरी नगरपालिकामा अविरल वर्षाका कारण भदौ ३१ गते बाढी र पहिरोले क्षति पु¥याएका १३७ घरधुरीलाई आवाज संस्थाले राहत वितरण गरेको छ । पञ्चपुरी नगरपालिका–९, १० र ११ नम्बर वडाका बाढी र पहिरोले बढी मात्रामा क्षति पु¥याएको थियो ।
फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता
पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ ।
अवरुद्ध सडकको मर्मतमा जुटे जनप्रतिनिधिहरू
वर्षासँगै गएको पहिरोले अवरुद्ध बनाएको सडकको मर्मत कार्यमा जनप्रतिनिधिहरु जुट्नुुभएको छ । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले दश दिन भन्दा बढी सडक अवरुद्ध भएपछि आफैँ सडक मर्मतका लागि लागेको बताउनुुभयो ।
सङ्कटग्रस्त जिल्लामा पु-याइयो राहत
बाढीपहिरोले क्षति पु-याएका कर्णालीका सङ्कटग्रस्त क्षेत्रमा राहत पु-याइएको छ । असोज १९ गतेदेखि परेको वर्षाले क्षति पु-याएका स्थानलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । कर्णालीका चार जिल्लामा प्रदेश सरकारले हेलिकोप्टरबाट अत्यावश्यकीय राहत सामग्री पु-याएको हो ।
बाह्र दिनपछि बत्ती
कालीकोट जिल्लामा १२ दिनपछि अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालन भएको छ । असोज १९ गते बिहान ११ बजेबाट अवरुद्ध भएको विद्युत् सेवा ३० गते रातिबाट सञ्चालन भएको हो । अविरल वर्षापछिको पहिरोले विद्युत् प्रसारणका पोल ढल्दा दैलेखको दुल्लुलगायतका ठाउँठाउँमा विद्युत्का पोल ढल्नुका साथै
लाम लगाएर जहाजको टिकट वितरण
कर्णाली राजमार्ग पहिरोले बन्द भएपछि जुम्लाको हवाई टिकटमा चाप परेका कारण टिकट वितरणमा नयाँ व्यवस्था सुरु गरिएको छ । टिकटका लागि विमानस्थलमा भीड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएपछि पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाम लगाएर ११ वटा टिकटको दरले सातवटा उडानको रकम समेत उठाइएको छ ।