पोष्टमार्टम नहुँदा सुविधाबाट वञ्चित
हरिकृष्ण ऐडिमुगु, बैशाख ३ गते । गत माघमा मुगमकार्मारोंग गाउँपालिकाको मँह गाउँका एक महिलाको घरमा पोत्ने माटो लिनजाँदा माटोको ढिस्कोमा पुरिएर मृत्युभयो । कर्णाली प्रदेशले विपत, दुर्घटनामा परेका नागरिकलाई विपत कोषबाट दुई लाख रुपियाँसम्म राहत दिने प्रावधान बनाएको छ । तर मृतकका परिवारले उहाँको पोष्टमार्टम नगरेपछि सरकारी सुविधा प्राप्त गर्न सकेनन् । त्यस्तै घटनामा ज्यान गुमाएकी मुगमकार्मारोंग गाउँपालिका वडा नं ८ माँग्री गाउँकी २४ वर्षीया टोमा तामाङको परिवारले पनि राहत सुविधा नपाएको मुगुमकार्मारोङ स्वास्थचौकीका इन्चार्ज शोनाम तामाङले बताउनुभयो । उहाँकाअनुसार मुगमकार्मारोंग गाउँपालिकाको धर्मको ज्ञानले मृतकको शरीरलाई चिरफार गर्न नमिल्ने मान्यता रहेको बताउनुभयो ।जिल्लामा रहेको बौद्ध धर्मावलम्बी लामा समुदायका परिवारहरु यहाँको धर्म संस्कारअनुसार पोष्टमार्टम गर्न नमान्दा सेवा सुविधा लिनबाट बञ्चित हुँदैआएका छन् । लामा समुदायको धर्म रीतिरिवाजअनुसार पोष्टमार्टम नगरिदिँदा मृतकका आफन्तले सेवासुबिधा लिनबाट वञ्चित भएका हुन् ।कतिपय अवस्थामा पोष्टमार्टमका लागि पालिकामा सुविधा नभएकाले २ दिन लगाएर सदरमुकाम पुगाउनुपर्ने र प्रक्रिया झन्झटिलो भएकाकारण पनि स्थानीयले पोष्टमार्टममा चासो नदेखाएको पाइएको स्वास्थ्यचौकी इन्चार्ज तामाङको भनाइ छ ।जिल्लाको उत्तरी भेगमा पर्ने मुगमकार्मारोंग गाउँपालिकाका २ हजार ३ सय ३० घरधुरिका परिवारले बौद्ध धर्म मान्दैआएका छन् । उक्त समुदायका लामा गुरुले मृतकको दाहसंस्कार गर्नलाई ज्योतिष विधिबाट निज मृतकको शरीरले के मागेको छ सोहीअनुसार गर्ने चलन छ ।यहाँका लामा समुदायको मान्यताअनुसार मान्छे मरेको दुई दिनसम्म स्वास जीवित हुनेभएकाले दुई दिन अगाडि मृतकलाई दाहसंस्कार गर्दा मृतकको आत्माले दुःख दिने भएको स्थानीयको बुझाई छ । त्यहीकारण दुई दिनसम्म घरमै राखिने चलन रहेको स्थानीय सोनाम लामाले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय मुगुले मुगमकार्मारोंग गाउँपालिकाबाट कर्तव्य ज्यानबाहेक अन्य घटनामा पोष्टमार्टम गरेको हालसम्म १ वटा मात्र रेकर्ड रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।
भेरी नदीको पुलबाट खसेर महिला घाइते
चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा जिर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएको उहाँका छोरा प्रेमबहादुर पुनले जानकारी दिनुभयो । उहाँको ढाडको करङ र दुबै खुट्टा भाचिएको बताईएको उहाँले बताउनुभयो ।
भित्तरगौँडा भीर छिचोलेर सडक
हुम्ला समाचारदाताहुम्ला, वैशाख ३ गते । पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तरगौडा सडकखण्डको भीर छिचोल्ने काम पूरा भएको छ । लगातार दुुई महिना विस्फोट र निर्माणको काम एकैसाथ गरी सो भीर छिचोलिएको हो ।पूर्वाधार विकास कार्यालयका प्रमुुख देवी ऐडीले लगातार विस्फोट गरेर दुुई महिनापछि भीर छिचोलेर गाडी गुडाउन सफल भएको बताउनुुभयो । दुुई सय मिटर लामो उक्त सडकखण्डमा सेनाको समन्वयमा विस्फोट गर्ने र स्काभेटरबाट निर्माण गर्ने काम एकसाथ अगाडि बढाइएको थियो । उहाँले करिब ४० मिटर अग्लो चट्टानलाई विस्फोट गरी स्काभेटरबाट काटरेर भीरमा सडक निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।उहाँले कुल ७.३२ किमि सडकखण्डमध्ये चार सय मिटर कडा चट्टान रहेकामा एउटा चट्टानी भागको निर्माण कार्य पूरा भएको र अब अर्को भीर बाँकी रहेकाले त्यो पनि छिटै निर्माण सुुरु हुने बताउनुुभयो । सडक निर्माणका लागि सम्झौता भएको १५ महिनापछि चट्टान विस्फोट सुरु भएको बताउनुभयो । सेनाको अनुमतिमा विस्फोटक पदार्थ खरिद प्रक्रियामा जाँदा समय लागेकाले निर्माणमा ढिलाइ भएको जनाइएको छ । ताकुलेक सडकको खार्पुदेखि ग्याग्रुसम्म सडक निर्माणका लागि ०७६ साल भदौ ५ गते स्वच्छन्द निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।उहाँले विस्फोटक पदार्थ खरिदका लागि सेनासँग लामो प्रक्रिया लागेका कारण चट्टानी भीरको निर्माण कार्य ढिलो भएको बताउनुुभयो । सोही सडकखण्डको चट्टानी क्षेत्रबाहेक अन्य क्षेत्रको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको थियो । कार्यालयलाई विस्फोटक पदार्थ प्राप्त हुने बित्तिकै निर्माण कम्पनीलाई जिम्मा लगाएर सेनाकै उपस्थितिमा विस्फोट गर्ने काम सुरु भएको जनाइएको छ ।छोटो समयमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक आवश्यक विस्फोटक पदार्थ नभएकै कारण निर्माणमा ढिलाइ भएको थियो । सडक निर्माणका लागि चार करोड ६५ लाख नौ हजार रुपियाँमा निर्माण कम्पनीसँग कार्यालयले सम्झौता गरेको थियो । यसअघि सो कार्यालयले सोही सडकखण्डको ग्यागु्रदेखि दोजाम गाउँसम्म सडक निर्माण सम्पन्न गरिसकेको छ । अब दोजामबाट ताकुुलेकसम्मको भागमा सडक निर्माण गर्न भने बाँकी छ । सडक निर्माणपछि चुवाखोला क्षेत्रको पर्यटन प्रवद्र्धन र जडीबुटीको सहज निकासीमा सहयोग पुुग्ने विश्वास गरिएको छ ।
समाजबादी पार्टीका सचिव एमालेमा
कमल शर्मादैलेख, वैशाख २ गते । नेकपा (एकीकृत समाजवादी) का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्कनु भएको छ । शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्काले नेकपा (एकीकृत समाजबादी) पार्टी परित्याग गरी पुरानै मुल पार्टी एमालेमा फर्कनु भएको हो । उहाँले एक विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको भएपनि सो जिम्मेवारी आजैबाट छाडी एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ । पार्टी विभाजनका कारण एमालेभन्दा बाहिर रहेका सबैलाई उहाँले एमालेमै फर्कन आव्हान पनि गर्नुभएको छ । खड्कालाई एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतले पार्टीमा स्वागत गर्नुभयो । खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुनेगरी काम गरिरहेको बताउनुभयो ।
पाँच वर्षमा २७ वटा वडा कार्यालय भवन निर्माण
राजन रावतहुुम्ला, बैशाख २ गते । पाँच वर्षको अबधिमा जिल्लाका सातवटा गाउँपालिकामध्ये छ वटाका २७ वटा वडाहरुको आफ्नै भवन बनेर कार्यालय सञ्चालनमा आएका छन् । नयाँ भवन बनेका वडालाई कार्यालय सञ्चालनमा सहजता आएको छ भने बाँकी वडाहरु अहिले पनि भाडाकै भवनमा काम गर्दैआएका छन् । नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुुबहादुर लामाले छ वटै वडाका नयाँ भवन बनेर सञ्चालनमा आएको बताउनुुभयो । आफुु निर्वाचित भएपछि सबै वडाका आफ्नै भवन बनाउने भनेअनुुसारको कार्य पुुरा भएको उहाँले बताउनुुभयो । वडा १, २, ३ र ६ को भवन बनेर सञ्चालनमा आइसकेको र बाँकी ४ र ५ नम्बर वडाको भवन निर्माण कार्य अन्तिम चरणमा पुुगेको उहाँले बताउनुभयो । जेठ महिनासम्म काम सम्पन्न भएर सञ्चालनमा आउने उहाँको भनाई छ । यता सदरमुुकाम रहेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आठवटा वडामध्ये २, ६ र ८ को मात्रै आफ्नै भवन निर्माण भएको र बाँकीको हुुन नसकेको बताउनुुभयो । यी वडाको आफ्नै नाममा जग्गा नभएको कारण पनि भवन निर्माणमा समस्या भएको हो । यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पाँचवटै वडाका नयाँ भवन निर्माण गरेर सञ्चालनमा आएको बताउनुुभयो । त्यसैगरी मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका आठवटा वडामध्य वडा नम्बर २ बाहेक अन्य सबैको आफ्नै भवन निर्माण भएर सञ्चालनमा आएका छन् । त्यसैगरी अदानचुली गाउँपालिकाको पनि वडा २, ३ र ४ को भवन निर्माण भएका छन् । त्यस्तै, वडा १, ५ र ६ को भने नयाँ भवन निर्माण हुन बाँकी छ । बाजुुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालकाअनुसार पाँचवटै वडाका आफ्नै भवन निर्माण भएर सञ्चालनमा आएका छन् । यी भवनहरुमध्ये अधिकांश गाउँपालिकाले निर्माण गरेका हुुन भने केही मिलान कोष साझेदारीमा र केही अन्य सहयोगी निकायको सहयोगमा निर्माण गरिएका हुन । गाउँपालिकाले जनाएअनुसार बाँकी १७ वटा वडाका भवन वडाको नाममा जग्गा नभएका कारण भवन निर्माण हुन नसकेका हुन ।
संरक्षित वनको क्षेत्रफल बढ्यो
ललित बसेलसुर्खेत, वैशाख २ गते । नेपालको सुर्खेतस्थित काँक्रेविहार संरक्षित वनको क्षेत्रफल वृद्धि भएको छ । केही दिनअघि प्राविधिक टोलीले नापजाँच गरेर काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल वृद्धि भएको पाइएको हो । पहिले १६७ हेक्टर क्षेत्रफल भनिएको उक्त वनको क्षेत्रफल अहिले पुनः नापी गर्दा १७६.७७ हेक्टर भएको छ । नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले काँक्रेविहार संरक्षित वन क्षेत्रफलको क्षेत्र पुनः नापजाँच गर्दा पहिलेको तुलनामा बढेको पाइएको बताउनुभयो । उहाँले अब काँक्रेविहारको क्षेत्रफल १७६.७७ हेक्टर कायम भएको जानकारी दिनुभयो । यसअघि काँक्रेविहार क्षेत्रफलका बारेमा केही अन्योल थियो । नापी कार्यालय सुर्खेतको नक्साङ्कनमा काँक्रेविहारको क्षेत्रफल १६७ हेक्टर र राजपत्रमा १७५.५ हेक्टर थियो । पुनः गरिएको नापचाँजले काँक्रेविहारको क्षेत्रफल यकिन भएको प्राविधिक टोलीले जनाएको छ । पुनः नक्साङ्कनले पहिलेको तुलनामा काँक्रेविहारको क्षेत्रफल केही बढेको देखाएको हो । आफूहरूले काँक्रेविहारको क्षेत्रफल केही बढेको रिपोर्ट बनाएर पठाइएको जानकारी नापी प्रमुख थापाले दिनुभयो । अत्याधुनिक प्रविधिबाट काँक्रेविहारको पुनः नक्साङ्कन भएकाले अब काँक्रेविहारको क्षेत्रफल नाप गरेअनुसारको नै हुने उहाँको भनाइ छ । यस्तै डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले पनि समग्रमा काँक्रेविहारको क्षेत्रफल पहिलेको तुलनामा केही बढेको पाइएको बताउनुभयो । केही स्थानमा काँक्रेविहारको क्षेत्रफल अतिक्रमण भएको रहेछ भन्दै उहाँले पुनः नक्साङ्कनले अतिक्रमित क्षेत्रको समेत पहिचान गरेको जानकारी दिनुभयो । यसअघि काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको हुन सक्ने आशङ्कामा स्थानीयले बारम्बार आवाज उठाएका थिए । गत असोजमा पर्खाल लगाउने विषयमा विवाद भएपछि अदालतमा रिट परेको थियो । उच्च अदालत सुर्खेतले अल्पकालीन सुनुवाइ गर्दै काँक्रेविहारको पर्खाल निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको थियो । सरकारी तथ्याङ्कमै काँक्रेविहारको क्षेत्रफल फरक–फरक भएका कारण डिभिजन वन कार्यालयलाई क्षेत्रफल यकिन गर्न भनिएको थियो ।
सहकारीमार्फत किसानलाई उन्नत जातको भैसी बितरण
वासुदेव शर्माजाजरकोट, बैशाख १ गते । जाजरकोटको एक सहकारी संस्थाले उन्नत जातका भैसी वितरण गरेको छ । कर्णाली प्रदेश सरकारको बार्षिक स्वीकृत कार्यक्रमअनुसार नलगाड नगरपालिका ५ पन्चासे बहुउद्देश्यीय सहकारी संस्थामार्फत सहकारीमा आबद्ध दश जना किसानलाई दश वटा भैसी वितरण गरेको हो ।कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न कृषि तथा पशु पालन गर्दैआएका ब्यावासयिक किसानको आयआर्जन बृद्धि गरी आत्मनिर्भर बनाउन पन्चासे बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार रुपियाँका दरले दश वटा दुहुना भैसी वितरण गरेको छ । पशुपालन ब्यबसायले आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत पशु अस्पताल तथा पशु सेवा कार्यालयले प्रदान गरेको ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रमको पन्ध्र लाख र सहकारी संस्थाको चार लाख ५० हजार रुपियाँ अनुदान सहयोगमा नेपालगन्जबाट खरिद गरी ६ वटा पाडासहितका दुहुना, चार वटा असारमा बच्चा दिने भैसी संस्थाले खरिद गरी बितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउने माध्याम सहकारी भएकाले पशुपालन पेशामा संलग्न, सहकारी संस्थामा आबद्ध किसानलाई व्यावासयिक उत्पादनमुखी आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत प्राप्त बजेट पंन्चासे बहुउद्देश्यीय सहकारी संस्थालाई दिएको सो कार्यालयले जनाएको छ । संस्थाले भैसी खरिद गरी किसानलाई वितरण गरेको कार्यालय प्रमुख भक्रीले बताउनुभयो ।कृषि पशुपालन व्यवसाय गर्दैआएका सरकारी रोजगारी नभएका नलगाड ५ का गणेशप्रसाद गौतमले भैसी पाउदाँ ज्यादै खुसी लागेको बताउनुभयो । भैसीको दुधबाट आत्मनिर्भर, आयआर्जनमा सुधार आउने उहाँले बताउनुभयो । नेपाल सरकारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आजको बचत, भोलीको आधार सहकारी नै भएकाले किसानलाई आधुनिकमैत्री प्रविधि उपकरण, मौसमी, बेमैसमी तरकारीका विउ विजन फलफुलका विरुवा बितरण गर्दैआएको प्रवन्धक किशोर रावलले बताउनुभयो । २०६५ सालमा २५ जनाले झोलाबाट शुरु गरेको सहकारी संस्थामा हाल सात सय ६४ जना शेयर सदस्य रहेका छन् ।
ओझेलमा प्रदेश सङ्ग्रहालय
काँक्रेविहार समाचारदातासुर्खेत, वैशाख १ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रदेश सङ्ग्रहालयले कर्णालीको ऐतिहासिक तथा लोक सांस्कृतिक सभ्यताको पहिचान झल्काउँछ । सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको पालामा प्रचलित मुुद्रादेखि कर्णाली प्रदेशभित्रका ऐतिहासिक सभ्यताको पहिचान झल्काउने वस्तुहरू राखिएका छन् ।पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटकका कारण पातल दरबार, शहीद पार्क, भानुस्मृति पार्क, भाइरल रोडजस्ता क्षेत्रले निकै चर्चा पाए तर कर्णालीको इतिहास र संस्कृतिलाई सङ्गृहीत गरेर राखिएको सङ्ग्रहालय भने पर्यटकको महìवमा पर्न नसकेको हो । यहाँको परम्परागत लोक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले सुर्खेतमा सङ्ग्रहालय स्थापना गरिएको थियो । २०५७ साउन २ गते तत्कालीन सरकारले क्षेत्रीय सङ्ग्रहालयका रूपमा स्थापना गरिएको उक्त सङ्ग्रहालयलाई सङ्घीयतापछि २०७५ असोज ५ गतेदेखि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत ‘प्रदेश संग्रहालय’मा रूपान्तरण गरिएको छ ।प्रदेश सङ्ग्रहालयको अवलोकनबाट यहाँको लोक संस्कृतिको विषयमा अध्ययन अनुसन्धान, शिक्षा प्राप्त र मनोरञ्जन प्राप्त गर्न सकिन्छ । सङ्ग्रहालयमा कर्णाली प्रदेशमा विद्यमान इतिहास संस्कृति र पुरातìवसँग सम्बन्धित वस्तुहरू दुईवटा प्रदर्शनी भवनमा राखिएको छ । जसअनुसार पहिलो कक्षमा इतिहास तथा संस्कृतिसँग सम्बन्धित वस्तु रहेका छन् । यहाँ विभिन्न जातजाति मगर, थारू, राउटे, कुमालको संस्कृति दर्शाउने मोडल अर्थात् डायोरामा, महìवपूर्ण गरगहना, परम्परागत भाँडावर्तन, ऐतिहासिक हातहतियार, नापतौलका एकाइगत सामग्री, विभिन्न मूल्य एवं तिथि क्रमका मुुद्रा राखिएको छ । प्रदर्शनी भवनको दोस्रो कक्षमा काँक्रेविहारबाट प्राप्त पुराताìिवक वस्तुहरू, कलात्मक प्रस्तर मूर्तिहरू, फलामका प्राचीन हुक, माटाका भाँडाका टुक्रा, जुम्लाबाट प्राप्त माटोका चःचहरू रहेका छन् । यसैगरी सोही कक्षमा हिमाली भेगका लामाहरूको संस्कृति झल्काउने वेशभूषा, भाँडावर्तन, कोल (काठको तोरी पेल्ने सामग्री), मदुस, ढिकी, जातो, प्राचीन पानी घडी, थाङ्का, माझी जातिसँग सम्बन्धित सामग्री माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्रीलगायतका वस्तुको अवलोकन गरी अध्ययन अनुसन्धान गर्न सकिन्छ ।कर्णाली प्रदेश सङ्ग्रहालय ‘सङ्ग्रहालय’ मात्र नभई ‘अभिलेखालय’ पनि हो । जसमा कर्णाली प्रदेश सरकारले गरेका निर्णयमध्ये महìवपूर्ण निर्णय अभिलेखीकरण गरी राख्ने योजना छ । अहिलेसम्म कुनै निर्णय राखिसकिएको भने छैन । सङ्गृहीत वस्तुको ग्यालरीसहित त्यहाँ पुस्तकालय पनि बनाइएको छ । जहाँ बसेर विभिन्न विधाका पुस्तक पढ्न सकिन्छ । सङ्ग्रहालयको बाँकी जमिनमा पर्यटकको आकर्षणका लागि अरू संरचना बनाउने काम भइरहेको सङ्ग्रहालयका प्रमुख अर्ज‘नबहादुर शाही बताउनुहुन्छ । सङ्ग्रहालयको आन्तरिक आम्दानी भने अत्यन्तै न्यून भएकाले प्रचारप्रसारसँगै प्रवेश शुल्कमा पनि हेरफेर गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।सङ्ग्रहालयमा आउने मानिसको सङ्ख्या पनि न्यून रहेको छ । कोभिड सुरु हुनुअघिका वर्षमा भने सङ्ग्रहालयमा वार्षिक करिब १० हजार जना मानिसले अवलोकन गरेको तथ्याङ्क पाइए पनि हाल दैनिक करिब २५ जनाले सङ्ग्रहालय अवलोकन गर्न आउने बताइएको छ ।
जुम्ला खण्डमा भ्यान दुर्घटना, १० जना घाइते
नेत्र शाहीजुम्ला, चैत २९ गते । जुम्ला तातोपानी गाउँपालिका २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदैगरेको भे १ ज १२२० नम्बरको भ्यान मंगलबार दुर्घटना हुँदा भ्यानमा सवार १० जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँकाअनुसार घाईते सवैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । उहाँहरुको उपचार शुरु भएको प्रतिष्ठानले जनाएको छ । केही घाईतेको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तिब्रगतिमा रहेको भ्यान अनियन्त्रीत भई कर्णाली राजमार्गदेखि तल खोलामा खसेको प्रहरीले जनाएको छ । भ्यान दुर्घटना भएपछि तातोपानी गाउँपालिकाको एम्बुलेन्स र गाडिमा घाईतेलाई अस्पताल लगिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।