ट्याक्टर दुर्घटनामा एकको मृत्यु
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १२ खेतापाता भन्ने स्थानमा गिट्टी बोकेको रा १ त २९५९ नं को जिप दुर्घटनामा परी सोही वडाका ४२ वर्षीय खडक बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
सर्केगार्ड सडक सात वर्षपछि चौडा गर्न सुरु
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक चौडा गर्ने कार्य सुरु भएको छ । गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक चौडा गर्ने कार्य सुरु भएको हो ।
चट्टान काटेर बनाइएको सडक
कर्णाली करिडोर अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेस्थित कडा चट्टान कटान काटेर बनाइएको एक तर्फी सवारीसाधन सञ्चालन सडक निर्माण । कच्ची सडक, धुलामय बाटोका कारण यात्रा गर्न निकै मुस्किल हुँदै आएको छ ।
भेरी कोरिडोरको बेलिब्रिज निर्माण तीन वर्षदेखि अलपत्र
निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ ।
अर्थमन्त्री पुन र मुख्यमन्त्री कँडेलबिच छलफल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल गर्नुभएको छ ।
नयाँ बजेट तर्जुमा प्रभावित
मन्त्री नै नहुँदा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आगामी आर्थिक वर्षको नयाँ बजेट तर्जुमा प्रभावित बनेको छ ।
गुराँसले लालिमा चढेको महाबु लेक (फोटो फिचर)
दैलेखको शिर मानिने महावु लेकमा यतिबेला लाली चढेको छ । लाली अर्थात् थरिथरिका ढकमक्क फुलेको लालिगुराँसले लेक नै मनमोहक बनेको छ । प्रकृतिको लालित्य चढेपछि सडक किनारदेखि अक्करे भिरमा पनि ढकमक्क गुराँस फुलेपछि वातावरण रमणीय निक्कै मनमोहक बनेको छ ।
रजबहादुर हत्याका आरोपी १६ वर्षपछि पक्राउ
कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावतलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ । उहाँलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
भोकमरी हुनेमा किसान चिन्तित
जिल्लाका विभिन्न ठाउँमा पाक्नै लागेको गहुँ बाली बाँदरले सखाप पार्न थालेका छन् । जिल्लामा बाँदरको बिगबिगी बढ्दै गएपछि खडेरीबाट बचेको गहुँ बाली बाँदरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि भोकमरी पर्न सक्ने भन्दै किसानको चिन्ता बढेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा खडेरीबाट बल्लतल्ल जोगाएको गहुँ बाली बाँदरको मुखमा पर्न थालेको छ ।
रारामा बढे पर्यटक
रारा ताल घुम्ने मौसम सुरु भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेका छ । अरू मौसमभन्दा चैतदेखि असारसम्मको समयमा रारा ताल क्षेत्र घुम्न उपयुक्त मानिन्छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारामा चैतदेखि असारसम्म उपयुक्त मौसम भएकाले यो समयमा पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । कार्यालयका प्रमुख राजु घिमिरेले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा आठ हजार ५२५ जना आन्तरिक र विदेशी पर्यटकले रारा घुमेको बताउनुभयो ।
मुख्यमन्त्री कँडेललाई विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको १० औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
काउन्सिलद्वारा भूकम्प प्रभावित सञ्चारकर्मीलाई सहयोग
प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेको छ । इन्टरनेटमा सहुलियत प्रदान गर्न काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी सञ्चारकर्मी तथा सञ्चारगृहलाई ६ लाख सहयोग गरेको हो ।
जुम्लाका बगैँचामा स्याउ फुल लाग्यो
यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचा सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।
कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा फोइमहादेवमा
कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो ।
कर्णालीमा औलो सङ्क्रमणको जोखिम घट्दै
कर्णाली प्रदेशमा औलोको जोखिम विगत चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने घटेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो सङ्क्रमणको जोखिम घट्दै गएको पाइएको हो ।
उद्योग वाणिज्य सङ्घ अध्यक्षमा शाही
कालीकोट उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रतनबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँले तिलबहादुर शाहीलाई ४३ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
प्रदेश राजधानीमा खानेपानी समस्या
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको समस्या सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । स्रोत पर्याप्त नहुँदा सुर्खेतमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ । वीरेन्द्रनगर–४, कुमाईचोककी पार्वती खड्काले दिनहुँ खानेपानीको चिन्ता हुने गरेको बताउनुभयो । गर्मी सुरु भएसँगै पानीको चरम अभाव हुने गर्दा विशेष गरी गृहिणीलाई बढी गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।
भूकम्पअघि भाडा भूकम्पपछि त्रिपाल
गत कात्तिक १७ गतेको भूकम्प गएपछि यहाँका अधिकांश बासिन्दाको बास त्रिपालमुनि हुन थालेको छ । त्रिपालमा बस्दा त्रिपाल च्यातिन थालेकाले भूकम्पपीडितको अवस्था विचल्ली हुन थालेको छ । भेरी नगरपालिका–१, रिम्ना बजारमा मजदुरी गर्ने चार घरपरिवारले अस्थायी आवासका लागि पाइने पहिलो किस्ता रकम पनि नपाएपछि त्रिपालमै बस्नु परेको छ । बारेकोट गाउँपालिकाका तीन घरपरिवार, भेरी नगरपालिका–२, रिसाङका एक घरपरिवार पहिले भाडाको घरमा बस्दै आएका थिए, भूकम्पपछि ती घरपरिवारको बास त्रिपालमुनि भएको छ । मनिष चलाउने, देवी पुन, जयरूपा बोहोरा र लोकेन्द्र परियारको घरपरिवारको अवस्था यस्तै रहेको छ ।
गमला र च्याउ बेचेर पढाइ खर्च जुटाउँदै
रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–९ मा रहेको राडीज्युला शिक्षा क्याम्पसका विद्यार्थीले आफ्नो पढाइ खर्च आफैँ जुटाउन थालेका छन् । क्याम्पसमा सञ्चालित ‘कमाउँदै–पढ्दै कार्यक्रम’ मार्फत गमला उत्पादन र च्याउ खेती गरेर विद्यार्थीले आफ्नो पढाइ खर्च जुटाउन थालेका हुन् ।
दुई समूहबिच झडप, एक युवाको मृत्यु
सल्यानको कुमाख गाउँपालिका–५ मा दुई समूहबिच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । गएराति करिब १० बजे झारकाँडा र कौछेका युवाहरूबिचमा झडप हुँदा एक जनाको मृत्यु भएको हो ।
मलामी गएका एक व्यक्ति नदिमा डुबेर बेपत्ता
रुकुमपश्चिमको चौरजहारी नगरपालिका-३ रानिसागर स्थित भेरीनदिमा एक पुरुष बेपत्ता भएका छन् ।
कर्णालीको मन्त्रिपरिषद् विस्तार
कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बन्नुभएको हो।
उद्योग वाणिज्य संघमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा
कालीकोट उद्योग वाणिज्य सङ्घ प्यानलगत चुनावी मैदानमा उत्रिएको छ। सदस्यता नवीकरण विवाद, कानुनी प्रक्रियामा केही समस्या देखिएपछि एक महिना अघि स्थगित भएको कालीकोट उद्योग वाणिज्य सङ्घको २१ औँ चुनावी सभामा सहमतिको प्रयास असफल भएपछि दुवै समूहमा चुनावी मैदानमा उत्रेका हुन्।
कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, भोलि विश्वासको मत
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच मन्त्रालयको भागबण्डामा सहमति जुटेपछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।