अपि हिमालको आधार पर्यटन प्रवर्धन
दार्चुला सदरमुकाम खलङ्गादेखि २३ कोस टाढा रहेको अपि हिमाल गाउँपालिकाभित्र साबिकको खण्डेश्वरी र घुसा गाविस पूरै, गुल्जर र शितोला गाविसका केही भाग समेटेर छ वडामा विभाजन गरिएको छ । ६१३.९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो पालिकाको पूर्वमा बझाङ, पश्चिममा नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका छन् । करिब सात हजार जनसङ्ख्या रहेको यस पालिकामा सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमालसहित नाम्पा, कापचुली र जेठी बौरानी रहेका छन् ।
न्यायको अनुभूति बिना कानुनी राज्य स्थापना हुन सक्दैन : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायको अनुभूति बिना राज्यमा कानुनी राज्य र जबाफदेहिता स्थापना हुन नसक्ने बताउनुभएको छ।
साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले दुई जना साहित्यकारलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरेको छ।
हात्तीको आक्रमणले टीकापुरमा एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट टीकापुरमा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसुदेवी बटालालाई हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो।
महाकाली कोरिडोर बजेट अभावमा योजना सुस्त
नेपाल-भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली कोरिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो ।
संसदीय प्रक्रिया अनुसार अघि बढ्न सभामुखलाई आग्रह
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्षले मङ्गलबार दिउँसो संसदीय प्रक्रिया अनुसार अघि बढ्न प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गराएको छ ।
दिदीबहिनी मृत फेला
स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।
पहेँलो खनिज भेटियो
खानेपानीको मुहानमा बगेर खेर गइरहेको पहेँलो खनिज भेटिएको छ । यस जिल्लामा फलामखानी, कृषि मल बनाउन प्रयोग हुने फस्फोराइट खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आइरन ओर’ पाइने गरेको छ । पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङको खनिज पानीमा बग्ने गरेको पाइएको छ । स्थानीयले खनिज रहेको पानीको मुहाननजिकको कालोमाटो चोटपटक लागेको ठाउँमा आयुर्वेद औषधीका रूपमा लगाउने गरेका छन् । चोटपटक लागेर मर्केको ठाउँमा यहाँको कालोमाटो लगाएमा छिट्टै निको हुने स्थानीयले विश्वास गर्दै आएका छन् । स्थानीयले यो खनिजलाई गन्धक र अमरक भन्ने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले बताउनुभयो ।
वनको टिमुर खेर जाँदै
देशका विभिन्न सहरमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा पाइने टिमुर त्यत्तिकै खेर जाने गरेको छ । टिमुरको महत्वबारे जानकारी नहुँदा त्यत्तिकै खेर जाने गरेको हो । घरायसी प्रयोजनका लागि कोही कसैले थोरै ल्याउने गरे पनि बिक्रीवितरणका लागि टिमुर कसैले नटिप्ने गरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय हिरा रोकायाले बताउनुभयो । “टिमुर गाउँमा बिक्री हुँदैन, बजारमा लिएर बेच्न रोक गरेको छ, उहाँले भन्नुभयो, “त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यो त्यत्तिकै खेर जाने गरेको छ ।”
नाउपा दलको नेता बने कैलाश
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेसमलाल चौधरी पक्षीय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्नु भएको छ ।
आलु खेतीमा महिलाको आकर्षण
पछिल्लो समय बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जाल जोडिएसँगै गाउँमा उत्पादित आलुले समयमै बजार पाउन थालेपछि पछिल्लो समय यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको हो । अन्नबालीभन्दा आलु खेती गर्दा जीविकोपार्जन गर्न सहज देखिएपछि अहिले यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका–४, साहुबाडाकी अमृता खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “आलु खेती गर्न खासै ज्ञान नहुँदा लगाउन मन गरेकी थिइनँ । गाउँमै प्राविधिकहरू आएर आलु खेतीसम्बन्धी विभिन्न सल्लाह सुझाव दिन थालेपछि अहिले गाउँमा आलु खेती सुरु गरेकी छु ।”
भाषा, संस्कृतिको प्रवर्धन प्राथमिकतामा : मन्त्री जोशी
भाषा, साहित्य र संस्कृति मानव समाजका अभिन्न अङ्ग भएकाले तिनको संरक्षण र प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताइएको छ । सोमबार बझाङी समाज काठमाडौँ सांस्कृतिक साँझ कार्यक्रममा उद्घाटन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भाषा, साहित्य र संस्कृतिबिना मानव समाज गतिशील हुन नसक्ने भएकाले यसको संरक्षण र प्रवर्धनका लागि सबैले आआफ्नो तहबाट सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु
सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसै घण्टा पैदल गस्ती सुरु गरेको छ ।
नाउपा प्रदेश सभा सदस्य गिरी पदमुक्त
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा समानुपातिक सदस्य इन्दिरा गिरीलाई सोमबार (आज) पदमुक्त गर्नुभएको छ ।
दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई अनुदान
उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ ।
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।
सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक
सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो ।
बिसुपर्व मनाउन घर फर्किंदै परदेशी
सुदूरपश्चिमको मौलिक पर्व बिसु मनाउन घर फर्किने परदेशीको झुलाघाट नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका युवा झुलाघाट नाका भएर घर फर्किन लागेका हुन् । सुदूरपश्चिम र कर्णालीमा नयाँ वर्षलाई बिसुपर्वका रूपमा मनाउने चलन रहेको छ । घर फर्किने अधिकांश मौसमी रोजगारीका लागि भारत पसेका छन् । अन्य पूजापाठका लागि समेत घर फर्किनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुकलगायत गतानी डुब्का खाने चलन रहेको छ ।
अनलाइनबाट नागरिकताको फाराम सिफारिस
धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको छ।
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार
धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु. एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।
संविधानले दिएका अधिकार प्रयोग गरौँ: प्रदेश प्रमुख मिया
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले नेपालको संविधान उत्कृष्ट रहेको बताउदै त्यसमा भएका आफ्ना अधिकार बुझेर अघि बढ्न थारु, मुस्लिम लगायतका पछाडि परेका वर्गलाई आग्रह गर्नु भएको छ ।
गरिबीले विदेश पठाउँदै चाडपर्वले गाउँ फर्काउँदै
गरिबीका कारण रोजगारीको खोजीमा भारतलगायत विभिन्न मुलुक गएकाहरू चाडपर्व मनाउन धमाधम गाउँ फर्किन थालेका छन् । यस जिल्लाको हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदहलगायत विभिन्न पालिकाका लोग्ने मान्छे (पुरुष) नयाँ वर्ष सुरु नहुँदै घर फर्किन थालेका छन् । हिउँदे खेती लगाएर कामको खोजी विदेश पसेकाहरू धमाधम घर फर्किन थालेका हुन । हिउँदे खेती गहुँ छरेर कात्तिकमा भारत गएका स्थानीय युवा नयाँ वर्ष तथा बिसु पर्व र चैते दसैँ मनाउन गाउँ फर्किएका हुन् ।
शुक्लाफाँटाबाट बाह्रसिङ्गाको गणना सुरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु गरिएको छ । निकुञ्जमा रहेका बाह्रसिङ्गाको सङ्ख्या अद्यावधिक गर्न निकुञ्ज कार्यालयले गणना गरिरहेको हो । अहिलेसम्म ‘ट्रान्जिट’ गणना सकिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभये । उहाँका अनुसार टाउको गणनाको कार्य गर्न भने बाँकी छ । ‘ट्रान्जिट र हेड’ गणना सकिएपछि तथ्याङ्क विश्लेषणको काम हुने छ ।
सामुदायिक विद्यालयमा पढाउनेलाई सम्मान
बडीमालिका नगरपालिका–७ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । ‘जहाँ आफू, आफ्ना त्यहाँ’ भन्ने अभियान अनुरूप छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने विद्यालयका कर्मचारी तथा शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरेको वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न तथा सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन नगरपालिकाको ‘जहाँ आफू, आफ्ना त्यहाँ’ भन्ने नीति लिएर काम गरिरहेको वडाध्यक्ष पाध्यायले बताउनुभयो ।