सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
कतारका अमिरको भ्रमणमा विपिन रिहाइ पनि मुद्दा उठाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेन्डामा राखिएको बताउनुभएको छ ।
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती
सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने र विभिन्न जानकारी लिने उद्देश्यका साथ सशस्त्रको टोलीले पैदल गस्ती सुरु गरेको हो ।
प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ ।
सत्ता समीकरण जोगाउन सुदूरपश्चिमको मुख्यमन्त्री छोड्यौँ : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री छोडेको बताउनुभएको छ।
अहिलेको सत्ता समीकरण पूरै अवधि चल्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनु भएको छ । उहाँले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।
हुड्को बजाएर अन्तरपुस्ता अनुभव साटासाट
बैतडीमा हुड्को बजाएर अन्तरपुस्ता अनुभव आदान–प्रदान गरिएको छ । पुराना पुस्तासँग भएको ज्ञान, सीप, प्रविधि तथा कला सम्बद्ध अनुभव साट्न यहाँ हुड्केउली र फाग सगुन गाइएको छ ।
बेसहारा बालबालिकालाई पढाउन महायज्ञ
बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जमा सरसफाइ
२९ औँ वन्यजन्तु सप्ताहको अवसरमा पारेर खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका विभिन्न पदमार्गको सरसफाइ गरिएको छ । वैशाख १ गतेदेखि सञ्चालन भएको पदमार्ग सरसफाइ अभियानका क्रममा झिग्रानास्थित निकुञ्ज कार्यालयमा समापन गरिएको छ । नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीयलगायतको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको बताएको छ । पछिल्लो समयमा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
कृषि ज्ञान केन्द्रको नियमित सेवा
कृषि ज्ञान केन्द्र बाजुराको कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने भएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीलाई नियमित सेवा दिन दैनिक ११ घण्टा कार्यालय खुला राखिने जनाइएको छ । ‘सरकारी काम कैले जाला घाम’ भन्ने मान्यतालाई तोड्दै कृषि ज्ञान केन्द्र ११ घण्टा समय खुला राखिएको सो कार्यालयका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो ।
रैथाने बाली संरक्षणमा पालिका
बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने बालीको संरक्षण अभियानमा जुटेका हुन् । रैथाने बालीमा मानव स्वास्थ्यका लागि पोषकतत्व हुने भएकाले पछिल्लो समय यसको संरक्षण अभियानमा जुटेको यहाँका स्थानीय बताउँछन् । गाउँमा उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो र फापर, उवा, झुमरो, लोकल मकै, जौ राम्रो पोषिलो अन्न मानिन्छ ।
आगलागीले गहुँबालीमा ठुलो क्षति
कैलालीको विभिन्न ठाउँमा शनिबार आगलागी हुँदा ठुलो मात्रामा गहुँबालीमा क्षति पुगेको छ । जोशीपुर वडा ६ पकरियामा भएको आगलागीबाट १५ परिवारको सात विघाभन्दा बढी जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको छ ।
झुलाघाट नाका सञ्चालनमा
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
प्रदेशको काम प्रभावकारी बनाउन लाग्छु : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशका सरकारका कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेमा आफूले सोचिरहेको बताउनुभएको छ।
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव
मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ ।
खेलकुद क्षेत्रको बजेट बढाउँछौ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
कैलालीको सात नदीमा तटबन्ध निर्माण सुरु
जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी, गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।
खेलकुदमा अब्बल सुदूरपश्चिम
बझाङ, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् ।
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ ।
महिलालाई गहुँ काट्ने चटारो
माथि उल्लेखित देउडा यहाँका छोरेटाहरूले वैशाखमा गहुँ लौन्यारीलाई उद्धृत गर्दै भन्ने गर्दछन् । यहाँ वैशाखको महिला गहुँ पाक्ने र त्यति बेला अलि उमा खाने (काँचो रहेको गहुँलाई आगोमा राखेर पोलेर खाने गहुँको बाला) चलन छ ।
सल्लाको वन बढेपछि पानीका मुहान सुके
वन विनाशले पानीका मुहान सुक्दै गएको हामी सबैले सुन्दै आएका छौँ तर, बैतडी सिगास–१, को सेला सामुदायिक वनमा सल्लाको वन बढ्दा पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
सुदूरपश्चिममा मन्त्रीपरिषद् बिस्तार, नाउपाका चौधरी भौतिक मन्त्री
बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद् बिहीबार नै विस्तार गर्नुभएको छ ।
पार्टी कार्यालयको लाइन काटियो
छ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको जिल्ला कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटिएको हो । नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरेको पाइएको छ । बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्रका जिल्ला प्रमुख जनार्दन पौडेलले बताउनुभयो । वितरण केन्द्रको महसुल सूची अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार गरी एक लाख आठ हजार रुपियाँ विद्युत् महसुल तिर्नुपर्ने देखिन्छ ।
मतदाता फकाउन गाउँ गाउँमा उम्मेदवार
यही वैशाख १५ गते हुने बझाङ जिल्लाको (क) उपनिर्वाचनका लागि उम्मेदवारहरू गाउँ गाउँ पुगेर मतदातालाई पक्षमा फकाउन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न दल तथा उम्मेदवारले घरदैलो भेटघाट र निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवार तथा दलका नेता कार्यकर्तालाई मतदाता भेटघाट गर्न भ्याइनभ्याइ छ । जनमत आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरू विभिन्न रणनीति तथा नारा बोकेर गाउँ गाउँ छिरेका छन् । गाउँबस्तीमा निर्वाचन सरगर्मी पनि बढेको छ ।