मुग मकार्मारोङमा जेठ १५ गतेदेखि यार्चा संकलनमा खुला
हरिकृष्ण ऐडी मुगु, जेठ १३ गते । जिल्लाको मुगुमकार्मारोङ्ग गाउँपालिकाले १५ जेठदेखि मुगुको पूर्वी करान भेगमा यार्सागुम्बा संकलन गर्न खुला गरेको छ । उक्त अवधिमा जिल्लाभित्र र बाहिरबाट आउने सर्वसाधारणले यार्सा संकलन गर्न सक्ने मुगु मकार्मारोङ्ग गाउँपालिकाले सार्वजनिक सूचनामार्फत् जानकारी दिएको छ ।वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार मुग मकार्मारोङ्ग गाउँपालिकाको यार्सागुम्बा कार्यविधि अनुसार जिल्ला भित्रका संकलनकर्ताबाट प्रतिव्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट दुई हजार पाँच सयका दरले कर बुझाउनु पर्नेछ ।पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले यार्सागुम्बाबाट संकलन भएको राजस्वले सुरक्षाकर्मीको रासन र व्यावस्थापनमा खटिएका कर्मचारीलाई केही रकम खर्चिने र बाँकी रकम स्थानीय क्षेत्रको विकासमा प्रयोग गरी राजस्व गाउँपालिकाको खातामा जम्मा हुने बताउनुभयो ।उक्त राजस्व रकम मुग मकार्मारोङ्ग गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार यहाँको विकास निर्माणका लागि आवश्यकताअनुसार खर्च गरिने उहाँको भनाइ छ । गाउँपालिकाको वडा नं २ मुगु गाउँको सामुदायिक वनक्षेत्रमा पर्ने रिमाण ठुलोकोईकी, सानो कोईकी, छापाखोला, र्चाकुखोला लगायत वनमा यार्सा पाइन्छ ।गाउँ पालिकाको सिरानी चौरमा यार्सा संकलनमा सयौं संकलनकर्ता बसोबास गर्ने भएकाले उक्त ठाउँमा नर्सिङ कर्मचारीसहितको स्वास्थ्यकर्मीको सहजिकरणमा स्वास्थ परीक्षणका लागि स्वास्थ्य हेल्थडेस्कको व्यवस्थापन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।यस क्षेत्रका स्थानीयको आम्दानीको स्रोतको रुपमा यार्सा संकलन रहेको छ । हरेक सिजनमा २० देखि ३० दिनसम्म यार्सागुम्बा संकलन गर्दा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जुम्ला चौधबीस गाउँमा घर भएका रामसिंङ बुढाले बताउनुभयो । हिमाली जडिबुटी यार्सागुम्बाले आफ्नो घरपरिवारलाई धान्न सहज भएको उहाँको भनाइ छ । उहाँका अनुसार यार्सा संकलन हुने ठाँउबाट नै गुणस्तरीय यार्सागुम्बा प्रति पिस चार सय देखि पाँच सय रुपैयाँसम्म विक्री हुने गरेको छ ।यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा असर पुग्ने क्रियाकलाप नगर्न पालिकाले सचेत गराएको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चोरी निकासी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।
रुख काट्न अनुमति नपाउँदा काममा ढिलाइ
कोहलपुर–सुर्खेत १३२ केभि हाइटेन्सन प्रशारण लाईन विस्तारमा सङ्घीय सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालय बाधक बन्दा आयोजना समयमै सम्पन्न नहुने भएको छ ।
हट्यो तुइन, बन्यो झोलुङ्गे पुल
दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् ।
गेटा मेडिकल कलेज सञ्चालन गर्न स्थानीयको माग
कैलालीको गोदावरीवासीले गेटा मेडिकल कलेज सञ्चालनको माग गरेका छन् । गोदावरी नगरपालिकास्थित गेटामा आवश्यक भौतिक पूर्वाधार गत वर्ष नै निर्माण भए पनि कलेज सञ्चालनमा आउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ बाट मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यका साथ पूर्वाधार तयार पारिएको थियो तर मेडिकल कलेज सञ्चालनको प्रारूप तयार नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
पच्चीस लाख भारतीय रुपैयाँ र सुन बरामद
कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ ।
छाउगोठ भत्किए तर बाख्राखोरमा पोखिन्छ पीडा
विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो ।
पाठ्यपुस्तकको पर्खाइमा बाजुराका विद्यार्थी
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीले भने पाठ्यपुस्तक पाउन सकेका छैनन् । खाली झोला विद्यालय पुगेका विद्यार्थीहरु पाठ्यपुस्तकको पर्खाइमा छन् ।
थारू समुदायबाट तीन सय ७५ जनप्रतिनिधि
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौवटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन् । सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो ।
कैलालीमा सन्ताउन्न वडामा कांग्रेसको जित
कैलाली जिल्लाका १३ स्थानीय तहका १२६ वडामध्ये नेपाली कांग्रेसले ५७ वडामा जितेको छ । यद्यपि, जिल्लाको दुईवटा पालिकामा नेपाली कांग्रेस शून्य अवस्थामा छ । नेपाली कांग्रेसले तीन पालिका जितेको छ ।