• १३ असोज २०८१, आइतबार

दुर्घटनामा पावर टिलर चालकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, जेठ २८ गते।कैलालीमा ट्याक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु भएको छ।गोदावरी नगरपालिका–५ गेटीका २० वर्षीय सुवास चौधरीको ज्यान गएको हो।

आज विहान अत्तरियातर्फ जाँदै गरेको गोदावरी नगरपालिका-८ का २५ वर्षीय ललित चौधरीले चलाएको से १ त ३१०१ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेको पावर टिलरलाई छ लेन सडकमा ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट चौधरीको शरीर, टाउकोमा गम्भीर चोट लागेको थियो।उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

 चौधरीको सेती अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।दुवै सवारी साधन ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो।