बाँदर आतङ्कले किसान विस्थापित : विपत् घोषणाको तयारी
भारतबाट हुल बाँधेर आउने बाँदरले हैरानी खेलाएपछि बैतडीका किसान गाउँ छाडेरै हिँडेका छन् । बाँदर नियन्त्रणमा सरोकार निकायले पनि खासै चासो नदिएको गुनासो किसानको छ । दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका बाँदर पीडित गाउँका किसान विस्थापित भएपछि ती गाउँका विद्यालयसमेत खारेजीमा परेका छन् । विद्यार्थी सङ्ख्या नपुग्दा दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय अन्यत्र गाभिएका छन् ।
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्नसक्ने क्षमता रहेको सो प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उदघाटन गर्नुभयो ।
जिसस कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी
जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका पद्म कलेल विजयी हुनुभएको हो ।
पहिरोको कारण बस्ती जोखिममा
बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । मनसुन शुरु नहुँदै त्यो बस्तीमाथिबाट लगातार पहिरो बग्न थालेपछि सो बस्ती अहिले जोखिममा रहेको हो ।
‘मल पनि छैन सिँचाइ पनि छैन ’
मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् ।
सुर्नयाको पानी लिफ्ट गरी पाटनमा वितरण
सुर्नया नदीको पानी पिउने पाटनवासीको वर्षौंको सपना पूरा भएको छ । १३ करोड रुपियाँको लागतमा बृहत् खानेपानी योजना पूरा भएसँगै बैतडी जिल्लाको पाटनमा खुसियाली छाएको छ ।
प्रमुख दलका कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । आज टीकापुरमा आयोजित कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गर्नुभयो ।
उमेर बढाएर २७ वर्षदेखि वृद्ध भत्ता बुझेको भेटियो
नेपाली नागरिकताको प्रमाणपत्रमा आफैले जन्म मिति बढाएर २७ वर्षदेखि वृद्ध भत्ता लिनेगरेको रहस्य पत्ता लागेको छ । बैतडीको डिलासैनी गाउँपालिकाका ती बृद्धले २०५२ सालदेखि हालसम्म वृद्ध भत्ता लिनेगरेको पत्ता लागेको हो । वृद्ध भत्ता लिने डिलासैनी गाउँपालिकाका अन्य १२ जना पनि अनुसन्धानको दायरामा छन् ।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर निर्वाचित
कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ।