• १३ असोज २०८१, आइतबार

खोलामा डुबेर नाबालकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार १२ गते । झापाको मेचीनगरमा एक नाबालकको डुबेर मृत्यु भएको छ ।  फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

मङ्गलवार साँझ मेचीनगर नगरपालिका वडा न.–१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको फुलवासा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिक रहेको खोलामा खेल्दै गरेका बालक अचानक खोलामा डुबेर मृत्यु भएको खबर पाउनसाथ प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो । वर्षाका कारण खोलामा पानीको सतह बढेको थियो ।