राजी समुदायका तीन जनप्रतिनिधि
लोपोन्मुख राजी समुदायबाट कैलालीको स्थानीय तहमा तीन जनाको प्रतिनिधित्व भएको छ । दुई जना वडा सदस्य र एक जना कार्यपालिका सदस्य गरेर भजनी नगरपालिकामा लोपोन्मुख राजी समुदायका तीन जनाको प्रतिनिधित्व भएको हो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा नम्बर
सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनको सुरुवात गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री देउवाद्वारा सुशासन कायम गर्न निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
चितुवाको आक्रमणबाट डोटीमा दुई जना घाइते
डोटीको दिपायल सिलगढी नगरपालिका– ७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन । शुक्रवार बिहान १० बजेतिर गाउँमा पसेको चितुवाको आक्रमणबाट स्थानीय ४५ बर्षीया पार्वती बि.क र पार्वती बि.ककी ३ बर्षीया छोरी लक्ष्मी बि.क घाइते भएका छन् ।
निःशुल्क स्नातक तहको पढाइ
कैलालीको धनगढी– उपमहानगरपालिका–१८ नम्बर वडाले निःशुल्क उच्च शिक्षा पढाउने भएको छ ।
बैतडीमा टिपर दुर्घटना, चार जना घाइते
गोकर्ण दयालबैतडी, असार २ गते। बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। धनगढीबाट इँटा बोकेर बैतडी आउँदै गरेको म १ क ३८८ नम्बरको टिपर दशरथचन्द राजमार्गको पाटन नगरपालिकका-६, कनेडा मोडमा बिहीबार दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब तीन सय मिटर तल खसेको छ। दुर्घटना परेर टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका-५ का सन्तोष डगौरा, बैतडीको पाटन नगरपालिका-३ का हिरा विश्वकर्मा, पाटन नगरपालिका-४, का हरिना ऐरी महरा र टिपरका सहचालक भीमदत्त नगरपालिका-४ का वीरेन्द्र चौधरी घाइते हुनुभएकाे छ। घाइते चारै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुलेको छैन।
‘बजेट व्यवस्थित ढंगले कार्यान्वयन हुन्छ’
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट व्यवस्थित ढङ्गले कार्यान्वयन हुने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बताउनु भएको छ।
पालिकामा एम्बुलेन्स छैन,जनप्रतिनिधिलाई चिल्लो गाडी
गाउँगाउँमा कच्ची सडकको पहुँच पुगेको छैन तर जनप्रतिनिधिका लागि चिल्ला गाडी खरिद गरिएका छन् । त्यही गाउँबस्तीमा बिरामी बोक्ने स्ट्रेचर र एम्बुलेन्स छैन । यो समस्या बैतडीका दुर्गम गाउँपालिकामा देखिएका छन् ।
नक्कली नोट छाप्ने दुई जना पक्राउ
नक्कली नोट छाप्ने गरेको आरोपमा कैलाली प्रहरीले एक जना फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ ।