करार कर्मचारीलाई हाजिर गर्न रोक
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कार्यालयमा काम गर्नबाट रोक लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै साउन १ गतेबाट काममा हाजिर नहुन भनेको छ । घोडाघोडी नगरपालिकाका विभिन्न शाखा, उ
नदीमा हाम फालेका एक महिलाको शव फेला
कैलालीको कान्द्रा नदीमा हाम फालेका महिलाको आज शव भेटिएको छ । भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी आएको बेला आइतबार साँझ उहाँले कान्द्रा नदीमा हाम फाल्नु भएको थियो ।
चट्याङ लागेर तीन जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा एक र कञ्चनपुरमा दुई गरी तीन जनाको ज्यान गएको हो । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर ज्यान गएको छ । मृतक चौधरी रेडियन्ट ग्यासको खेतमा काम गर्दै हुुनुहुन्थ्यो ।
दूध लिन गएका दुई बालिका पोखरीमा मृत फेला
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गामा इँटाभट्टामा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । असार १३ गते सोमबार साँझ छ बजेतिर छिमेकमा दूध लिनगएका लालबहादुर विष्टका सात वर्षीया छोरी आश्रिया विष्ट र भीमबहादुर कुँवरका छ वर्षीया छोरी भावना कुँवरको ज्यान गएको हो ।
कुटपिट गर्ने तीन भारतीय लुटेरा पक्राउ
कैलालीमा सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरी गाडी लुटेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई सोमबार बिहान तीन भारतीयले लुटपाट गरेका थिए ।
गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट
कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।
काँडामा रोपेको दुई वर्षमै फल्यो स्याउ
खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ । २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो ।
तीन वर्षमा पनि खुलेन यान्त्रिक कार्यालय
बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन । सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल सफा गर्ने उद्देश्यसहित यान्त्रिक कार्यालय स्थापना गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको हो ।