मानसिक समस्या भएका महिला असुरक्षित
मानसिक अवस्था ठीक नहुँदा घर छाडेर हिँडेकी एक महिलाले बच्चा जन्माउनुभयो । बैतडीको मेलौली घर भएकी ती महिलालाई बच्चाको बाबु को हो थाहा छैन । ती महिलामा बलात्कार भएर गर्भ रही बच्चा जन्मेको शङ्का छ । स्वास्थ्य कार्यालय बैतडीको पहलमा ती महिला र बच्चाको उद्धार गरेर उपचार भइरहेको छ ।
कैैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गरिदैं
गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।
कैलालीको हँसुलियामा भेटियो दुर्लभ सेतो भँगेरा
कैलालीमा सेतो भँगेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भँगेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भङ्गेरा फेला पार्नुभयो ।
मुख्यमन्त्री परिवर्तनको सम्भावना छ : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने सङ्केत गर्नुभएको छ । नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको हो ।
विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत
कैलालीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ स्वीकृत भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले प्रतिकार्य योजना स्वीकृत गरेको हो ।
मुटुको उपचार नपाउँदा बालक पीडामा
तीन वर्षीया मोहन ठगुन्नालाई मुटु रोगले च्यापेको करिब चार महिना भयो । बैतडी अस्पताले उपचारका लागि रेफर गरेको तीन महिना बितिसकेको छ । बालकका आमाबुवासँग उपचार गर्ने रकमको जोहो नहुँदा मुटु रोगी बालकको उपचार हुन कठिन भएको हो ।
खोलामा डुबेको बालकको शव फेला
खोलामा बेपत्ता हुनु भएको कैलालीको धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विकको शव आज फेला परेको छ । कैलारी गाउँपालिका –६ स्थित धर्मापुर मामाघर गएकोबेला गौकन्द्री खोलामा साथीसँग पौडी खेल्नेक्रममा विक वेपत्ता हुनुभएको थियो ।
बाढीले अस्थायी पुल बगाएपछि स्थानीयलाई सास्ती
कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो ।
झोलुङ्गेपुलमा पर्यटक आकर्षित
अपिनाम्पा संरक्षण क्षेत्रको कालागाड खोलामाथि निर्माणाधीन बहुउद्देश्यीय झोलुङ्गेपुलमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । दुहुँ गाउँपालिका केन्द्रनजिकै रहेको झोलुङ्गेपुलले खर्रा र चल्लेगाडालाई जोड्नेछ । ३७२ मिटर लम्बाइको सो पुल १९० मिटर उचाइमा छ । अग्लो र लामो पुल भएकाले चिसो हावा लाग्ने गर्छ । सोही कारणले समेत स्थानीयका लागि झोलुङ्गेपुल आकर्षणको केन्द्र बनेको छ । दार्चुलाकै सानो तर पर्यटकीय हिसाबले महŒवपूर्ण दुहुँ गाउँपालिकामा साहसिक पर्यटक भिœयाउने योजना गाउँपालिकाको छ । सो पुलमा बन्जीजम्पसमेत जडान गर्ने योजना छ । दार्चुला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टा गाडी यात्रापछि यो पुलमा पुग्न सकिन्छ ।