वडा अध्यक्षहरुद्वारा डल्लो बजेट माग
कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो ।
बाढीपहिरोका कारण सिँचाइ कुलोसहित ६ घर जोखिममा
पर्यावरणीय अध्ययन विना बस्तीमाथि डोजरले जथाभावी सडक खन्दा आएको बाढी पहिरोले बैतडीको सिगसमा दुई वटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छ वटा घर उच्च जोखिममा परेका छन् ।
भजनी र जोशीपुरका बस्ती डुबानमा
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका गाउँ डुबानमा परेका छन् । मङ्गलबार रातिदेखिको वर्षापछि आएको बाढीले गाउँ डुबानमा परेका हुन् । काँढा, कान्द्रा, पथरैया नदीको बाढी गाउँ पसेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर र भजनीमा केही घर डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।
खोलामा डुबेर एक बालक बेपत्ता
खोलामा डुबेर आज एक बालक बेपत्ता हुनुभएको छ । प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता हुनुभएको हो ।
अमरगढी किल्ला खप्तड एकीकरण मार्ग खोज्दै सेना
बाईसे चौबिसे राज्यबाट नेपाल एकीकरण भएकाबेला गोर्खाली फौजले हिडेको बाटो नेपाली सेनाले खोज्न थालेको छ । नेपाल एकीकरण हँुदा पूर्वबाट पश्चिमसम्म पुगेको गोर्खाली फौजले प्रयोग गरेको बाटो सेनाले खोज्न थालेको हो ।
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।
विपद् व्यवस्थापन गर्न सुदूरपश्चिम सरकारद्वारा कार्यदल गठन
सुदूरपश्चिम प्रदेश सरकारले वर्षामा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
५० लाखको विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ । निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।
प्रकोप पूर्वतयारी गर्दै टीकापुर
बर्सेनि बाढी प्रभावित हुने कैलालीको टीकापुर नगरपालिकाले विपत्बाट बच्न पूर्वतयारी गरेको छ । बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने टीकापुर नगरपालिकाले यस वर्ष मनसुन आउनुपूर्व नै आर्थिक, भौतिक र व्यवस्थापकीय तयारी गरेको हो ।