चौँतीस हजार तलब दिएर स्वकीय सचिव नियुक्त
बैतडीका स्थानीय तहमा ६४ करोड रुपियाँभन्दा बढी बेरुजु थाती रहेका बेला सुर्नया गाउँपालिकाले नियम विपरीत अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरी मासिक ३४ हजार रुपियाँ तलब सुविधा दिन थालेको छ।
ज्याला माग्दै पुल बन्द ठेकेदार खोज्दै प्रशासन
दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ। पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले श्रमिकको ज्याला भुक्तानी नगरेपछि श्रमिकहरूले शुक्रबारबाट पुल बन्द गरेका हुन्।
कांग्रेस नेता लेखकद्वारा सुदूरपश्चिमका महत्त्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसँग माग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिमका प्रदेशका महत्त्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसमक्ष माग गर्नुभएको छ ।
कैलालीका १३ स्थानीय तहको बेरुजु दुई अर्ब ६८ करोड
कैलालीको स्थानीय तहमा अत्यधिक बेरुजु देखिएको छ । ऐन, कानुन विपरित वा प्रक्रिया पूरा नगरी बजेट खर्च गरिएका कारण स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार यहाँ रहेको १३ वटा पालिकाको बेरुजु दुई अर्ब ६८ करोड २२ लाख ३० हजार रुपियाँ पुगेको छ । यो आर्थिक वर्ष २०७७–७८ सम्मको बेरुजु हो ।
दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तुइन तर्ने क्रममा खसेर एक जनाको मृत्यु
व्यास गाउँपालिका -२ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दलसिंह भण्डारीको महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा खसेर शनिबार दिउँसो मृत्यु भएको छ ।
‘आवश्यकताका आधारमा बजेट विनियोजन गरिन्छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । दार्चुला सदरमुकामको महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीसँग गरिएको अन्तक्र्रियामा मुख्यमन्त्री शाहले विगतका कमजोरी सच्याएर योजना छनोट तथा बजेट विनियोजन गरिने बताउनुभयो ।
सिकलसेल अस्पताल निर्माणमा युवा
पश्चिम नेपालका युवा सिकलसेल एनिमिया सामुदायिक अस्पताल सञ्चालन गर्ने जमर्को गरिरहेका छन् । सुदूरपश्चिमका तराई क्षेत्रमा सिकलसेलको समस्या रहेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङलगायतका युवा मिलेर अहिले सिकलसेल सामुदायिक अस्पताल सञ्चालन गर्न सरकार र दातृ निकाय गुहारिरहेका छन् । सिकलसेल रोगबाट प्रभावितको सहज उपचारका लागि दा
६५ वर्षमा ६४ ले गुमाए ज्यान
नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो।
तुइनबाट खसेर एकको मृत्यु
दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ । व्याँस गाउपालिका –२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर आज मृत्यु भएको हो । घरबाट भारतीय बजार धारचुला समान किन्न जानेक्रममा तल्लो दुम्लीङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडा अध्यक्ष धिरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा लगियो
कञ्चनपुरको बेलौरी नगरपालिका –८ पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्याइएको छ।
‘उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने’
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मेलौली नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गर्नुभएको छ । बैतडी धनगढी समाज, धनगढी नेत्रालय, मेलौली नगरपालिका र च्यारिटी फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।
पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु
पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।
कर्णाली, गेरुवा र मोहना नदीमा डल्फिनको अध्ययन
कर्णाली, गेरुवा र मोहना नदीमा डल्फिनको अध्ययन गरिदैंछ। तरङ्ग रेकर्ड गर्ने पेसिब मेसिन प्रयोग गरेर स्वच्छ जलीय जीव डल्फिनको अध्ययन गर्न लागिएको हो।
मुक्त कमैया, सुकुम्वासीका समस्या समाधान गर्छु : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीका समस्यालाई आफ्नै समस्या ठानी समाधान गर्ने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र टीकापुर आउनुभएकी मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
बाढीपहिरोको जोखिममा बाउँली बस्ती
बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।
तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित
कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
विकास र सामाजिक रूपान्तरणमा फड्को मार्दै अछाम
सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये एक हो, अछाम । यो दुर्गम क्षेत्रमा समावेश पहाडी जिल्ला हो । माथि उल्लिखित देउडा गीतले भनेझैँ अछाम यति आकर्षक र सुन्दर छ, जस्तो मन मिलेको मान्छे र वनको चरी डाँफे जत्तिकै राम्रो छ ।
अस्पताल भवन निर्माण
कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको निर्माण सम्झौताअगावै पूरा भएपछि स्थानीय खुसी भएका छन्।
खानेपानीमा ताला लगाउने चेतावनी
पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी आयोजनाको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। धारामा पानी आए पनि रकम भुक्तानी नहुँदा नयाँ सहरको खानेपानी योजनाको उद्घाटनसमेत हुन सकेको छैन। दुई वर्ष लगातार उधारोमा काम गरेर धारामा पानी ल्याए पनि ६८ लाख रुपियाँ भुक्तानी नपाएको ठेकेदार दानसिंह रावलले गुनासो गर्नुभयो।
गहुँ सुकाउँदा दुर्घटनाको जोखिम
बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने डाब बजारदेखि मार्तडी सडकको बीचमा स्थानीयले सुकाउने गरेको गहुँले पछिल्लो समय सडकमा दुर्घटनाको जोखिम बढाएको छ। बूढीगङ्गा र बडीमालिका नगरपालिकाका अधिकांश स्थानीयले चुट्नका लागि गहुँबाली सुकाउन सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको हो। वैशाख लागेलगत्तै यहाँका स्थानीयले गहुँ टिपेर चुट्नका लागि सडकको बीचबीचमा राख्दै आएका छन्।
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक
शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ ।
लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने
धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार सरकारी १७ विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्।