पुतल नाँच
धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरीधाममा मङ्गलबार पुतला नाँच (रनपुतला) प्रस्तुत गर्दै अछामी महिला ।
बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई घाइते
बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
प्रधानमन्त्रीलाई भेट्नु अपराध होइन: नेता भट्ट
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कुनै अपराध नगरेको बताउनुभएको छ।
युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द
बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।
आयुर्वेद चिकित्सालय दीर्घरोगका लागि उपयोगी
धनगढीकी खगिता रोकायालाई टाउको दुख्ने समस्या छ। उहाँले यस रोगको उपचारका लागि पाँच वर्षसम्म विभिन्न अस्पताल धाउनुभयो तर समस्या ज्युँका त्युँ भयो। “उपचार गराउँदा गराउँदै ऋण लाग्यो,” रोकाया भन्नुहुन्छ, “तर पनि टाउको दुख्ने समस्याबाट छुटकारा मिलेन।” अहिले त एलोपेथिक औषधि देखेर दिग्दार लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बढ्दै छ कोरोना
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल फर्कनेहरूसँगै कोरोना बढ्न थालेको छ। कामको सिलसिलामा भारत गएकाहरू घर फर्किन थालेसँगै कोरोना सङ्क्रमण बढेको हो। अहिले सङ्क्रमण पुष्टि भइरहेकामध्ये धेरैजसो भारतबाटै फर्किने व्यक्ति रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो समय भारतसहित नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका व्यक्ति छन्। विभिन्न नाकाबाट आएका ७१६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
समाजको सद्भाव जनताको सन्तुष्टि
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताबीचको असन्तुष्टिलाई सम्बोधन गरेपछि मात्रै सद्भाव सम्भव हुने बताउनुभएको छ। टीकापुरमा भइरहेको साहित्य महोत्सवमा ‘राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ’ विषयमा बहस गर्दै डा. भट्टराईले नेपालमा भएका हरेक आन्दोलनमा मानिस मारिने गरेको बताउनुभयो।
प्रतिस्पर्धी जनशक्ति तयार गर्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ भन्नुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्न सक्ने हुनुपर्ने उहाँले बताउनुभयो ।
चितुवाले जङ्गलमा आमाछोरीलाई नै घेरेपछि....
कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएको छ ।
सीमा क्षेत्रमा बाघको त्रास
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्बास, बेलौरी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा बाघको त्रास बढेको छ। सीमा आसपासको विभिन्न स्थानमा बाघ देखा परेको स्थानीयले बताएका छन्।
बिसुपर्व मनाउन घर फर्किंदै परदेशी
सुदूरपश्चिम र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत गएकाहरू बिसुपर्व मनाउन झुलाघाट नाका भएर स्वदेश फर्किन थालेका छन्। नयाँ वर्षलाई सुदूरपश्चिम र कर्णालीमा बिसुपर्वका रूपमा मनाउने चलन छ। बिसुपर्व नजिकिएसँगै झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा बढी परदेशी स्वदेश फर्किने गरेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, दैलेख, बाजुरा, डोल्पा र हुम्लालगायत विभिन्न जिल्लावासी स्वदेश फर्किरहेको प्रहरी चौकी इन्चार्ज योगेशबहादुर पालले बताउनुभयो।
एकै थलोमा थारू कुलदेवता
थारू समुदायमा जगन्नथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखिनियाँ, मदुवालगायत फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन्। यी छुट्टाछुट्टै स्थानमा हुन्छन्। फरक कुलका विभिन्न देवीदेवतालाई अब कैलालीमा भने एकै थलोमा देख्न पाइने भएको छ। कैलारी गाउँपालिका–७, रामपुरमा देउथानको स्थापना गरेर एउटै ठाउँमा सबै कुलदेवता राखिएको हो।
सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघ्यो
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ।
घाइतेको मृत्युपछि अछाममा सडक बन्द
बसको ठक्करबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु भएपछि अछामको साँफेबगरमा सडक बन्द गरिएको छ ।
कालोपत्रे सडकमा झार उम्रियो
घोडाघोडी नगरपालिकामा–१, घोडाघोडी गाउँमा रिङरोड कालोपत्रे गरेको एक हप्ता नबित्दै झार उम्रियो। सडकमा झार उम्रिएको हल्ला फैलिएपछि निर्माण कम्पनीका कर्मचारीले झार मार्ने विषादी छरेर फरार भएका थिए। पूर्व–पश्चिम राजमार्गको घोडाघोडीदेखि कैलाशपुरसम्म निर्माण भएको कालोपत्रे सडकमा झार उम्रिएपछि स्थानीयले गुणस्तरमाथि शङ्का गर्दै पुनः निर्माणको माग गरेका छन्।
सङ्घीयताले समृद्ध बन्दै छ कैलाली
कैलालीको मध्य क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत घोडाघोडी ताल, पौराणिक र पुरातात्त्विक महत्व बोकेको पद्मप्रकाशेश्वर शिव मन्दिर, नेपालकै ठूलो मानिएको मानव निर्मित टीकापुर बृहत् उद्यान, विश्वकै दुर्लभ जलचर डल्फिन यहाँ छन्। धार्मिक महत्व बोकेका नैनादेवी, बेहडाबाबा, बर्दगोरिया र गोदावरी धाम धार्मिक तथा पर्यटकीय आकर्षकका लागि उपयुक्त रहेका छन्। राणाकालीन गर्भा दरबार, एउटा खम्बा अडिएको कर्णाली पुललाई पनि एतिहासिक सम्पदाको रूपमा लिन सकिन्छ।
ढुङ्गा रोक्न ग्याबिन जाली
बाढीपहिरो रोक्न प्रायः ग्याबिन जाली हाल्ने गरिन्छ तर बाजुराको बूढीगङ्गा नगरपालिका–६, बाम्का बजारमुनिको मौरे क्षेत्रमा भने चट्टान (ढुङ्गा) बचाउन ग्याबिन हालिएको छ। बाजुराका झन्डै १५० भन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराको प्रतिवेदनमा उल्लेख छ। ती बस्तीको बाढीपहिरो रोक्न ग्याबिन लगाउनुपर्नेमा चट्टान बचाउन ग्याबिन लगाइएको छ।
सडक निर्माणमा ढिलाइ
बाजुराको सेरा आटीचौर सडक निर्माण कार्य करिब दुई वर्षसम्म ढिलाइ भएको पाइएको छ। सो सडक निर्माणको काम तत्कालै पूरा हुने सम्भावना पनि न्यून देखिएको छ। २०७९ साल चैत मसान्तसम्म काम पूरा गर्ने गरेर २०७७ असारमा जयदेवी एसएस निर्माण सेवा प्रालिले सेरा आटीचौरअन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माण कार्यको जिम्मा लिएको थियो।
सुदूरपश्चिममा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा बिहीबार मात्र २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७८० एन्टिजेन र २४ पीसीआर विधिबाट परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
किसानलाई गहुँ भित्र्याउन चटारो (फोटो फिचर)
कैलालीका किसान गहुँ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ काट्ने, थ्रेसिङ गर्ने, बाली भित्र्याउने चटारो बढेको हो । यसवर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर गहुँ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा
टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभएको हो ।