नयाँ वर्षमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन हुने
नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ। नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ।
अन्तिम बिन्दुसम्म एमालेमै बस्ने प्रयास गर्छु : नेता रावल
सुदूरपश्चिम र कर्णालीमा कार्यकर्ता भेटघाट र भेला गरिरहनु भएका नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले एमाले नछोड्ने सङ्केत गर्नुभएको छ।
रेड पान्डा जोगाउन जङ्गलमा क्यामरा
विश्वकै दुर्लभ वन्यजन्तु रेड पान्डाको चोरी सिकार नियन्त्रणका लागि बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलमा क्यामरा जडान गरिने भएको छ। डाँफे युवा क्लबद्वारा सञ्चालित रेड पान्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा नजिकका जङ्गल क्षेत्रमा क्यामरा जडान गर्न लागिएको हो। विश्वमै दुर्लभ मानिएका रेड पान्डा, चिर कालिज, सुनगिद्ध, कस्तुरीलगायत जीवजन्तु बारेकोटका सामुदायिक जङ्गलमा पाइन्छ। रेड पान्डा नेटवर्कका जिल्ला कार्यक्रम संयोजक भुपलाल केसीले चोरी सिकार नियन्त्रण गरी रेड पान्डाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यसहित क्यामरा जडान गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो वर्षभित्रै बारेकोटका विभिन्न जङ्गलमा क्यामरा जडान गर्ने योजना बनाएका छौँ। चोरी सिकार रोक्न क्यामरा जडान गरिनेछ।”
हात्तीपाइले रोगविरुद्धको लक्ष्य पूरा
हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको छ। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो। २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्यभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको छ। उहाँले भन्नुभयो, “तोकिएको लक्ष्य हामी ११औँ अभियानमा हासिल गर्न सफल भएका छौँ। जिल्लाभरि लक्ष्यभन्दा बढीले आमऔषधि खाएका छन्।”
मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा
मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मार्तडी जिउलो घरैघरले भरिँदै
बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ मार्तडीवासीको धान फल्ने मार्तडी जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
साहित्य क्षेत्रले राजनीतिज्ञलाई खबरदारी गर्नुपर्छ: नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले साहित्य क्षेत्रले नेपाली राजनीतिज्ञलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुगेको बताउनु भएको छ ।
थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा
ए डिभिजन क्लब थ्रीस्टार सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार भएको क्वार्टरफाइनल खेलमा १-० गोल अन्तरले फ्रेन्डस् क्लबलाई पराजित गरी थ्रीस्टार सिधै अन्तिम चारमा पुगेको हो।
जिल्ला शिक्षा अधिकारी भट्टसहित छ जनाविरुद्ध पद दुरुपयोगको मुद्दा
जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित छ जनाविरुद्ध पद दुरुपयोग गरी आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको छ ।
सत्र करोड खर्च हवाई उडान ठप्प
बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ। विमानस्थल कालोपत्रेपछि २०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थलको उद्घाटन गर्नुभयो। उद्घाटनपछि हप्ताको एक दिन विमान उडे पनि २०७८ चैत १० गतेयता पाटन विमानस्थल सुनसान बनेको छ।
पुलिस खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
नेपाल पुलिस क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्रीको आग्रह
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्नु हुँदै उहाँले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्नु भएको हो।
बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द
बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो ।
धामी-झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गुम्यो
धामी झाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका –८ स्याँउलेगाउँमा एक गर्भवती महिलाको ज्यान गएको छ । अस्वस्थ भएपछि घरमा धामीलाई बोलाएर झारफुकको भर गर्दा २२ वर्षीया कल्पना विकको ज्यान गएको हो ।
महिलाको नाममा घरजग्गा कम भएको प्रदेश सुदूरपश्चिम
राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बाघको आक्रमणमा कञ्चनपुरकी एक महिलाको आज मृत्यु भएको छ।
विश्व नेपाली नारी साहित्य महोत्सव धनगढीमा सुरु
मौलिक कलाले सम्पन्न भूमि सुदूरपश्चिम प्रदेशको धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजबाट सुरु भएको छ।
दार्चुलामा पहिलो पटक महिला सीडीओ
गृह मन्त्रालयले दार्चुलाको नयाँ सिडिओमा किरण जोशीलाई पठाएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सिडिओ बन्न सफल हुनुभएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो ।
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
इतिहास पछ्याउँदै विकासमा अघि बढ्दै
एक समय शक्तिशाली राज्यका रूपमा डोटीमा मल्ल राजाले शासन गर्थे । नेपाल एकीकरणपछि पनि राणाकालमा डोटी महत्वपूर्ण गौँडाका रूपमा रहेको थियो । डोटीको सिलगढीको प्रशासनले अछाम, बझाङ, बाजुरा, जुम्ला, दार्चुला र बैतडीसम्मको प्रशासनिक कार्य हेर्ने गथ्र्याे । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्ला रहेका छन् । दुई हजार २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५९ हजार १०१ हेक्टर भूभाग वनजङ्गलले ओगटेको छ । डोटीमा ३० हजार ७११ हेक्टर क्षेत्रफल नदीनालाले ओगटेको छ । यस्तै सात हजार १११ हेक्टर सरकारी तथा गौचरन, सात हजार ७३८ हेक्टर सञ्चित क्षेत्र र २४ हजार ५३८ हेक्टर सिञ्चित क्षेत्रले ओगटेको छ ।
अझै भएन मन्त्रिमण्डल विस्तार
सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल गठन भएको डेढ महिना पुग्न लागे पनि मन्त्रिमण्डल अझै विस्तार हुन सकेको छैन। गठबन्धन दलबीच भागबन्डा मिलाउनमा भइरहेको ढिलाइका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको हो। मन्त्रालय भागबन्डाको सवालमा गठबन्धनबीच अझै छलफलसमेत नभएको बताइएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले माघ २७ गते तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नु भएको थियो।
क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या घटेन
सुदूरपश्चिममा गत सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीमा २३ जनाको सो रोगबाट मृत्यु भएको छ ।
बाजुरा क्याम्पसको ताला नौ दिनपछि खोलियो
बाजुरा क्याम्पसमा नेविसंघले लगाएको ताला नौ दिनपछि खोलिएको छ। छुटेका मतदातालाई निर्वाचनमा समावेश गर्ने र फर्जी मतदाताको छानबिन गर्ने विषयलाई लिएर नेविसंघले ताला लगाएको थियो।
हौसलपुरवासीको पुलमा हिँड्ने सपना पूरा
कैलालीको कैलारी गाउँपालिका –७ स्थित भारतमा आश्रित हौसलपुर गाउँका बासिन्दाका लागि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।