जलवायु अनुकुलन तरकारीखेतीतर्फ किसान आकर्षित
जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । चार महिनासम्म जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सञ्चालनगरी यहाँका महिलालाई जलबायु परिवर्तनले हुने विभिन्न परिस्थितिमा कसरी तरकारी खेती उत्पादन गर्न सकिन्छ भन्नेबारे सिकाइएको छ ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमण घट्दै
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण घट्दैगएको छ । चैत अन्तिमदेखि उकालो लागेको सङ्क्रमण दर वैशाख दोस्रो साताबाट ओरालो लागेको हो । सङ्क्रमण घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।
विकासका लागि दलीय स्वार्थभन्दा माथि उठौँ : मन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी
गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित छन् ।
विकासका लागि पार्टी हितभन्दा साझा रूपमा अघि बढाऔँ : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सेवा सुविधा नपाएको फरक क्षमताका व्यक्तिहरूको गुनासो
फरक क्षमताका व्यक्तिहरूले संविधानमा उल्लेखित हकअधिकार र सरकारले नै जारी गरेको निर्देशिकाअनुसारका सेवा सुविधा नपाएको गुनासो गरिएको छ ।
प्रशासनद्वारा मिटरब्याज पीडितबाट निवेदन माग
जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितबाट निवेदन माग गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम पीडितहरूको नाम सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो ।
कैलालीमा बुवाद्वारा छोराको हत्या
कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् ।
बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप
बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो ।
महाकाली कोरिडोर : जिरो प्वाइन्ट ब्रह्मदेवबाट ट्र्याक खोल्न सुरु
महाकाली कोरिडोर आयोजनाको कञ्चनपुर खण्डमा सडकको ट्र्याक खोल्ने कार्य थालिएको छ। कञ्चनपुरको ब्रह्मदेवस्थित जिरो प्वाइन्टबाट रुख काट्ने काम बुधबारबाट सुरु भएको हो। कोरिडोर निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश नआएर कोरिडोरको काम रोकिएको थियो। मङ्गलबार कटानीको आदेश आएसँगै राति नै सामान फिल्डमा झारेर कटानको काम सुरु गरिएको निर्माण कम्पनी दिवा सनीदेव जेभीले जनाएको छ। रुख छपान र कटानसँगै ट्र्याक खोल्ने काम सुरु भएको हो।
दोस्रो चरणको परियोजना शुभारम्भ
दक्षिण एसियाको सीमापार नदी (ट्रोसा) दोस्रो चरणको परियोजना सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी घोषणापत्रमा हस्ताक्षर गर्दै सो परियोजनाको शुक्रबार शुभारम्भ गर्नुभएको हो। परियोजनाको दोस्रो चरण अङ्ग्रेजी वर्ष २०२३ मे १ देखि लागू हुने जनाइएको छ। सो परियोजना महाकाली नदीले छोएका दार्चुला, डडेलधुरा, बैतडी, कञ्चनपुरका तटीय क्षेत्रमा लागू हुनेछ। अक्सफाम, रुडुकलगायतका संस्थाको संयुक्त सहकार्यमा नदी तटीय क्षेत्रमा हुने जोखिमबाट बचाउन तथा दुई देशबीचको सम्बन्ध सुधार गराउन सन् २०१८ देखि लागू भएको परियोजनाको दोस्रो चरणको एक समारोहबीच सुरु गरिएको हो।
बाढीपीडितद्वारा वन क्षेत्रमा टहरा निर्माण
कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।
भूकम्पले बाजुरामा २३ घरमा क्षति
बाजुरामा बिहीबार राति गएको भूकम्पले २३ वटा घर भत्किएका छन् । बिहीबार राति ११ बजेर ४५ मिनेटमा बाजुरामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
दूरसञ्चार सेवा गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
अशिक्षा र गरिबीको दुरवस्था, २६ वर्षमा १२ सन्तान !
बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी बस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।
जथाभाबी खोटो सङ्कलनले मासिँदै वन
दार्चुलाको लेकम गाउँपालिका–४, बुरुसेस्थित पारसिला सामुदायिक वनमा मापदण्डविपरीत खोटो (लिसो) सङ्कलन भइरहेको छ। जथाभाबी खोटो सङ्कलनले वन मासिँदै गएको गुनासो स्थानीयको छ। पारसिला सामुदायिक वनभित्रका ठूलासाना अधिकांश सल्लाका रूखबाट खोटो सङ्कलन भइरहेको स्थानीय दीपक पालले बताउनुभयो। एक हजार मेट्रिक टन वा सोभन्दा कम परिमाणमा खोटो सङ्कलन गर्ने उद्योगले न्यूनतम पाँच हेक्टर क्षेत्रफलमा खोटे सल्लाको वृक्षरोपण गर्नुपर्ने व्यवस्था
‘शिक्षामा लगानी बढाउँछौँ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने बताउनुभएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझ्दै उहाँले शिक्षा क्षेत्र महत्वपूर्ण भएकाले सो क्षेत्रमा सुधार गर्न आवश्यक अध्ययन गरिरहेको बताउनुभयो। ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार सुधार्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिइएको छ।
बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प
बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
घोडाघोडी चरा आरक्षमा थपिए चार प्रजातिका चरा
कैलालीस्थित नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चार प्रजातिका चरा थपिएका छन्।
कैलालीको वनमा डढेलोबाट तुलनात्मक कम क्षति
कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको कारण तुलनात्मक अन्य वर्षभन्दा कम क्षति भएको छ । मुलुकको विभिन्न क्षेत्रका वनमा डढेलोका कारण ठूलो क्षति भइरहेका बेला कैलालीमा क्षति कम भएको हो ।
कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा
मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनःस्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको माग गर्दै मुक्तकमैया समाजले यात्राको थालनी गरिएको हो ।
‘बाघ बढे मान्छे जोगाऔँ’
स्थानीय खप्टी खोला नजिक जङ्गल छैन तर झाडी छ। त्यही झाडीमा लुकेको पोथी बाघले वैशाख ८ गते कञ्चनपुर बेलौरी नगरपालिका–८, पचुइकी गङ्गादेवी चन्दको सिकार ग-यो। घर नजिकको खोलामा अरू महिलासँग घाँस काट्न गएकी उहाँलाई बाघले झम्टेर झाडीमा तानेपछि अरू महिलाले मुस्किलले ज्यान जोगाए। घटनापछि बेलौरी नगरपालिकावासी मात्रै नभई कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीय त्रसित छन्। “त्यहाँ नजिक अन्य जङ्गल छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अझ टाढा छ,” बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम रानाले भन्नुभयो, “तर खोलैखोला गाउँ नजिक झाडी पुगेको बाघले कसैले नसोचेको अकल्पनीय घटना घटायो।”
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए
कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् ।
दार्चुलामा फोरजी सेवा : सदरमुकाममा फाइबर विस्तार
दार्चुलाको लेकम गाउँपालिका–२ स्थित कैनोडा टावर र लेकम गाउँपालिका–६ स्थित उचाकोट टावरबाट फोरजी सेवा सुचारु भएको छ। ती टावरसम्म राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो।