दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु
चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो ।
भ्रमणमा गएका विद्यार्थी अचेत
उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरिएको छ ।
तनहुँमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओम बाबुप्रसाद यादव रहेका छन् ।
बेमौसमी आलु खेतीबाट मनग्य आम्दानी
म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतकी माया सुवेदी आजभोलि बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् ।
प्रशासकीय भवन निर्माणमा विलम्ब
हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमित प्रश्न बनेको छ, प्रशासकीय भवन कहिले बन्छ ? कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतिको सूचक देखाउने नगरपालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घर पूरा नभई जीर्ण बन्न थालिसकेको विषय चासोका साथ उठाउने गरिएको छ ।
धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’
धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ ।
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।
नेपाल–भारत पर्यटन प्रवद्धनात्मक भ्रमण टोली बागलुङमा
भारतीय पर्यटकलाई देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका मन्दिर र शालग्राम संग्राहलयको महत्त्वबारे पर्यटकलाई जानकारी गराइएको छ ।
मुख्य सडक नै जीर्ण अवस्थामा
गोरखा सदरमुकामनजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालको प्रवेशद्वारअगाडिको सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । गोरखा सदरमुकामबाट प्रसिद्ध गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र आरूघाट गाउँपालिका जाने मुख्य सडक खाल्टाखुल्टीले भरिएको छ । एक वर्ष बितिसक्दासमेत सडक मर्मत नहुनु गोरखावासीका लागि चिन्ताको विषय बनेको छ ।
मूल ढोकामा ताल्चा मारेर जाडो छल्न बेँसी
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५का अधिकांस घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन नौ जना चालकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतकाे आदेश
उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न
म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
‘मिहिनेत गरे नेपालमै सुन फलाउन सकिन्छ’
नवलपुरको कावासोती चार हसौराका मित्रबहादुर गाहा मगरले तरकारी खेती गर्दैआएको सात वर्ष भयो । लामो समयदेखि कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै विचलित हुनुभएन ।
गोरखा सदरमुकामको मुख्य सडकको अवस्था बेहाल, जिम्मेवार निकाय मौन
गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका– ६ स्थित बाल मन्दिर विद्यालय गेटमै सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ ।
नौ अगुवालाई ‘पोखरेली नवरत्न’
देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको हो ।
अन्नपूर्ण बेसक्याम्पमा सञ्चारको पहुँच पुर्याउन मन्त्रीसँग माग
सञ्चार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा सञ्चारको पहुँचका लागि ज्ञापनपत्र बुझाइएको छ ।
खोलामा डुबेर एक युवाको मृत्यु
बुधबार दिउँसो २ बजे एक्लै गोरखाको सिरानचोक गाउँपालिका– ७ साठीमुरेस्थित लाङदी खोलामा ढडिया थापी माछा मार्ने क्रममा चिप्लिएर पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो।
फेवाताल अतिक्रमण चाँडै हटाउँछौँः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश राजधानी पोखराको विकासमा सरकारले विषेश ध्यान दिएको उल्लेख गर्नुभएको छ ।
जलजलामा शैक्षिक कार्यविधि नबनाई १५ लाख भुक्तानी
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ ।
माघको पहिलो साता नवौँ लमजुङ महोत्सव
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो ।
बाँदर आतङ्कको विकल्पमा घाँस खेती
कृषकले दुःख गरेर लगाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदरले नष्ट गरिदिएपछि हैरानी खेपिरहेका तनहुँका किसान अहिले पशुपालनतर्फ आकर्षित हुन थालेका छन्।