प्रहरी समायोजन नहुँदा प्रशासनिक जटिलता : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय शासन प्रणालीअनुसार नेपाल प्रहरी समायोजन नहुँदा प्रशासनिक जटिलता भएको बताउनुभएको छ ।
कृषि, पर्यटन र जल स्रोतमा अध्ययन गर्न सम्झौता
जिल्लाको दस स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जल स्रोतको क्षेत्रमा सम्भावित परियोजनाको अध्ययन गर्न बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच सम्झौता भएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको सेवा अब नयाँ भवनबाट
स्थापनाको नौ वर्षपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । २०७४ सालबाटै साविक लाहाचोक गाउँ विकास समितिको भवनबाट सेवा दिँदै आएको गाउँपालिका बिहीबार वडा नम्बर ४, लाहाचोकमै बनाइएको नयाँ भवनमा सारिएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका-१५, ढुङ्गेसाँघुको ठुलोमझुवामा निर्माण गरिएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घाटन गर्नुभएको हो ।
दस घण्टे स्विप अप्रेसनमा १२२ जनालाई कारबाही
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे ‘स्विप अप्रेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अप्रेशन सञ्चालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।
महतोको ‘वाणीको उडान’ विमोचन
बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणीको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
नागरिकलाई घरदैलोमा सेवा दिँदै व्यास नगरपालिका
नगरपालिकाको केन्द्रसम्म पुग्न कठिन पर्ने विकट क्षेत्रका बासिन्दालाई लक्षित गरी तनहुँको एक पालिकाले घरदैलोमै प्रशासनिक सेवा पुर्याउन सुरु गरेको छ । व्यास नगरपालिकाले वडा नम्बर १४ को केशवटारमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई गाउँमै सरकारको अनुभूति गराएको हो ।
दरौदी बगरमा तरबुजा खेती सफल, किसान उत्साहित
गोरखा नगरपालिका–१०, छेपेटारस्थित दरौदी नदीको बगरमा गरिएको तरबुजा खेतीले राम्रो उत्पादन दिन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। विगतका वर्षहरूमा खाली रहने बगर अहिले हरियालीले भरिँदै तरबुजा फल्न थालेपछि किसानको आम्दानीको नयाँ स्रोत बनेको छ।
सवारी साधनलाई साङ्लो लगाएर बाँधिए पछि...
कपिलवस्तु ट्राफिक प्रहरीले जथाभाबी पार्किङ गर्ने सवारी साधनमाथि नयाँ शैलीमा कारबाही थालेको छ । सडक किनार र बजारको व्यस्त क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनलाई अब साङ्लोले बाँधेर नियन्त्रणमा लिन थालिएको हो ।
बढी भाडा लिने इभीलाई तनहुँमा कारबाही
निर्धारितभन्दा बढी भाडा असुल गर्ने विद्युतीय सवारीसाधन (इभी) लाई तनहुँमा कारबाही गरिएको छ। दमौलीबाट डुम्रेका लागि तोकिएको भाडाभन्दा बढी असुल गर्ने सवारीलाई ट्राफिक प्रहरीले तत्कालै कारबाही गरेको हो।
टिटी ताल पर्यटक आकर्षणको केन्द्र बन्दै
मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित लाम्चो आकारको टिटी ताल अवलोकनका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् ।
मोदी सुक्दै जाँदा जलचर सङ्कटमा
अन्नपूर्ण हिमशृङ्खलाको काखबाट मूल फुटेर बग्ने मोदी खोला स्वच्छ पानी बग्ने नदीमा पर्छ । यहाँको कञ्चन पानीमा जलीय जैविक विविधता मात्र नभई नदीले सिञ्चित वरपरको भूमि निकै महत्वपूर्ण मानिन्छ तर पछिल्ला दिनमा यो नदीमा विकास गरिएका जलविद्युत् आयोजनाले यो नदीलाई जैविक विविधतायुक्त नदीभन्दा पनि ‘ऊर्जा नदी’ का रूपमा परिचय दिन थालेको छ । नदीको तलदेखि माथिसम्म ऊर्जा उत्पादन गर्ने मेसिन सञ्चालन भइरहँदा अहिले भने आफ्नै
स्याङ्जामा धमाधम पठनपाठन सुरु
संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिए पनि स्याङ्जामा धमाधम पठनपाठन सुरु गरिएको छ। पालिकाहरूले विद्यालय खोल्न निर्देशन दिएसँगै यहाँका विद्यालय सञ्चालनमा आएका हुन्।
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ ।
इ–पेन्सनले हटायो काठमाडौँ धाउनुपर्ने बाध्यता
नेपाल सरकारले लागू गरेको ‘इ–पेन्सन’ प्रणालीलाई प्रभावकारी बनाउन तनहुँका सरकारी कार्यालयका प्रमुखहरूले सेवानिवृत्त कर्मचारीहरूको कागजात सिफारिस गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन् ।
अलपत्र सडकका काम सक्न ठेकेदारलाई सरकारी ताकेता
जिल्लामा निर्माणाधीन सडक संरचना अलपत्र पर्दा सरकारप्रति जनताको विश्वास कम हुँदै गएको भन्दै यहाँका सरोकारवालाले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरेका छन्।
अन्नपूर्ण प्रथम हिमालमा हराएका शेर्पाको जीवितै उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा हराएका गाइडको जीवितै उद्धार गरिएको छ ।
लेखनाथ–दमौली प्रसारण लाइनको काम तीव्र
नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र रूपमा अघि बढाएको छ । जर्मनी सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्त पोषित यस परियोजना अन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने भएको छ ।
महासंघको संस्थापक माग्दै कालो ब्यानर प्रदर्शन
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले महासंघको कार्यालय अगाडि कालो व्यानर प्रदर्शन गरेको छ।
गण्डकीमा डढेलोका घटना न्यून
फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।
कास्की कार्यालयको बैठकबाट ११ बुँदे निर्णय सार्वजनिक
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचीहरुको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा कास्कीमा रहेका प्रमुखहरूको उच्चस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्रीमा जोड दिँदै ११ बुँदे महत्वपूर्ण निर्णय गरेको छ ।
नेतृत्व फेरेर मात्र पार्टी पुर्नगठन हुँदैन : एमाले नेता ज्ञवाली
नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले अहिले नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नआएको बताउनु भएको छ ।
भिरबाट लडेर एकको मृत्यु
बेनी नगरपालिका –३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।