अयोध्या लैजाने शिलाको पूजा
हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान राम र सीताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको आइतबार पूजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको हो ।
यी हुन् पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार यात्रु (सूचीसहित)
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा सवारमा यात्रुको पहिचान खुलेको छ । दुर्घटनाग्रत विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो ।
भीडका कारण घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ
दुर्घटनास्थलसम्म अत्यधिक भीडले उद्धार कार्यमा कठिनाइ भएको छ । घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ भएकाे अवस्था छ ।
पोखरा विमान दुर्घटना : उद्धारमा लाग्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको विमान दुर्घटनाबारे यथासक्दो उद्धारमा लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
बुढेसकालमा पनि छुटेन ढाका बुन्ने मोह
नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित सामग्री कोशेलीका रुपमा लैजाने गर्छन् ।
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना (भिडियो)
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । विमानमा १० विदेशी नागरिक, चार चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।
यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना: ७२ जनाकाे अवस्था अज्ञात
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाे छ ।
म्याग्दीमा अझै लोकप्रिय छ उखु पेल्ने परम्परागत कोल
म्याग्दीमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ । आधुनिक प्रविधिमा आधारित विद्युतीय मेशिन अर्थात् मिलको प्रयोग बढ्दो समयमा यहाँका स्थानीयले भने उखु पेल्न परम्परागत कोलको प्रयोगलाई निरन्तरता दिएका छन् ।
पोखरामा तीस मेट्रिक टन तरुल आयात
माघेसङ्क्रान्तिको विशेष परिकार तरुल बेच्न स्थानीय किसान तथा व्यापारीलाई यतिबेला चटारो छ । माघेसङ्क्रान्ति मुखैमा
गण्डकीको सभामुखमा धिताल निर्वाचित
गण्डकी प्रदेशको बिहीबार सम्पन्न प्रदेश सभामुखको निर्वाचनमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । धिताल गठबन्धनका तर्फबाट एमाले र राप्रपाको सहयोगमा निर्वाचित हुनुभएको हो ।
म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा
तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो ।
‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’
“अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन ।”
गण्डकीमा सभामुखको चयन आज हुँदै
गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।
गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा
तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्स-रे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्स-रे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिनुभयो विश्वासको मत
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गर्नुभएकोमा उहाँको पक्षमा ३१ मत परेको छ ।
संरक्षणको पर्खाइमा ‘शङ्खेपहरो’
बागलुङको जैमिनी नगरपालिका –५ बिनामारेको एउटा अक्करे भिरमा रहेको पहरोमा शङ्ख आधारको ढुङ्गा छ । जसलाई स्थानीयले शंखे पहरोको नामले पहिचान गरेका छन् ।
६ महिनामा ६ प्रतिशत मात्रै विकास खर्च
तनहुँमा ६ महिनामा विकासलक्षित बजेटको पुँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदा तनहुँमा विकास खर्च ६ प्रतिशत मात्रै भएको छ ।
अखाद्य रङ प्रयोग गर्ने ठेला व्यवसायी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने पाँच जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएको छ । बदाम भुट्नका लागि इट्टाको धुलो र घरमा लगाउने हानिकारक रसायनयुक्त पेन्ट प्रयोग गरेको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
माहुरीको घार बिक्रीबाट वार्षिक ८ लाख आम्दानी
पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै आउनुभएको छ । सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक ४२ वर्षीय खत्रीले माहुरीको घार बेचेर वार्षिक करिब ८ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्
सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् ।
समयअघि नै मुस्ताङमा फुल्यो कागजी बदाम
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा कागजी बदाम फुलेको छ । यस वर्ष हिउँदको सिजनमा फूल्नेमध्ये सबैभन्दा पहिला कागजी बदाम फूलेको हो ।
पाँच लाख भक्तजनको व्यवस्थापन गरिने
माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
सङ्कटमा परम्परागत ढुङ्गाखानी
जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ ।
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।