बेनीमा नृत्य प्रतियोगिता
जनजाति समुदायको पुख्र्यौली नृत्यको संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउने उद्देश्यले बेनीमा पुख्र्यौली नृत्य प्रतियोगिता गरिएको छ। बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा पुख्र्यौली नृत्य प्रतियोगिता गरिएको हो। नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको पुख्र्यौली समूह विजयी भएका छन्। प्रतियोगितामा विभिन्न चार समूहले सहभागिता जनाएकामा कालफडाँडाको पुख्र्यौली समूह प्रथम हुन सफल भएका हो।
दमौली अस्पतालमा चौबिसै घण्टा सेवा
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालले चौबिसै घण्टा चिकित्सा सेवा दिन थालेको छ। अस्पतालद्वारा माघ १ गतेबाट सेवा सुरु गरिएको हो। राति उपचार गर्न आउँदा बिरामीले महँगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब (प्रयोगशाला) जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सेवा सुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो।
शुभयात्राको आशिष दिएर फर्केकाको दुःखद यात्रा
बागलुङ नगरपालिका–१, रामरेखा निवासी सीताकुमारी खड्काले शनिबार राति अस्टे«लिया हिँडेका छोराबुहारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभयात्राको आशीर्वादसहित बिदाइ गर्नुभयो। खुसीका साथ कान्छा छोराबुहारीलाई बिदाइ गरी आइतबार घर फर्किनुभएकी खड्का गन्तव्यमा पुग्न पाउनु भएन। यती एयरलाइन्सको विमानबाट घर फर्किंदै गर्दा पोखरामा भएको दुर्घटनामा परी उहाँ सधैँका लागि बिदा हुनुभयो।
सेती नदीको पानी घटाएर शवको खोजी गरिँदै
यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ ।
पोखरा विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ ।
''टाउकै माथिबाट जहाज गयो, भाग्यले बाँचे''
फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो ।
पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौँमा लगिँदै
आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ ...
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।
पोखरा विमान दुर्घटना: तीन जनाको पोस्टमार्टम सकियो, बेपत्ता दुईको खोजी जारी
आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका ७० जना मध्ये तीन जनाको पोस्टमार्टम सकिएको छ । बाँकी ६७ जनाको पोस्टमार्टम सुरु गरिएको जनाएको छ ।
पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग
म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सामाजिक संस्थाले ४२ लाख रुपियाँ मूल्यको
पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै
तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।
गण्डकी प्रदेश उपसभामुखमा थापा निर्वाचित
गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) बाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएको हो । थापालाई सत्ता साझेदारका सांसदहरुको समर्थन थियो ।
विदेशी नागरिक र चालक दलका सदस्यको शव ल्याउन सेनाको हेलिकोप्टर पोखरामा
विदेशी नागरिक, चालक दलका सदस्यको शव ल्याउन नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको छ । यति एयरलाइन्सले सूचना निकाल्दै विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको जानकारी दिएको छ ।
मृतकको शव आफन्तलाई बुझाउन सुरु, थप एक शव फेला
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
मृतकका आफन्तलाई धैर्य गरी सहयोग गरिदिन प्रतिष्ठानको आग्रह
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतकका परिवार आफन्तजन तथा शुभचिन्तकहरुले धैर्य धारण गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
अरुलाई जोगाउन खोज्दा आफै मारिए गुरुङ
रिसको आवेगमा धारिलो हतियार खुँडा लिएर हिड्ने युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका –६ टुहुरे पसल बस्ने वर्ष ४९ का सन्तबहादुर गुरुङको मृत्यु भएको छ ।
शव दिन ढिला गरेको भन्दै अस्पतालमा आफन्त आक्रोशित, तीन शवको पोस्टमार्टम
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ भएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकका आफन्त आक्रोशित भएका छन् ।
दुर्घटनाग्रस्त जहाजभित्र खिचिएकाे भिडियो मिथ्या
यती विमान दुर्घटनामा परेपछि आइतबार साँझपखबाट सामाजिक सञ्जालमा भाइरल भएकाे एउटा भिडियाे नक्कली भएकाे बताइएकाे छ । भारतीय नागरिक सोनु जैसवालले लाइभ गरेको भनेर भारतीय मिडियाका साथै नेपालका अनलाइनले पनि त्यसलाई सेयर गरेका थिए ।
शव व्यवस्थापन गर्न बन्यो कार्ययोजना, बीमा भुक्तानीमा छैन समस्या
सरकारले यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवको व्यवस्थापन गर्न कार्ययोजना बनाएको छ ।
फरेन्सिक विज्ञ टोलीद्वारा पोस्टमार्टमको काम सुरु, ४१ जनाको पहिचान
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेको छ ।
धारिलो हतियार प्रहार गरी हत्या
धारिलो हतियार प्रयोग गरी भानु नगरपालिकाको एक व्यक्तिको हत्या भएको छ । व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने वर्ष २४ को आशिष् परियारले सोमबार बिहान ११ः३५ हत्या गरेका हुन् ।
एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन
पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।
दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले
प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उड्नुभएको थियो ।