विमान दुर्घटना : ३८ जनाको पहिचान
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाइने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने भएको छ ।
पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत
आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।
विमान दुर्घटना : पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइँदै, ४ जना अझै बेपत्ता
पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिनुभयो ।
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
मौरीपालनबाट स्वदेशमै मनग्गे आम्दानी
मौरीपालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि नवलपुरका युवा व्यावसायिक रूपमा यसतर्फ लाग्न थालेका छन् । कतिपय युवाले स्वदेशमा आर्थिक आयआर्जनको स्रोत छैन भन्दै गर्दा यहाँका युवा स्वदेशमै मनग्गे आम्दानी गर्न थालेका छन् ।
सबै घरमा पुग्यो खानेपानी
कालीगण्डकी गाउँपालिका– ५ का सबै घरधुरी, विद्यालय तथा मन्दिरमा खानेपानीको धारा पुगेको छ । वडामा रहेका ६७२ घर तथा नौ विद्यालय, पाँच मन्दिर गरी ७८६ वटा धारा बनाइएको हो ।
‘६ जनाको अवस्था अझै अज्ञात, ब्ल्याक बक्स पनि भेटिएन’
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ६३ जनाको शव अस्पतालमा पुराइएको छ ।
सूचना प्रवाहमा मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।
शव पहिचान र उद्धार कार्य जारी
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्समा सवार यात्रुमध्ये साँझसम्म २३ जनाको शव पहिचान भएको छ ।
प्रत्यक्षदर्शी भन्छन्, ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’
“घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँसघारीमा ठूलो आवाज दिँदै बजारियो ।
चार शव अझै खोँचमा, निकाल्ने प्रयास जारी
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ७२ यात्रुको जीवित रहने सम्भावना न्यून भएको छ ।
चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त
पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् ।
विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
मौरी पालनबाट स्वदेशमै मनग्य आम्दानी
राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् ।
उडेको १८ मिनेटमै विमान दुर्घटना
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको १८ मिनेटमै यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
विमान दुर्घटनाको खबरले राष्ट्रपति स्तब्ध
राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।
पोखरा विमान दुर्घटना : यात्रुको शव गण्डकी अस्पतालमा
पोखराको सेती नदीको खोँचमा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।
विमान दुर्घटनामा परी पत्रकार पौडेलको मृत्यु
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।
प्रधानमन्त्री प्रचण्डकाे पाेखरा भ्रमण स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा नजाने हुनुभएकाे छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित
आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।
विमान दुर्घटना : उद्धारका लागि दुई हेलिकोप्टर परिचालन
पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज (आइतबार) विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।
विमान दुर्घटनाः ४२ जनाको शव निकालियो
पोखरामा आज (आइतबार) बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ४२ जना यात्रुको शव निकालिएको छ ।