• १३ असोज २०८१, आइतबार

विमान दुर्घटनामा परी पत्रकार पौडेलको मृत्यु

blog

रमेश पौडेल

काठमाडौं, माघ १ गते । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।

उहाँ प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्थ्याे ।

पर्वत कुस्मामा जन्मनुभएका पौडेल हाल पोखरा महानगरपालिका वडा नम्बर ११, फूलबारीमा बस्दै आउनुभएको थियो ।

दिवगंत पौडेलका एक श्रीमती र एक छोरा छन् । पत्रकार पौडेलको शवलाई अहिले पोखरा  स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएको छ ।