बोलेरो जिप पल्टिँदा एकको मृत्यु, सात घाइते
म्याग्दीको मंगला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
सिँचाइ अभावले खेत बाँझो
पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन। गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।
बढ्यो तोरी उत्पादन
पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ। यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो।
विदेश जानुभन्दा बाख्रा पाल्न ठीक
गाउँघरमा प्रशस्त जमिन भए पनि प्रायः युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा भौँतारिन्छन्। कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ। यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताएका छन्। म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाउनुभएको छ। खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गर्नुभएको छ। बाख्रापालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपियाँ बचत हुने गरेको छ।
नेवारी संस्कृति पुस्तान्तरण अभ्यास
छ वसन्त काटेका दुई बालबालिका नागनागिनीको भेषमा नाच्दै थिए। नेवारी पोसाकमा सजिएका १० देखि १२ वर्ष उमेर समूहकाले वाद्यवादन मृदङ्गा र झ्याली बजाउँदै गीत गाइरहेका थिए। नजिकै उभिएका पाका पुस्ताले नाच्न सिकाइरहेका थिए। नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो नागनागिनी नृत्य पहिलो पुस्ताबाट पुस्तान्तरण हुँदै नयाँ पुस्तामा आइपुगेको यो एउटा नमुना उदाहरण हो। म्याग्दीमा जारी महोत्सवका अवसरमा उनीहरूले बजारमा पुरानो नागनागिनी नृत्य देखाएका हुन्। साना–साना बालबालिका मिलेर देखाइएको नृत्यले सबैलाई आकर्षित त ग-यो नै, यसले नेवारी समुदायको परम्परागत संस्कृति जोगाइराख्ने विश्वास गरिएको छ।
एक करोडको तरुल बिक्री
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ। कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो। नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो।
माघेऔँसी मेलामा भक्तजनको भीड
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालका तीर्थस्थलहरूमध्ये पूर्वी नवलपरासीको त्रिवेणीधाममा शनिबारदेखि माघेऔँसी मेला सुरु भएको छ। तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति छ। माघेऔँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणीधाममा आइपुगेका छन्। माघेऔँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ।
कालिगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइन: मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालिगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफलाइन रहेको बताउनुभएको छ।
तस्बिरमा उहिलेको पोखरा
कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ ।
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा
गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो ।
विमान दुर्घटनापछि पर्यटन क्षेत्र प्रभावित
माघ महिनाको सुरुकै दिन यती एयरलाइन्सको विमान दुर्घटना हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ। उक्त दुर्घटनापछि आन्तरिकदेखि बाह्य पर्यटक पोखरा आउने क्रम घटेको छ। विदेशी पर्यटक र आन्तरिक पर्यटकको आगमन प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन्।
प्रयोग भएन छाउने ढुङ्गा
बागलुङको जैमिनी नगरपालिका–१० का ५५ वर्षीय गम्भीर विकले ढुङ्गाखानीमा कालिगडका रूपमा जीवनको ऊर्जाशील जीवन बिताउनुभयो। ढुङ्गाखानीमा काम थाल्दाको केही वर्षसम्म आम्दानी पनि राम्रो थियो। ढुङ्गा कुँदेरै परिवार पाल्नुभएको थियो। गाउँघरमै रोजीरोटी चलेपछि उहाँ वैदेशिक रोजगारी तथा स्वदेशमा पनि अन्य पेसामा लाग्नुभएन।
पिङबाट लडेर युवक घाइते
तनहुँको सदरमुकाम दमौलीमा पिङबाट लडेर ए युवक घाइते हुनुभएको छ । शुक्रबार बिहान ११ः३० बजे पिङ फुकाल्ने क्रममा लडेर उहाँ घाइते हुनु भएको हो ।
जनताको पहुँचमा छैन स्वास्थ्य बीमा
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन। हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्याले पनि यसको उपभोग गर्न पाएका छैनन्। यद्यपि यस कार्यक्रमप्रति जनताको अपेक्षा भने धेरै भएको देखिन्छ। २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच हजार ५१६ परिवारका २८ हजार ३४३ जनाले सेवा लिइरहेका छन्।
आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी
पूर्वी नवलपरासीको सिमसार क्षेत्रमा मानव बस्तीको विकास भएसँगै आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी हुँदै गएको छ। अव्यवस्थित मानव बस्तीका कारण सिमसार क्षेत्रसमेत नासिँदै गएको छ। हिउँद तथा वर्षामा पाइने चराहरूको सङ्ख्यामा हरेक वर्ष कमी हुँदै गएको जल तथा पन्छी गणनाले देखाएको छ। पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपन्छी गणना संयोजक डीबी चौधरीका अनुसार ग्लोबल वार्मिङ (विश्व तापक्रमवृद्धि)ले गर्दा एक ठाउँमा पुग्नुपर्ने चरा अन्तै जान थालेका बताउनुभयो। त्यस्तै मानव बस्ती कारण असुरक्षित बसोवासले गर्दा पनि चराको सङ्ख्यामा कमी हुन गएको बताइएको छ।
मोबाइल बत्तीको भरमा प्रसूति
ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।
धवलागिरी र अन्नपूर्ण फाइनलमा
म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् ।
पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा
चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ ।
भुल्न कठिन त्यो त्रासदी
शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ््याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन ।
लक्ष्मीनारायण माविकाे स्वर्ण स्तम्भ सांसद माझीद्वारा अनावरण
लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मीनारायण मावि अर्चलबोटले स्वर्ण जयन्ती मनाएको छ ।
जनताको पहुँचमा पुगेन स्वास्थ्य बीमा
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाको पहुँच हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्यामा पनि पुग्न नसकेको तथ्याङ्क छ ।
सडक सुधार्न हिँड्दै उपप्रधानमन्त्री
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ। बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
विमान दुर्घटनाबारे अध्ययन गर्दै फ्रान्सको विज्ञ टोली
पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट नौ सदस्यीय विज्ञ टोली पोखरा आइपुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली मङ्गलबार नेपाल आएर बुधबार दुर्घटनास्थल पोखरा पुगेको हो।
रघुगंगा र अन्नपूर्ण भलिबलको फाइनलमा
उत्तरी म्याग्दीका दुईवटा पालिका अन्नपूर्ण र रघुगंगा म्याग्दीको बेनीमा आयोजित अन्तर पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।