भृकुटी कागज कारखानाका मजदुरले पाउँदै तलब
नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दाअघिको तलबभत्ता पाउने भएका छन्। १३ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन बिग्रिसकेका छन्। यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पनि पाएका थिएनन् । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म मजदुरले तलब पाउने बताउनुभयो ।
निजामती सेवामा गुल्मी पहिलो, स्याङ्गजा दोस्रो
आर्थिक वर्ष २०७९-८० मा निजामती सेवामा सबैभन्दा बढी गुल्मी जिल्लाका प्रवेश गरेका छन् ।
कुश्मा नगरपालिका नागरिकप्रति जबाफदेही नबनेको आरोप
कुश्मा नगरपालिकाले नागरिक समाजको व्यापक दबाबपछि तीन महिना ढिलागरी असोज १० गते नगर सभा सम्पन्न गरी कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो ।
अध्यक्षकप फुटबल प्रतियोगिता सुरु
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ ।
बेपत्ता पुरुषको शव फेला
गोरखामा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका –१० ठुटेबजारस्थित दरौदी नदीको किनारमा पुरुषको शब फेला परेको हो ।
चाडपर्वलाई लक्षितगरी सुरक्षा व्यवस्था कडा
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
११ ट्याक्टर नियन्त्रणमा
वालिङ नगरपालिका–१३ गाहाँ खोलाबाट ११ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आँधीखोला किनारबाट अवैध रूपमा नदी जन्य पदार्थ ओसार पसारमा संलग्न नौ भरी र दुई खाली ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
अख्तियारमा तनहुँबाट धेरै उजुरी
गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रूपमा रहेका आयोगको कार्यालयले जनाएको छ ।
व्यावसायिक पशुपालन गर्दै छौँ
घरपझोङ गाउँपालिका हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम हो । यस गाउँपालिकाको प्रमुखमा २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मतसहित मोहनसिंह लालचन निर्वाचित हुनुभएको थियो । स्थानीय सरकारको प्रमुखका रूपमा निर्वाचित लालचनसँग गोरखापत्र दैनिकका लागि म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी :
नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पनि आधा काम बनेन
नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा
नवलपुरको गैँडाकोट–१ मौलाकालिका मन्दिरमा धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा अध्यापन गराउन थालिएको छ । गुरुकुलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाइ जीवनदर्शन र धर्मशास्त्रको ज्ञान दिइने गरिएको छ ।
ठडिँदै ‘मानवताका मन्दिर’
नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’का ठाउँ ठाउँमा भवन निर्माण भइरहेका छन् । आश्रमका अभियन्ताका भनाइमा ती भवन ‘मानवताका मन्दिर’ हुन् ।
तस्करहरूलाई ठेगाना नलगाई विश्राम लिन्न : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र तस्करलाई ठेगान नलगाई विश्राम नलिने बताउनुभएको छ ।
ड्रागन फ्रुट खेतीमा सफल गौली
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रुपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।
बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो
गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो ।
आधा रोपनीमा लगाइएको पिँडालुबाट डेढ लाख कमाइ
तनहुँमा एक महिला उद्यमीले थोरै जमिनमा लगाइएको पिँडालु खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौली हुनुहुन्छ ।
म्याग्दी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटन
म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा ६ लाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । म्याग्दी नदीमाथि निर्माण गरिएको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
ढोरपाटनमा निजी लगानी आउने आशा
नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठुला पूर्वाधारहरू नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन ।
कास्कीमा एक हजार चार सयभन्दा बढीमा डेङ्गी
जिल्लामा पछिल्ला दिनमा डेङ्गीको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा घटस्थापनादेखि नवदुर्गा महोत्सव
विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाइ
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ मङ्गलबार साँझ यहाँ आइपुग्नु भएको थियो ।
प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी
वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उहाँको छ।
बजार झरे मुुस्ताङी च्याङ्ग्रा
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।
वालिङ नगरपालिकाले पायो पाँच हजार डलरको 'एक्सिलेन्स' अवार्ड
पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ ।