कृषि र पर्यटन समृद्धिको आधार
नेपालको नक्सासँग नक्सा मिल्ने भएकाले बागलुङ नगरपालिकालाई नेपालभित्रको नेपाल भनेर चिनिन्छ। गण्डकी प्रदेशको बागलुङ जिल्लामा यो नगरपालिका रहेको छ। बागलुङ जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल छन्। बागलुङ नगरपालिकामा ५६७ मिटर लामो झोलुङ्गे पुल रहेको छ। नेपालको एक मात्र सिकार आरक्षण ढोरपाटनको प्रवेशद्वारमा रहेको नगरपालिकामा करिब एक लाख २५ हजार जनसङ्ख्या छ। बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसँग गोरखापत्रका रमेश पौडेलले गर्नुभएको कुराकानी :
स्वास्थ्य बिमा गरेकालाई विभेद गरेको आरोप
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य बिमा बोर्डमार्फत स्वास्थ्य बिमा गरेका बिरामीलाई बेनी अस्पतालमा दोस्रो दर्जाको व्यवहार गर्ने गरेको आरोप लगाउनुभएको छ। नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को नीति योजना तथा कार्यक्रमका लागि सुझाव सङ्कलन तथा चालु आर्थिक वर्षको अन्तिम चौमासिकसम्म भएका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाइका क्रममा केसीले उक्त गुनासो गर्नुभएको हो।
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो ।
बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा
बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाको घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुहुँदै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
दलित केन्द्रद्वारा गैरदलितलाई घर
अर्जुन चौपारी गाउँपालिका–६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्दै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्र अर्जुन चौपारीले घर बनाएर दिएको हो । आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको दलित उत्थान केन्द्रले गैरदलित खड्काको घर बनाइदिएर नमुना काम गरेको हो । गत मङ्सिर १८ गते जिल्ला प्रशासनमा दर्ता भएको केन्द्रले गरिब विपन्न तथा असहायलाई सहयोग गर्ने अभियान अन्तर्गत सेते खड्काको घर बनाएको हो ।
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ। पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भन्नुभयो, “फेवातालमा असा
गुणादी पहिरो : थप एक घाइते मजदुरको मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार पहिरोमा परी घाइते भएका मजदुरमध्ये थप एक मजदुरको मृत्यु भएको छ ।
अभिभावकविहीन बालबालिकाको साहारा बन्दै व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरूलाई नि:शुल्क खान, बस्न र शिक्षा आर्जन गर्नका लागि अभिभावकत्व ग्रहण गरी साहारा दिने भएको छ ।
ऐनापहराको ढुङ्गामा आकर्षक आकृति बनाइँदै
गर्मी बढेको समयमा पहाडको कुनाकन्दराबाट झरेको चिसो पानीको छाँगामा खेल्ने, ताल पोखरीमा डुबुल्की मार्ने रहर कसलाई हुँदैन र ? यही रहरलाई मेट्न यति बेला आँबुखैरेनी गाउँपालिका २ र ५ को सिमानामा रहेको ऐनापहरा झरनामा पर्यटकको भिड लाग्ने गरेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको हो ।
मापदण्डविपरीतका संरचना भत्काइयो
पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काएको छ । पोखरा महानगरपालिका वडा नं. ४ र १८ फिर्के खोलाको दुवै भागमा निर्माण गरिएको संरचनामा महानगरपालिकाले भत्काएको हो । निर्माणको क्रममा फिर्के खोलाको बहावलाई असर पर्ने गरी संरचना निर्माण नगर्न पटक पटक आग्रह गरेको र निर्माण सामग्रीसमेत जफत गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले डोजर चलाएको पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो ।
पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते
पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीमा सोमबार साँझ ५:५० बजे पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
२४ वर्षपछि छोरो घर फर्किँदाको खुसी
बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आस मारिसक्नु भएको थियो । तर छोरा घर फर्केपछि उहाँले हर्षका आँसु झार्नुभयो ।
डायलासिस मेसिन बिग्रिँदा बिरामी मर्कामा
दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा रहेका ११ मध्ये पाँच डायलासिस मेसिन बिग्रिएका छन्। छ वटा मेसिन मात्र सञ्चालन भएपछि मिर्गौलाका बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। मर्मतपछि सञ्चालनमा ल्याइएका पाँचमध्ये २४ घण्टा नबित्दै अस्पतालका दुईवटा डायलासिस मेसिन पुनः बिग्रिएपछि बिरामी मर्कामा परेका हुन्। दमौली अस्पतालमा पर्याप्त मात्रामा डायलासिस मेसिन नहुनु र भएका मेसिनमध्ये पाँचवटा बिग्रिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने बाध्यता भएको छ।
‘बजेट देखाउन होइन, काम गर्न हो’
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगरले प्रदेश सरकारले देखाउन मात्र नभई काम गर्न बजेट ल्याएको बताउनुभएको छ। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेमगरले प्रदेशको औचित्य पुष्टि गर्ने गरी देखाउन मात्र नभएर काम गर्न नै बजेट ल्याएको स्पष्ट पार्नुभयो। “कसै कसैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाइरहेका छन्, प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी देखाउन मात्र होइन काम गर्न
कृषि विकासका लागि तीनै तह आवश्यक
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राज्यमा रहेका तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर्दै मन्त्री भुसालले किसानको मुख्य समस्याका रूपमा रहेका बाँदर समस्या समाधानका लागि सरकारले योजना बनाएको पनि बताउनुभयो ।
सञ्चालकलाई सहकारी लेखा व्यवस्थापन तालिम
सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको समन्वयमा बेनीमा सहकारी लेखा व्यवस्थापन तालिम आइतबारबाट सुरु भएको छ ।
हुप्सेकोट गाउँपालिकाबाट लालपुर्जा वितरण
पूर्वी नवलपरासीमा पहिलो पटक हुप्सेकोट गाउँपालिकाबाट सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा (लालपूर्जा) वितरण सुरु गरिएको छ ।
अब निसेलढोरमै स्वास्थ्य सेवा
“केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भन्नुभयो ।
‘स्मार्ट’ बत्तीले झलमल पोखरा
पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ ।
आफ्नै भवनबाट सेवा प्रवाह गर्दै बिरुवा गाउँपालिका
स्याङ्जा बिरुवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
बजेट प्रचारमुखी भन्दा यथार्थपरक :अर्थमन्त्री आले
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताउनुभएको छ ।
ज्येष्ठ नागरिक दुर्व्यवहार : कानुन छ, कार्यान्वयन छैन
थुप्रै पीडा र दुःख लुकाएर घर, समुदाय र हेरचाह केन्द्रमा बस्ने आमाबुवाले ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाएका छन्। संयुक्त राष्ट्रसङ्घले सन् २०११ देखि यो दिवस मनाउन थालेको हो। नेपालका गैरसरकारी निकाय ज्येष्ठ नागरिकको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो। सरकारी निकायले यो दिवस मनाउन त्यति चासो नदेखाए पनि विद्यमान कानुनले नेपालमा ज्येष्ठ नागरिकमैत्री ऐन बनाउन थालेको १८ वर्ष पूरा भएको छ।
चक्लाबन्दीले बढ्दै सुन्तला खेती
स्याङ्जा जिल्लामा चक्लाबन्दी कार्यक्रम सुरु भएसँगै सुन्तला खेती गर्नेको सङ्ख्या बढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपर जोन कार्यक्रम सञ्चालनमा छ। आर्थिक वर्ष २०७३/७४ बाट स्याङ्जामा सुन्तला सुपर जोन कायक्रम चल्दै आएको छ। यो कार्यक्रमले सुन्तला खेती गर्न चाहने किसानलाई सहयोग पुगेको छ। पछिल्लो समय समूहगत रूपमा सुन्तला खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुतलीबजार, वालिङ र भिरकोटमा चक्लाबन्दी कार्यक्रममार्फत सुन्तला लगाउन किसानहरूलाई अभिप्रेरित गरेको छ। जसले किसानलाई राम्रो आम्दानीको स्रोत निरन्तर रहने देखिन्छ। जिल्लाका पुतलीबजार नगरपालिका– ११, वालिङ नगरपालिका– १३ र भिरकोट नगरपालिका–५ र ७ वडामा चक्लाबन्दीमार्फत सुन्तला खेती सुरु गराइएको छ।
बिस महिनाको काम चार महिनामै
ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ ।