व्यस्त बजारमा अत्याधुनिक सार्वजनिक शौचालय
पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो ।
दुर्घटनास्थलमा स्वस्ति शान्ति
दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारले पितृको उद्धार होस् भनी दुर्घटनास्थल तमादी खोला पुगेर स्वस्ति शान्ति (पितृ कर्म) गरेका छन् । दुर्घटनाको पन्ध्र दिनपछि शनिवार विहान घटनास्थल तमादिखोलामा नै पुगेर मृतक माधव पौडेलको परिवारले पितृ उद्धार र आत्मा शान्तिका लागि स्वस्ति शान्ति कर्म गरेको हो ।
गोरखामा दुई स्थानमा यात्रु सहायता कक्ष
नेपालीको मुख्य पर्व दसैँ–तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
देशको समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
एनआरएनएमा गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनमा नवलपुरको गैँडाकोट घर भएका तिलकप्रसाद गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।
चार स्थानमा यात्रु सहायता कक्ष
चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा
बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ ।
विकास-निर्माणका काममा राजनीति गर्न नहुने
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जली सभामा तीनवटै तहका सरकारबिच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो ।
श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।
ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न बैङ्क धाउनु पर्ने बाध्यता
सोह्र श्राद्धको चतुर्दशीतीथिका दिनमा बेनी नगरपालिका वडा –२ बगरफाँटका ९९ वर्षीय खड्गबहादुर थापा लौरी टेकेर जिल्ला सदरमुकाम बेनी जाँदै हुनुहुन्थ्यो । उहाँको साथमा उहाँकी पत्नी खिरकुमारी पनि सँगै हुनुहुन्थ्यो ।
मणिपाल अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान
मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ ।
‘सरकारले जनताको पक्षमा काम गर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले जनताको पक्षमा काम गर्ने बताउनुभयो। गृह जिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा उहाँले गण्डकी सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नुभएको हो। पाण्डेले सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने बताउनुभयो। नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उपलब्धि उल्ट्याउने र कांग्रेसलाई कमजोर बनाउने खेल खेल्नुभन्दा प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा अघि बढ्नुपर्ने समय आएको छ ।”
पदमार्ग सुध्रिएसँगै पर्यटक आगमन वृद्धि
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको छ। पर्यटक बढ्दै जाँदा यहाँका होटल पनि भरिन थालेका छन्। मनाङ भ्रमणमा आउने यो उत्तम सिजन हो। असोज अन्त्यतिर आइपुग्दा मौसम अनुकूल भएकाले अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो।
पर्यटकको मन जित्ने मुस्ताङको मौलिक संस्कृति
मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
सामुदायिक प्राकृतिक चिकित्सालयमा विरामीको चाप
नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको विश्वास बढ्दै जान थालेपछि विरामीको चाप बढेको छ ।
बिरामीको गुनासो सुन्न स्वास्थ्यमन्त्री अस्पतालमा
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ । डेङगुसहितका बिभिन्न रोगका बिरामीको चाप बढीरहदाँ बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडा मन्त्रालयमा सचिब डा. बिनोदबिन्दु शर्मासहितको टोली लिएर पुग्नुभएको हो ।
तालचोक-बेगनास सडक अब चार लेनकाे
पोखरा महानगरपालिका-२७ तालचोकदेखि वडा-३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।
ओझेलमा पर्दै स्थानीय सीप
पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
तराईबाट २३ हजार लिटर दूध खरिद
हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।
दृश्यावलोकनसँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा
स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो ।
पोखराको प्याराग्लाइडिङ तोरीपानीबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।
डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताउनुभयो ।
स्याङ्जाका अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री
स्याङ्जाको अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री गर्ने गरेको पाइएको छ । यहाँका व्यपारीहरुले कमाऊ धन्दा चलाउँदै उपभोक्तालाई अखाद्य सामाग्री विक्री गरेको पाइएपछि मानव स्वास्थ्य माथि खेलबाड गरेको भन्दै जरिवाना गराइएको छ ।
फोहोर व्यवस्थापन गर्न गुरुयोजना
पोखराको फोहोरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण हुँदै छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भएको भेटवार्तामा फोहोर व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य भएको हो । पोखरा महानगरका प्रमुख आचार्यले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै सहकार्यका लागि कुरा भएको उल्लेख गर्नुभयो ।