बागलुङका स्थानीय तह सडक मर्मत गर्दै
जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो ।
विद्यालय भवन बनेपछि छायो खुसी
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएपछि गाउँलेले खुसियाली मनाएका छन् । जयन्ती माध्यमिक विद्यालयमा निर्माण भएको २२ कोठे भवनको उद्घाटनका अवसरमा स्थानीयवासीले नौमती बाजा, पहिचान झल्किने विभिन्न झाँकीसहित नाचगान गर्दै ¥याली निकालेका थिए । भवन बनेको खुसियालीमा अभिभावक, शिक्षक र विद्यार्थीले नाचगान गरे ।
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।
गाईभैँसी पाल्ने किसानलाई अनुदान
गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।
दसैँको बेला साहूको ऋणबाट तर्किन जङ्गलमा बास
नवलपुरका मिटरब्याज र लघुवित्तीय संस्थाका पीडितहरुले आफूहरुमाथि अन्यायपूर्ण तरिकाले थोपरिएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका छन् ।
गुवेखोलामा पक्की पुल निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो ।
म्याग्दीका छ वटा सडक कालोपत्र हुने
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्लाको छ वटा ग्रामीण सडक कालोपत्र र स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन हुने छ वटा योजना छनोट गरिएको जनाएको छ ।
दसैँ यात्रा सहज बनाउन राजमार्ग मर्मत गरिँदै
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ ।
तिलिचोमा जोडियो वाइफाई
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेपछि अझै पर्यटक आगमन बढ्नेमा मनाङी ढुक्क छन् ।
पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा
चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरू बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।
मादले–मारुनी नाच जोगाउँदै भकिम्लीवासी (फोटो फिचर)
बेनी नगरपालिका–३ भकिम्लीकी १८ वर्षीय बिपना पुन गाउँघरमा हुने विभिन्न कार्यक्रमहरूमा मारुनी नाच्नुहुन्छ । बाबु आमा र बाजेबाट सानै उमेरदेखि बिपनाले मारुनी नाच्न सिक्नुभयो ।
प्रशासनको पत्रलाई अदालतले नमानेपछि पुनः सडक शुल्क उठाउँदै आँधिखोला
नागडाडाँ–कार्किनेटा सडकमा १७ दिन रोकिएको सवारी साधन सडक कर आँधिखोला गाउँपालिकाले पुनः उठाउन थालेको छ ।
च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै
नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।
नेपालमै लगानी गर्न मुख्यमन्त्री पाण्डेको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बस्ने नेपालीसँग साझेदारीमा विकास निर्माणका काम गर्न गण्डकी प्रदेश तयार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको जलजला गाउँपालिका–३, मल्लाजमा उद्घाटन गर्दै उहाँले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहनेहरूसँग सहकार्यमा परियोजना सञ्चालन गर्न आह्वान गर्नुभयो।
सुदूरपश्चिमका भेडा, च्याङ्ग्रा पोखरामा
सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा बढी भेडा च्याङ्ग्रा यहाँ ल्याइएका हुन् ।
बिदाको दिन पनि प्रशासनबाट सेवा प्रवाह
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रशासन कार्यालय घटस्थापनाका दिनमा पनि सेवा प्रवाह भएको छ । कावासोती स्थित कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गोरखा दरबार दसैंघरमा जमरा राखियो
गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।
तनहुँमा डेङ्गु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।
अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ ।
अध्यक्षकपको उपाधि दिर्घेश्वरमाविलाई
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ को उपाधि दिर्घेश्वर माविले उचालेको छ ।
चितुवाको आक्रमणबाट एक बालिका घाइते
चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी वर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।
‘जनताको आत्मविश्वास फर्काउनु पर्छ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा गुम्दै गएको आत्मविश्वास फर्काउन लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो । उहाँले भन्नुभयो, “राजाको जयकार गर प्रधानमन्त्री हुन्छस्भन्दा बरु जेल जान तयार भएका नेतृत्वले बनाएको पार्टी भएकाले नेपाली कांग्रेसले नागरिकको मर्म बुझ्छ ।” नेता थापाले बताउनुभयो, “कांग्रेसका नेता कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला नभई देशको हितका बारेमा सोच्ने बेला हो । चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठुलो कुरा होइन, चुनाव त एउटा सामान्य प्रव्रिmया हो ।” कांग्रेसले जहिले पनि देशको हितलाई सर्वाधिक ठानेर काम गर्दै आएको भन्दै उहाँले अहिले पनि देशको हितलाई सर्वस्व ठानेर काम गर्नुपर्ने बताउनुभयो ।
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ ।