नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक
बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ ।
दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई
विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।
मर्दी हिमालमा सुदीपको सालिक
यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ ।
सिद्धार्थ राजमार्गमा खुल्न थाले चार्जिङ स्टेसन
विद्युतीय गाडीको चाप बढेसँगै सिद्धार्थ राजमार्गमा चार्जिङ स्टेसन खुल्न थालेका छन् । बुटवल पोखरा जोड्ने छोटो राजमार्गमा पछिल्लो समय विद्युतीय गाडी बाक्लै सञ्चालन हुने गरेको छ । विद्युतीय
दसैँलाई कोसेली मुस्ताङी स्याउ
म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो ।
बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल
बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ ।
सङ्कटमा कालीगण्डकीको स्टिमर
कालीगण्डकीमा धार्मिक तथा व्यापारिक प्रयोजनसँगै सहज यात्राका लागि प्रयोग हुँदै आएको जल यातायात (स्टिमर) सङ्कटमा पर्दै गएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत्
१० लाख खर्चेर निर्माण गरिएको पार्क बेवारिसे
धार्मिक तथा पर्यटकीय महत्व बोकेको गायत्री मन्दिर परिषरमा निर्माण गरिएको आकर्षक पार्क अहिले झाडीमा रुपान्तरण भएको छ । वि.सं. २०७९ को चैत महिनामा रघुगंगा गाउँपालिका –३ पिप्ले अन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण भएको थियो ।
डहरेमा ५० किलोको घण्टी
अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा रहेको बालसिद्ध मोक्षद्वारी आश्रम डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी राखिएको छ ।
कालिका भगवतीमा भक्तजनको भिड
आज दसैँको सातौँ दिन प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।
प्लाष्टिकको फूल र माला प्रयोगमा प्रतिबन्ध
आँबुखैरेनी गाउँपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाएको छ ।
दसैंमा पनि तनहुँ जलविद्युतको काम जारी
तनहुँको ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ ।
बागलुङमा चङ्गा चेट
बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो ।
मर्दी हिमाल छेउमै राखियो पर्यटन व्यवसायीको शालिक
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदार सिंह डाँडामा युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक राखिएको छ ।
तनहुँमा भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
फूल खेतीमा रमाउँदै महिला
मोबाइलमा टिकटक, फेसबुक र युट्युब चलाएर समय गुजार्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिला फूलखेतीमा रमाउन थालेका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन बढाउन फूल खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो ।
अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।
दसैँमा गाउँ नै रमाइलो.....
खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।
पोखरामा दसैँमा निःशुल्क बस
पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी)का दिन निःशुल्क बस चलाइने भएको छ।
हुलाक दिवसमा आठजना सम्मानित
१५० औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय स्याङ्जाले दुई पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।
गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई घाइते
नवलपुर सदरमुकाम कावासोतीमा गैँडासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
दसैंमा रमाइलो गर्न पिङको जोहो
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ भित्रिसकेको छ । शहर गएकाहरू गाउँ फर्किने क्रम जारी छ । विद्यालयहरू बिदा भएका छन् । गाउँघरमा रमाइलो गर्न स्थानीयले परम्परागत पिङ हाल्न थालेका छन् ।
लिङ्गेपिङ, नीलगिरी र अन्नपूर्ण हिमशृङ्खला
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ ।