सडक बालबालिकाको उचित व्यवस्थापन गर्न सरोकारवालाको जोड
गुल्मीमा एक कार्यक्रमका सहभागीहरुले सडक बालबालिकाहरुको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सडक बालबालिकाहरुको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न घटनाहरु बढ्दै गएकाले उचित व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।
होमस्टे बढे, पुग्दैनन् पर्यटक
पाल्पाका विभिन्न स्थानमा सञ्चालित घरबास (होमस्टे) ले पर्यटक आकर्षित गर्न सकेका छैनन् ।
गौतम बुद्ध विमानस्थल विदेश जानेभन्दा आउने धेरै
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब पाँच हजार यात्रुले सेवा लिएका छन् । विमानस्थल प्रशासनका अनुसार भैरहवाबाट विदेश उड्नेभन्दा विदेशबाट भैरहवा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ ।
विश्व माटो दिवसको अवसरमा माटो परीक्षण
जिल्लाको रामपुर नगरपालिका भित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरिएको छ । ११ औं विश्व माटो दिवसको अवसरमा कृषकको खेतबारीको माटोको नमुना संकलन गरी विहीबार परीक्षण गरिएको हो ।
थुनुवाहरुको मानवअधिकार बुझ्दै संसदीय समिति
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिले लुम्बिनी प्रदेशका जिल्लामा रहेका थुनुवाहरूको मानव अधिकार अवस्थाबारे अध्ययन थालेको छ ।
बुटवलमा प्रथम मगर साहित्य महोत्सवको तयारी
रुपन्देहीको बुटवलमा नेपाल मगर महिला संघको आयोजनामा भोलिदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उदघाटन उपसभामुख इन्दिरा रानाले गर्नुहुनेछ ।
आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै’
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनु भएको छ ।
दाउराको जोहो
कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० चेतरादेही नजिकैको जंगलबाट दाउराको भारी लिएर घरतर्फ जाँदै स्थानीय ।
हुलाकी राजमार्ग हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्ज ल्याइने
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याएर यहाँको विद्युत समस्या समाधान गर्ने पहल गरिएको बताउनुभएको छ ।
प्रणालीको संरक्षण गर्न बरघरहरु एक ठाउँमा
बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् ।
एक महिनामा २२ हजार क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले एक महिनामा बाँकेका किसानहरुसँग २२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
नेपालगन्ज भन्सारको पहिलो चौमासिकमा ६ अर्ब बढी राजस्व सङ्कलन
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
साइकल दौड प्रतियोगिताको तयारी
राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगन्जमा गर्ने तयारी गरिएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दैआएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदिप सापकोटाले खेलाडीलाई दर्ता गराउन अनुरोध गर्नुभएको छ ।
गुल्मीमा ६ उम्मेदवारको जमानत जफत
मुसिकोट नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा छ जना उम्मेदवारको जमानत जफत भएको छ । यही मङ्सिर १६ गते सम्पन्न भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित तीन स्वतन्त्र उम्मेदवारको एक हजार रुपियाँ जमानत जफल भएको हो ।
गाई सुत्केरी भए १० हजार अनुदान
गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भए १० हजार रुपियाँ अनुदान दिने भएको छ । पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्नेछ ।
आयुर्वेदिक औषधी अभाव
औषधी उपचारका लागि प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधी अभावमा रित्तै फर्किने गरेका छन् ।
उत्खनन सहज बनाउन माग
स्थानीय तहका जनप्रतिनिधिले नदीजन्य पदार्थको चोरीनिकासी रोक्न उत्खनन सहज बनाउनुपर्ने माग गरेका छन् ।
समलिङ्गी विवाह दर्ता
बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर
भजन कीर्तन संरक्षणका लागि समिति गठन
गुल्मीको एक स्थानीय तहले भजन कीर्तनको संरक्षणसँगै प्रवर्द्धन गर्ने उद्देश्यले समिति गठन गरेको छ । यस जिल्लाको छत्रकोट गाउँपालिकामा बुधबार गाउँपालिकाभित्र रहेका भजन मण्डलीहरुको भेला आयोजना गरी पालिकास्तरीय भजन कीर्तन संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको हो ।
लैङ्गिक हिंसा प्रभावितलाई लक्षित गरेर लुम्बिनीमा पुनर्स्थापना गृह बनाइदै
लुम्बिनी प्रदेशमा पुनर्स्थापना गृह निर्माण गरिने भएको छ । लैङ्गिक हिंसा प्रभावितहरुलाई लक्षित गरी लुम्बिनीमा पुर्नस्थापना गृह निर्माण गर्न लागिएको हो ।
मोतीपुर औद्योगिक क्षेत्र जग्गा नापजाँच पुनः सुरु
शिलान्यास भएर पनि जग्गा विवादका कारण चार वर्षअघिदेखि रोकिएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच पुनः सुरु भएको छ ।
प्याजको बेर्ना किन्ने ग्राहक कुर्दै कृषक
दाङ देउखुरीको लमही नगरपालिका –४ स्थित घोराहीको रझेना चोकमा प्याजको बेर्ना बिक्री गर्न ग्राहक कुर्दै सेमरहवाका स्थानीय महिला कृषकहरु ।
एउटा इनारमा सिङ्गो गाउँ निर्भर
राजपुर गाउँपालिका –६ खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले पानी प्रयोग गर्दैआएका छन् । प्रत्येक वर्ष गर्मीयाममा भने इनार सुक्ने गर्दछ । इनार सुकेपछि गाउँनजिक रहेको खोलाको पानी पिउँछन् ।