कथाकार पादुकालाई कोहलपुरमा सम्मान
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले वरिष्ठ साहित्यकार विष्णु पादुकालाई सम्मान गरिएको छ।
दुध फालेर किसानको विरोध
दाङमा किसानले उत्पादन गरेको दुधले बजार नपाएपछि फाल्न बाध्य भएका छन् । शान्तिनगर गाउँपालिका–२ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको भैँसीको दुध बिक्री नभएपछि फाल्न बाध्य भएका हुन् ।
एक महिनाका लागि पूर्वराजा नेपालगन्जमा
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहनुभएको छ । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्नुहुने राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।
रामपुरमा जनप्रतिनिधिसँग संवाद सुरु
पाल्पाको रामपुर नगरपालिकाले जनप्रतिनिधिसँग संवाद कार्यक्रम सुरु गरेको छ । जनताको गुनासो सुन्न, स्थानीयस्तरमा रहेका समस्याको पहिचान गर्न तथा आगामी नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्न प्रतिनिधिसँग संवाद सुरु गरेको हो ।
सातौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु
जिल्लाको कपिलवस्तु नगरपालिकामा सातौँ नगर स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बाँके बैजनाथमा एक हजार बढीको आँखा परीक्षण
बाँकेको बैजनाथ गाँउपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा एक हजार २९० जनाले आँखा जाँच गराएका छन् ।
बाँसका सामग्री बिक्रीबाट राम्रो आम्दानी
बबई गाउँपालिका–७ मलई गाउँ निवासी ४६ वर्षीय वीरबहादुर परियार र ४५ वर्षीया श्रीमती सावित्री परियार बाँसको सामग्री बिक्रीबाट घरको दैनिकी चलाउँदै आउनुभएको छ ।
माछाका ‘भुरा’ उत्पादनभन्दा माग बढी
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको छ ।
बालबालिकाको संरक्षण नहुँदा बढ्दै जबरजस्तीका घटना
गुल्मीमा सडक बालबालिकाको उचित व्यवस्थापन हुन नसक्दा सडक बालिकामाथि जबरजस्ती करणी भएको छ । सदरमुकाम तम्घासमा १२ वर्षीय सडक बालिकामाथि मालिका गाउँपालिका वडा नम्वर ४ का १८ वर्षीय मदन भनिने छवबहादुर घर्तीले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अपाङ्गता दिवसमा रक्तदान
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जको होटल द ग्यालेक्सी दरबारले रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका – १ धम्बोझीस्थित होटल परिसरमा गरिएको रक्तदानमा ३५ जनाले रक्तदान गर्नुभयो ।
महिलाले नेतृत्व गरेको सहकारीमा सात करोडको पुँजी
अझै पनि समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने प्रशस्त उदाहरण पाइन्छन् । उनीहरु खाली घरको चुलो चौकोमा मात्र सीमित रहने भन्ने भास्य पनि समाजमा प्रयाप्त पाइन्छ ।
बुटवल–गोरुसिङ्गे सडक निर्माणको काम माघदेखि
बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्वतयारीको काम सुरु गरे पनि सडक खन्ने काम भने अझै दुई महिना ढिलो हुने भएको छ ।
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।
नेपालगन्जका ई–रिक्सा चालकलाई लाईसेन्स वितरण सुरु
नेपालगन्जमा पछिल्लो समयको प्रमुख समस्याको रुपमा रहेको छ, ई–रिक्सा व्यवस्थापन । नगरमा चल्ने ई–रिक्साको व्यवस्थापन नहुँदा दैनिक जस्तो दुर्घटना भइरहेको छ । नेपालगन्ज नगरमा ई–रिक्सा दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या बढिरहेको छ ।
चार करोडको सुन्तला निर्यात
धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।
सङ्कटमा गन्धर्वको पेसा
आफ्नो पुख्र्यौली बाजा सारङ्गी बजाएर पेट पाल्ने गन्धर्वको पेसा लोप हुन थालेपछि दुई छाक टार्न पनि समस्या हुन थालेको उनीहरूको गुनासो छ ।
कतार एयरवेजले रोक्यो भैरहवा उडान
दैनिक व्यावसायिक उडान गर्दै आएको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान रोकेको छ ।
चितुवाको आक्रमणबाट नेपालगन्जमा एक जना घाइते
नेपालगन्ज उपमहानगरपालिका-२० चितुवाले मंगलबार दिउँसो बढुवालाई आक्रमण गरेको छ। पशुपति नगर सामुदायिक वन नजिक हिँडिरहेका ५८ वर्षीय दलबहादुर थापा मगरलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको नेकपा (एमाले) वडा नम्बर २० का सचिव फणीन्द्र बुढाथोकीले जानकारी दिनुभयो।
विषादीको दोहोरो जोखिममा किसान
बालीनालीमा शत्रुजीव व्यवस्थापन गर्न प्रयोग गरिने विषादीहरूको अत्यधिक प्रयोग र दुरुपयोगबाट सबैभन्दा बढी जोखिममा किसान (प्रयोगकर्ता) हुने बताइएको छ ।
दुर्घटना न्यूनीकरणका लागि ई-रिक्सा र अटोमा रिफ्लेक्टिभ स्टिकर टाँस्न सुरु
पछिल्लो समयमा बाँकेको नेपालगन्ज लगायतका सहरी क्षेत्रमा बढ्दै गएका ई रिक्सा र अटोले गर्दा सडक दुर्घटना समेत वृद्धि भएकोले सो न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ई रिक्सा र अटोमा रिफ्लेक्टीभ स्टीकर टास्न सुरु गरेको छ ।
कालीगण्डकी काेरिडोरमा एक हप्ता सवारी आवागमन बन्द हुने
कालीगण्डकी काेरिडोरमा एक हप्ता सवारी आवागमन बन्द हुने भएको छ ।
चालकमाथि कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडक अवरूद्ध
मृतकका आफन्तले टिप्पर चालकलाई कारबाही र राहतको माग गर्दै दाङको घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।
जथाभावी फोहोर फाल्ने कारबाहीमा
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ ।
प्याजको बेर्ना खरिद बिक्री
देउखुरी, मङ्सिर १८ गते । घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा प्याजको बेर्ना बिक्री गर्दै किसान । प्रतिमुठा रु. १०० देखि रु. १५० सम्ममा प्याजको बिरुवा बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः रासस