• ७ वैशाख २०८२, आइतबार

रोहिणी गाउँपालिकाको गाडीमा तोडफोड

blog

सीता काफ्ले

रुपन्देही, फागुन २ गते । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे पालिका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । 

लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको स्कारपियो गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठोरले गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले घरमा पार्किङ गरी राखेका बेला कम्पाउन्ड बाहिरबाट इँट्टाले हानेर सिसा फुटाएको बताउनुभयो ।