खाद्यान्नबाट बनाए विद्यार्थीले नेपालको नक्सा
गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको नक्सा बनाएका छन् । जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् ।
राप्ती नदी सरसफाइमा युवाको सक्रियता
बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।
जाडो बढेपछि विद्यालयमा ३ दिन बिदा
जाडो बढ्दै गएपछि रुपन्देहीका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् । अत्यधिक जाडो बढेको भन्दै बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ ।
वडा कार्यालयद्वार छात्रालाई साइकल उपहार
घरदेखि विद्यालयको दूरी टाढा भएका बस्तीका छात्रालाई साइकल उपहार दिइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ ले तीन टोलका छात्रालाई साइकल उपहार दिएको हो ।
इ–रिक्सा र अस्पतालमा कुरुवाको मोबाइल चोरी गर्ने पक्राउ
नेपालगन्जमा विभिन्न स्थानमा पार्किङ गरिराखेको इ–रिक्सा तथा अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही व्यापार संघमा अधिकारी निर्वाचित
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्याशी डिल्लीराज भण्डारीलाई ८० मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
शिवराजमा शव परीक्षण गृहको उद्घाटन
जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन गरिएको छ ।
लुम्बिनीको विकासमा सहकार्य गर्न चीनसँग आग्रह
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ ।
पाँच किमी सडक : तीन वर्षमा आधा मात्रै निर्माण
काम सुरु भएको तीन वर्ष बितेको छ । प्रदेश सरकारको योजनाअन्तर्गत बेल्बास-बेथरी-मर्चवार खण्डमा पाँच किमी सडक निर्माण सम्पन्न हुन सकेको छैन ।
नेत्रीको अचार उद्योग : एक केजी मासुको चार हजार सात सय रुपियाँ
राजनीति नै व्यवसायिक बन्दै गएको जनगुनासो बढ्दै गएको बेला संविधान सभा सदस्य शान्ता चौधरी भने अचार व्यवसायमा सक्रिय हुनुहुन्छ।
जनप्रतिनिधिको बहिष्कारले गाउँसभा स्थगित
बाँकेको डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिष्कार गरेका छन् । डुडुवा गाउँपालिकाको हिउँदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा (एमाले), जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जना जनप्रतिनिधि सदस्यले सभा बहिस्कार गरेपछि गाउँसभा स्थगित भएको छ ।
कैदी बन्दीलाई त्रिपाल र दाउरा वितरण
शितलहर र चिसोबाट जोगाउन बाँके जिल्ला कारागार नेपालगन्जमा रहेका कैदी बन्दीहरुका लागि बिहीवार त्रिपाल र दाउरा वितरण गरिएको छ ।
विपन्न परिवारका सदस्यलाई कम्बल सहयोग
जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ ।
अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा
बिरामीको चाप बढेपछि गुल्मी अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप बढी हुने र दिउँसो गाउँ–गाउँमा पुग्ने सवारीहरु छुट्ने चिन्ताले सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा सुरु गरिएको गुल्मी अस्पतालले जनाएको छ ।
सिसी क्यामेराबाट वडाकाे निगरानी
बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाको ४ नम्बर वडास्थित बैजापुर गाउँमा सिसी क्यामेरा जडान गरी सुरक्षा निगरानी गर्न सुरु गरिएको छ ।
बाँकेमा जाडो बिदा
अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि बाँकेका चार वटा पालिकाले आफ्नो कार्य क्षेत्रका विद्यालयमा जाडो बिदा दिएका छन् ।
देशकै लामो चक्रपथ यसै वर्ष सम्पन्न हुने
रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच बुधबार सम्झौता भएपछि अब देशकै लामो सैनामैना चक्रपथले यसै वर्ष पूर्णता पाउने भएको छ । सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच पालिकाहरूको सहरी क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाभित्र विकासका परियोजना लागु गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
पन्चैबाजाबाट आम्दानी गर्दै महिला
दाङको राप्ती गाउँपालिका–३, पाखापानीनिवासी लक्ष्मी रोकालाई पछिल्लो समय पन्चैबाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्यसहित मेला महोत्सवको याम सुरु भएसँगै रोकाको व्यस्तता बढेको छ ।
जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य
कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताउनुभयो । “स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उहाँले भन्नुभयो ।
बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु
बुटवलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार घोषणा
नेपालगन्जमा पहिलो पटक सञ्चालन हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को पुरस्कार घोषणा गरिएको छ ।
कोहलपुरका ९५ स्थानमा सामूहिक आगो ताप्ने व्यवस्था
बाँकेको कोहलपुर नगरपालिकाले चिसोबाट बच्न १५ वटै वडाका ९५ स्थानमा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सुरक्षित बन्दै भृङ्गी-स्वर्गद्वारी सडक
भृङ्गी-स्वर्गद्वारी-होलेरी सडकको भृङ्गी-स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरूको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो ।
आर्थिक विकास कार्यक्रममा छ स्थानीय तह छनौट
नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि गुल्मीका छ स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका छ स्थानीय तहसहित सात प्रदेशकै १०४ स्थानीय तह छनौट भएका हुन् ।