बाँकेमा जाडो बिदा थप
बाँकेमा सुरु भएको शीतलहरका कारण चिसो झन् झन् बढ्दै गएको छ । शीतलहरले गर्दा चिसो बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
शाक्य (बुद्ध वंश) नरसंहारको कथा मूर्तिमा कोरिँदै (फोटो फिचर)
मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याइ छ । छिनी, हतौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिकादेवीको मूर्तिलाई अन्तिम स्वरूप दिन लाग्नु भएको छ ।
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना अभियान सञ्चालन
राप्तीसोनारी गाउँपालिका, ईलाका प्रहरी कार्यालय बैजापुर धामपुर र स्थानीय रेडियो भूवर भवानीको संयुक्त प्रयासमा ट्राफिक सचेतना अभियान सुरु गरिएको हो ।
खोरेत र पीपीआर रोगको जोखिममा गुल्मीका किसान
लम्पी स्किन रोगका कारण सयौँको सङ्ख्यामा पशु गुमाएको पिडा सेलाउन नपाउँदै गुल्मीका किसानहरू खोरेत र पीपीआर रोगको जोखिममा परेका छन् । लम्पी स्किन रोगका कारण सयौँ पशुको मृत्यु हुँदा करोडौँको क्षति व्यहोरेका यहाँका किसानहरू अहिले खोरेत र पीपीआर रोगको जोखिममा परेपछि थप पीडा भोग्न बाध्य छन् ।
राष्ट्रिय विभूति घोषणा गर्न माग
नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न बुटवल उपमहानगरले माग गरेको छ । नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले सङ्घीय सरकारसँग औपचारिक रूपमै अनुरोध गरेको हो ।
लाखौँ खर्चेर बनाइएको संरचना प्रयोगविहीन
गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीअगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो । पार्क निर्माण भएको तीन वर्षसम्म पनि पार्क प्रयोगमा नआउँदा सरकारी लगानी बालुवामा पानीसरह नै बन्न पुगेको छ ।
स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन आफैँ गर्ने
दाङका स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन आफैँ गर्ने निर्णय गरेका छन् । नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाउँदा ठेकेदारले मनपरी तरिकाबाट गर्ने र चोरी निकासी बढ्न थालेपछि स्थानीय तहले आफैँ उत्खनन गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभयो ।
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते
बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उहाँले बताउनुभयो ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रम्भा गाउँपालिका–१, असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटी रहनुभएको छ ।
नेपाल–भारत सीमा नाकामा सुरक्षा चेकजाँच कडाइ
भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।
अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण
चिसो बढेर जनजीवन अत्यधिक प्रभावित बनेपछि कोहलपुर नगरपालिकाले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ ।
तीनसय ७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
बालिका बलात्कारको आरोपमा रावत पक्राउ
बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँकी एक बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठेगाना भएका ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
बालविवाह न्यूनीकरण तथा उच्च शिक्षाका लागि कन्या मुद्दती खाता
बाँकेको डुडुवा गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न तथा बालविवाह न्यूनीकरणका लागि कन्या मुद्दती खाता योजना ल्याएको छ ।
नीलसागरको निर्माणाधीन भवन अलपत्र
असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरुको स्याहारसुसार र हेरचाह गरी आश्रय दिँदै आएको नेपालगन्जस्थित नीलसागर सेवाश्रमको निर्माणाधीन भवन रकम अभावका कारण अलपत्र बनेको छ ।
तिलोत्तमाका सडकमा 'साइकल लेन' निर्माण
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्भिस लेनभित्र ‘साइकल लेन’ निर्माण गरेको छ ।
मल्लरानीमा ‘जिपलाइन’
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।
कारागारमा चार गुणा बढी कैदीबन्दी
राणाकालीन समयमा घोडा राख्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा समस्या भएको छ । दिनप्रतिदिन कैदीबन्दी थपिँदै जाँदा अहिले २५ जना बस्न मिल्ने कारागारमा आठ महिला र ८५ पुरुष कैदीबन्दी बस्न बाध्य भएका छन् । कैदीबन्दीलाई राख्ने भवन जीर्ण हुँदा कैदीबन्दीलाई थप समस्या परेको छ । कारागार प्युठानका निमित्त प्रमुख सूर्यबहादुर पन्तले क्षमताभन्दा बढी र पुरानो भवनले उनीहरूको व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
रड प्रहारबाट हत्या
तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् ।
गुठीपीडितलाई कानुनी अड्चन
स्वर्गद्वारी गुठीको जग्गा पाउनुपर्ने भन्दै गुठी किसान आन्दोलित भएका छन् । स्वर्गद्वारी आश्रमको गुठी जग्गामा कायम भएको द्वैध स्वामित्व अन्त्य गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका किसानले माग पूरा गर्न जिल्ला प्रशासन, जनप्रतिनिधिसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
पहिलो पटक बरघर ऐन पारित
बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी मान्यता दिएको बताउनुभयो । उहाँले गाउँपालिकाले बरघर प्रथालाई कानुनी मान्यता दिँदै ऐनसमेत बनाएर गाउँ सभाबाट पारित गरेको जानकारी दिनुभयो । थारू समुदायको बाहुल्य रहेको वैजनाथ गाउँपालिकाको क्षेत्रभित्र रहेका बरघरलाई संस्थागत रूपमा परिचालन गर्ने उद्देश्यले निर्माण गरिएको ‘बरघर ऐन–२०८०’ लाई १४ औँ गाउँ सभाले पारित गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले बरघर ऐन २०८० लाई गाउँ सभाले सर्वसम्मत रूपमा पारित गरेसँगै बरघर प्रथाले कानुनी मान्यता पाएको बताउनुभयो ।
अलपत्र ‘मिसन मुसुरो’
वार्षिक २० हजार मेट्रिक टन मुसुरो उत्पादन गर्ने दीर्घकालीन योजनासहित बाँकेमा २०७३ सालमा सुरु गरिएको ‘मिसन मुसुरो’ कार्यक्रम अहिले अलपत्र अवस्थामा छ । नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका विभिन्न जिल्लामा सञ्चालन गरेको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्तर्गत बाँकेमा मुसुरो खेतीलाई छनोट गरिएको थियो ।
नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न
नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न भएको छ । बाँके र बर्दियासँग सीमाना जोडिएको भारतको बहराइच जिल्लाको नानपारामा शनिबार एकदिने संयुक्त बैठक सम्पन्न भएको हो ।
बेपत्ता रहेका युवक आठ दिनपछि भेटिए
भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् ।